स्पेनमा किरात राईहरूको संस्था स्थापना, १५ सदस्यीय कार्यसमिति गठन ।

इन्दिरा चाम्लिङ, ब्रसेल्स ।

स्पेनमा रहेका किरात राईहरुको बृहद भेलाद्वारा आफ्नो कला र संस्कृतिको सम्बर्धन, प्रवर्धनका निम्ति किरात राई सोसाईटी स्पेन गठन भएको छ। यसै हप्ता स्पेनको म्याड्रिडमा भौतिक र जुम बैठक मार्फत सो समाजको गठन भएको हो । उक्त भेलाले युबराज राईको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति समेत गठन गरेको छ |

कार्यसमितिको उपाध्यक्षमा माया राई (बार्सिलोना),महासचिबमा नन्द कुमारी राई (माड्रीड),सचिबमा -देव खिम्दुङ राई (मालागा), कोषाध्यक्षमा -सानू राई (माड्रीड),सह-कोषाध्यक्षमा -पुर्ण राई (बिलबाउ) र विशिस्ट सदस्य भिमा राई (माड्रीड) रहेका छन् ।

त्यसैगरी किरात राई सोसाईटी स्पेनको कार्यसमिती सदस्यहरुमा क्रमस:-सब्रिना राई (मालागा),एषणा राई (माड्रीड),उमेश राई (माड्रीड),प्रतिमा राई (माड्रीड),मनोज राई (माड्रीड),कृष्ण राई (माड्रीड),झर्ना राई (माड्रीड),पल्लब राई (माड्रीड) चयन भएका छन्।

समाजको सल्लाहकारहरुमा नारायण हाङ राई (मालागा), गोपाल राई (मालागा) बिद्ध्या राई (बार्सिलोना) रहेका छन ।

समाजले आगामी मे महिनामा साकेलाको आयोजना गर्ने र बृहत कोष खडा गर्दै जाने निर्णय समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *