भजन किर्तन महोत्सव मा बेलायतवासी नेपालीहरु रमाऊदै ।

बेलायत ।

मिडल्याण्डवासी नेपालीहरुको संयुक्त समाज साझा नेपाली समाजले मिडल्याण्डमा भजन किर्तन महोत्सवको आयोजना गर्ने निर्णय गरेको छ। नेपाली कला र संस्कृतिको  संरक्षण र प्रवन्द्धन गर्ने उद्धेष्यले भजन किर्तन महोत्सव गर्न लागिएको हो।

साझा नेपाली समाजका महासचिव शशांक शर्माका अनुसार बुधवार बसेको साझा नेपाली समाजको बैठकले मिडल्याण्डको नटिङगहममा मार्च २५ गते सोमवार शिबरात्रीको दिन मिडल्याण्ड भजन किर्तन महोत्सव को आयोजना गर्ने निर्णय गरेको छ। यसको संयोजन निवर्तमान अध्यक्ष कृष्ण प्रसाद शर्माले गर्नुहुनेछ भने महोत्सवमा लाग्ने खर्चको ब्यवस्थापन समाजका सचिव एवं युवा ब्यवसायी शुरेष केसीले गर्नु हुनेछ।

महासचिव शर्माले दुबै संयोजकहरुले यसभन्दा पहिला पनि सामाजिक कार्यक्रमहरु सफलताको साथ संयोजन गरिसक्नु भएको छ भने भजन किर्तन महोत्सव पनि भव्यताको साथ सम्पन्न गर्नेमा अध्यक्ष दिपक सापकोटा लगायत सिंगो मिडल्याण्डवासी नेपालीहरु विस्वस्त रहेको जानकारी गराए। मिडल्याण्डमा बसोबास गर्ने पहिलोपुस्ताका नेपालीहरु उमेरले करिब करिब पचासको आसपास रहेको कारण यस्ता धार्मिक कार्यमा रुची बढ्ने कारणले पनी महोत्सव भब्यहुनेमा कुनै शंका नरहेको शर्माको जिकिर थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *