एनआरएन नेदरल्याण्ड्सको बार्षिक साधारण सभा सम्पन्न |

नेदरल्याण्ड्स |  आज फेब्रुवरी २० तारिख सोमबारका दिन गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति नेदरल्याण्ड्सको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ | संघका अध्यक्ष मिम पुर्जाको अध्यक्षता र गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका उपाध्यक्ष नारायण आचार्यको प्रमुख आतिथ्यमा उक्त साधारण सभा सम्पन्न भएको हो | प्रमुख अतिथि आचार्य सहित अध्यक्ष पुर्जाले पानसमा बत्ति बालेर कार्यक्रमको समुद्धघाटन गरेका थिए भने सम्पूर्ण अतिथिहरु र पंजीकृत सदस्यहरु लगायत सहभागीहरुलाई आफ्ना सारगर्वित मन्तब्य राख्दै बरिष्ठ उपाध्यक्ष बिष्णु पोखरेलले स्वागत मन्तब्य राखेका थिए |

समाजमा रहेका हरेक व्याक्तिहरुको आ-आफ्नै बिचारहरु रहेकाले सबैलाई समेटेर लानुको कुनै विकल्प नरहेको र आफ्ना असन्तुष्ठ बिचारहरु सहभागिता जनाएर नै समाधान निकाल्न सकिने हुँदा नेतृत्वले आजैदेखि पहल गर्न अतिथिहरुले आग्रह गरेका थिए | शुभकामना संदेश दिंदै एनआरएन अभियानमा सबैको अफनत्व हुने वातावरण शृजना गर्न केन्द्रले खेल्नुपर्ने भूमिकामा यहाँबाट केन्द्रमा ४ जनाको सहभागिता रहेको हुँदा संगठनको गरिमा बढाउनकालागि हामी तयार रहेको प्रमुख अतिथि आचार्यको भनाई थियो |

त्यसैगरी बिशिष्ठ अतिथि गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका युवा उपाध्यक्ष हिमाल गुरुङले सामाजिक भावना अभिप्रेरित भएर अझ ससक्त रुपमा संगठन लाग्नुपर्ने र आगामी दिनमा सबैको सहभागिताको अपेक्षा राखेको उल्लेख गर्दै कार्यक्रम सफलताको शुभकामना दिएका थिए |

अतिथिहरु आईसीसी सदस्य टिकाराम सापकोटा, एनसीसी संरक्षक ठाकुर प्रसाद शर्मा ( मनोहरि ) एनसीसी सल्लाहकार प्रेमजंग गुरुङ, गुरुङ समाज नेदरल्याण्ड्सका अध्यक्ष कृष्ण  गुरुङ, जनसम्पर्क समिति नेदरल्याण्ड्सका अध्यक्ष सालिक गौतम,समाजसेवी तथा ब्यबसायी थानेश्वर कंडेल, पत्रकार महासंघ युरोप साखाका महासचिव द्रोण रिजाल, सामाजसेवी तथा ब्यबसायी माधव कंडेल,समाजसेवी भिम रोक्का साथै कार्यसमितिका पदाधिकारीहरु लगायत विभिन्न संघ संथाका प्रतिनिधिहरुको उपस्थिति थियो |

संघकी महासचिव शुश्री सिता थापाले संस्थाको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष श्रीमती शुसिला बानियाँ रोक्काले आर्थिक प्रदिवेदन, र महिला संयोजक श्रीमती चन्दना खड्का कार्कीले महिलाहरुको प्रगति प्रतिवेदन  पेस गरेका थिए | संस्थाको विधानमा केहि परिवर्तन गरिएको भन्दै सल्लाहकार समितिमा  ५ जनाको व्यवस्थाबाट बढाएर ११ जना बनाईएको विधान समितिका संयोजक सालिक गौतमले सभामा टेबल गरेका थिए |

बिगत लामो समय देखि नेदरल्याण्ड्समा बसोबास गर्दै अभिभावकत्व निर्वाह गर्दै आएका सामाजसेवी साथै सफल व्यवसायी महिन्द्र प्रसाद शर्मा र महासचिव सुश्री सिता थापाकी श्रद्धेय बुवा साथै  समाजसेवी नारायण शर्माकी ममतामयी आमाको दु:खद  निधन प्रति साधारण सभाबाट हार्दिक समवेदना प्रकट गरेको थियो | 

कार्यक्रम समापन गर्दै अध्यक्ष मिम पुर्जाले सामाजिक संजालमा देखिएका असन्तुष्ठिहरु र आरोपहरुको खुलेर जवाफ दिने भन्दै आगामी दिनमा संस्थाको सदस्य परिवारका सदस्य बाहेक अन्य ब्याक्तिबाट सदस्य बनाउने प्रथाको अन्त्य गरिने उदघोस गरेका थिए | सहभागी अतिथिहरुको सल्लाह र सुझावलाई केन्द्रबिन्दुमा राखेर संथाको हितकालागी अझ लागिपर्ने बताउदै आगामी दिनहरुमा सबैको सहयोग र सुझावको अपेक्षा गरेको हुँदा एउटा टेबलमा बसेर छलफल गर्दै समाधानका उपायहरु निकाल्नु पर्नेमा अध्यक्ष पुर्जाले जोड दिएका थिए | कार्यक्रम संचालन महासचिव सुश्री सिता थापाले गरेकी थिईन |

Leave a Reply

Your email address will not be published. Required fields are marked *