रोमानिया स्थित नेपाली अवैतनिक बाणिज्य दुतावासद्वारा विधुतीय राहदानी नविकरण कार्यक्रम गर्दै |

रोमानिया |        रोमानिया स्थित नेपाली अवैतनिक बाणिज्य दुतवासद्वारा फेब्रुअरी २० तारिखबाट रोमानियामा त्यहाँका नेपालीहरूको विधुतीय राहदानी बनाउने कार्यक्रम सुरु गरेको छ । उक्त कार्यक्रम रोमानियाका लागि नेपाली अवैतानिक बाणिज्य दुत नवराज पोख्रेलको विशेष पहलमा भएको हो । आगामी जुलाई  ३० सम्म अन्तिम मिति भएका ३०० जना एम.आर.पी राहदानी बाहक नेपालीहरु लाभान्वित हुने र आगामी २५ तारिख आइतबार सम्ममा बिधुतीय  राहदानी नवीकरण गरिने कार्यक्रम रहेको कुरा रोमानिया निवासी संचारकर्मी ल्हाक्पा तेन्जी लामाले बताए । उक्त राहदानी नवीकरण कार्यक्रममा नेपाली राजदुतवास जर्मनबाट एक जना प्रतिनिधि रोमानियाको बुकारेस्टका लागि खटिएका छन् भने रोमानियामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत त्यहाँ कार्यरत केही नेपालीहरुबाट स्वयम् सेवकको रुपमा सहयोग गर्दै आइरहेको छन् ।

आफ्नो पासपोर्टको मिति सकिन लागेको र नयाँ नविकरण का लागि नेपाल गैरहनु नपर्ने प्रबासमै विधुतिय राहदानी लिन पाउने भएकोमा राहदानी नवीकरणका लागि आवेदान दिन आएका रोमानियामा कार्यरत नेपालीहरु धेरै खुशी भएका छन् । यस पासपोर्ट नवीकरण सिविरबाट ३०० भन्दा बढी सेवाग्रहीहरु लाभान्वित भएका छन ।लामो समयसम्म प्रयोगमा रहेको हस्तलिखित पासपोर्टलाई विस्थापित गरेर एमआरपी लागु गरेको राहदानी विभागले त्यसको झन्डै १२ वर्षपछि ई-पासपोर्ट प्रयोगमा ल्याएको हो।

अब विभागले दिने बिधुतीय राहदानीमा बिधुतीय चिप हुने र त्यसमा सम्बन्धित व्यक्तिका विवरणहरू समाविष्ट हुने भएकाले एमआरपीको तुलनामा ई-पासपोर्ट बढी विश्वसनीय र सुरक्षित रहेको बताएको छ । ई-पासपोर्ट बनाउन नेपालमा बिधुतीय राहदानी लिनका लागि सरकारले जारी गरेको राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य रहेको राहदानी विभागले जनाएको छ । राष्ट्रिय परिचयपत्रमा जुन विवरणहरू हुन्छ त्यसको प्रमाणिकरण ई-पासपोर्टमा हुन्छ।

विदेशमा भएका कारण राष्ट्रिय परिचयपत्र बनाउन नसक्ने व्यक्तिको हकमा भने एमआरपीलाई नै आधार मानिने विभागले जनाएको छ। एप्लाइ गरेको ९० दिनमा ई पासपोर्ट आउने बताइएको छ । लामा भन्छन् प्रबासमै बिधुतिय राहदानी बनाउन पाउँदा रोमानियामा रहेका नेपालीहरू खुशी छन् । यो कार्यक्रम बार्षिक ३ पटकसम्म भएमा यहाँ रहेका अझ धेरै नेपाली लाभान्वित हुनेछन् ।

Share