तामाङ समाज बेल्जियमको अध्यक्षमा लालिंग र महासचिबमा वाईवा निर्बाचित ।

इन्दिरा चाम्लिंङ,

काजाब्लांका- क्यासेल्लो ,बेल्जियम ।

यही अप्रिल १६ तारीख बुधबारका दिन तामाङ समाज बेल्जियमको छैठौं अधिवेशन सम्पन्न भएको छ। उक्त अधिवेशनले सर्बसम्मत रूपमा नयाँ कार्यसमिति चयन गर्दै लुभेनबाट लालिंग तामांगलाई अध्यक्षमा निर्बाचित गरेको हो ।

त्यसैगरी उपाध्यक्षमा फुलमाया तामाङ (आर्सकोट) र रुमन सिङ तामाङ ( ब्रुज) रहेका छन् भने महासचिवमा ब्रुज बाटै महिन्दो वाईबा र कोषाध्यक्षमा लुभेनबाटै मानु घिशिंगलाई चयन गरेको छ ।

त्यसैगरी सदस्यहरुमा क्रमसः ब्रुजबाट निमा रुम्बा, लुभेनबाट मिलन तामाङ, अन्तरवेनबाट अनिता तामाङ लामा, गेन्टबाट  ग्यात्सो वाङ्डु घिसिङ, लुवेनबाट बसन्ती बमजन, ब्रुजबाट  लाल तामाङ, ब्रुसेल्सबाट निश्चल तामाङ, र सेन्त्रदुनबाट सुमित्रा लामालाई नयाँ कार्यसमितिमा चयन गरेको छ ।

नेपाल पत्रकार महासंघ युरोप शाखाका सचिव महिँदो वाइवा महासचिव जस्तो गरिमामय पदमा चयन भएकोमा खुशी ब्यक्त गर्दै पदिय जिम्मेवारीको सफलताको अग्रिम शुभकामना दिंदै शाखाका अध्यक्ष केजिन राईले नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *