गैरआवासीय नेपालीहरुलाई एकताबद्ध बनाउनेमा मेरो भूमिका महत्वपूर्ण हुनेछ : राजेन्द्र कुमार (आर.के.) शर्मा, अध्यक्षका प्रत्यासी |

काठमाडौं ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीका अध्यक्षका उम्मेदवार राजेन्द्र कुमार (आर.के.) शर्माले आफ्नो नेतृत्वमा आइसीसी गठन हुने बित्तिकै गैरआवासीय नेपालीहरुलाई एकताबद्ध बनाउनेमा आफ्नो भूमिका महत्वपुर्ण हुने उद्घोष गरेका छन । संघको ११ औं महाधिवेशन तथा निर्वाचनमा अध्यक्षका प्रत्यासी रहनुभएका शर्माले अक्टोबर १३ तारिख शुक्रबार राजधानी काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै सो कुराको उद्घोष गरेका हुन ।

“मेरो कार्यकालमा फुटेको होईन, जुटेको एनआरएनए बन्नेछ,यो मेरो पहिलो प्रतिबद्धता हो, “हाम्रो कार्यकाल जम्मा २४ महिनाको हुन्छ । २४ महिनाका लागि २४ कार्यक्रमको खाका बनाएको छु । त्यतिमात्र होइन, प्रत्येक ३ महिनामा प्रगति विवरण तयार गर्ने लक्ष्य पनि राखेको छु ।:- शर्मा 

“मेरो कार्यकालमा फुटेको होईन, जुटेको एनआरएनए बन्नेछ, उनले पत्रकार सम्मेलनमा भने , “यो मेरो पहिलो प्रतिबद्धता हो ।” शर्माले थप जोड दिंदै भने, “हाम्रो कार्यकाल जम्मा २४ महिनाको हुन्छ । २४ महिनाका लागि २४ कार्यक्रमको खाका बनाएको छु । त्यतिमात्र होइन, प्रत्येक ३ महिनामा प्रगति विवरण तयार गर्ने लक्ष्य पनि राखेको छु ।” आठ बुँदे कार्य योजना प्रस्तुत गर्दै शर्माले वैदेशिक रोजगारलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन आफ्नो मुख्य योजना रहेको  समेत घोषणा गरेका छन् ।

सीप विकास गर्ने, भाषा र कानुनी समस्यामा परेका श्रमिकहरुलाई निशुल्क कानुनी सेवाको व्यवस्था मिलाउने, वैदेशिक रोजगारका सम्भावना बोकेका थप देशहरुसँग श्रम सम्झौता गर्ने, श्रमिकहरुको संख्या बढी भएका देशहरुको एनसीसीमा नै श्रम डेस्क राख्ने र वैदेशिक रोजगारीमा जाँदा ख्याल गर्नुपर्ने विषयमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने लगायतका योजनाहरु रहेको शर्माले बताएका छन् । प्रवासमा रहेका श्रमिकहरुको आर्थिक स्थिति सुधार्न समेत पहल गर्ने प्रतिबद्धता जनाउदै शर्माले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन अभिप्रेरित गर्ने र वैदेशिक रोजगारीमा गएका श्रमिकका लागि आइपीओको आरक्षण कोटा बढाएर श्रमिकको सहभागिता बढाउने समेत बताएका छन्  ।

विप्रेषणको सही सदुपयोग गर्दै विप्रेषण (रेमिट्यान्स) लाई उत्पादनमुलक उद्यम व्यवसायमा लगाउन पहल गरिने बताउंदै शर्माले  विप्रेषणको १० प्रतिशत रकम बचत गर्न लगाइ उत्पादनमूलक उद्यममा लगानी गर्ने व्यवस्था मिलाइ कामदारको भविष्य सुरक्षित गर्ने र देश विकासमा योगदान गर्ने व्यवस्था मिलाउन पहल गरिने योजना आफ्नो कार्यकालमा रहेको  बताएका छन् । ‘गैर आवाशीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण’ गठन गर्ने उद्घोष गर्दै शर्माले श्रमिक कामदारहरुको हकहितका लागि नै आफ्नो कार्यकाल बढी व्यतित गर्ने बताउंदै नेपालको आर्थिक विकासमा टेवा पुराउन लगानी प्रवर्धन गर्ने र व्यापार घाटा कम गर्नका लागि नेपाली वस्तुहरुको निर्यात बढाउने शर्माले योजना रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *