नेदरल्याण्ड्सका नेपाली महिलाहरुले भव्यरुपमा मनाए अन्तराष्ट्रिय नारी दिवस !

नेदरल्याण्ड्स, मार्च ९   |   नेदरल्याण्ड्सको राजधानी आमस्टरडाममा अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नेदरल्याण्ड्समा रहेका नेपाली महिलाहरुले भब्य रुपमा अन्तराष्ट्रिय नारी दिवस मनाएका छन् | सदाझै यस वर्ष पनि नेपाली महिलाहरुले नेपाली पोशाकमा सजिएर विभिन्न कार्यक्रमकासाथ नारी दिवस मनाएका हुन् |

प्रवासमा महिलाहरुको हक र अधिकारका निम्ति महिलाहरु एक ढिक्का भएर सामाजिक बिकृति र विसंगति बिरुद्ध अगाडी बढ्नु पर्ने आजको आवस्यकता रहेकाले कुनै महिला पनि पिडित हुन नपरोस भन्ने सन्देश दिनपनि नारी दिवस मनाउनुपर्ने सहभागीहरुको तर्फबाट नेपाल म्युजिक फाउण्डेसनकि सदस्य तथा नेपाली भाषा संचालक समितिकी संयोजक अम्बिका गिरीले धारणा राखेकी थिईन |

सामाजिक सुरक्षा र महिलाहरुको स्वास्थ्य सुरक्षाका लागि नियमित सारीरिक ब्यायामहरु निरन्तर गरिरहनुपर्ने महिलाहरुको आजको आवस्यकता रहेकाले सामाजिक न्यायका निम्ति नारीहरुलाई हेरिने दृष्टिकोण परिवर्तन जब सम्म हुदैन तब सम्म अन्तराष्ट्रिय नारी दिवसले सार्थकता नपाउने हुँदा महिलाले महिलालाईनै विभेद र तगारो बन्न नहुने सहभागी महिलाहरुले धारणा राखेका थिए |

डच भाषामा सन्चालन गरिएको उक्त कार्यक्रमको संचालन फ्रेंनी विर्स्मा र साबु पौडेलले गरेका थिए भने उक्त कार्यक्रम भब्य रुपमा सफल बनाउन नेपाल म्युजिक फाउण्डेसनकि अध्यक्ष साबू पौडेलले पहल गरेकी थिईन |

Share