नेदरल्याण्ड्स ।
यहि फेब्रुवरी ३ तारिख सोमबारका दिन नेदरल्याण्ड्सको राजधानी आम्स्ट्डाममा तामाङ समाज नेदरल्याण्ड्सको आयोजनामा” सोनाम ल्होछार साँस्कृतिक सााँझ २०२५” सहित विशेष कार्यक्रमको भव्य रुपमा सम्पन्न भएको छ ।
बौद्ध परम्परा अनुसार धार्मिक पूजापाठ गर्दै सुरु गरिएको उक्त कार्यक्रमले नेपाली समुदायबीच आपसी एकता, कला संस्कृति तथा परम्पराको प्रवर्धन गर्ने महत्वपूर्ण भूमिका खेलेको हुँदा कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो ।
धार्मिक अनुष्ठानको माध्यमबाट समुदायको उन्नति, समृद्धि तथा विश्व शान्तिको कामना गर्दै अतिथिहरुलाई खादा लगाई भब्य स्वागत गर्दै आसनग्रहण गराइएको थियो।
तामाङ समाज नेदरल्याण्ड्सका अध्यक्ष खेम तामाङको सभापतित्वमा उक्त कार्यक्रम तामाङ समाज नेदरल्याण्ड्सका सन्थापक सदस्य तथा सल्लाहकार अतिराम तामाङको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा नेदरल्याण्ड्समा बसोबास गरिरहेका नेपाली समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, व्यवसायी, सञ्चारकर्मी लगायत अन्य प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। धार्मिक अनुष्ठानको माध्यमबाट समुदायको उन्नति, समृद्धि तथा विश्व शान्तिको कामना सहित उपस्थित अतिथिहरूले पनि ल्होछार पर्वको धार्मिक र सांस्कृतिक महत्त्वबारे चर्चा गर्दै शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा स्थानिय कलाकारहरुले जातीय मौलिकता झल्किने नृत्य तथा सांस्कृतिक प्रस्तुति दिएका थिए, जसले कार्यक्रममा थप उत्साह र उमंग भरेको थियो।
सोनाम ल्होछार जस्ता चाडपर्वहरूले नेपालका विविध जातजातिका भाषा,कला,संस्कृतिहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने अवसर सिर्जना गरेको देखिन्छ। यस्ता किसीमका भव्य कार्यक्रमहरुले नेपाली जातजाती लगायत अन्य समुदायहरुको पहिचान र एकतालाई अझ मजबुत बनाउने विश्वास गर्न सकिन्छ।