साझा नेपाली समाज युकेको च्यारिटीमा आठ हजार पाउण्ड संकलन ।

शशांक शर्मा, बेलायत ।

साझा नेपाली समाज युकेले खेलकुद तथा आकस्मिक सहयोग कल्याणकारी कोषका लागि मिडल्याण्डमा एक च्यारिटी सॉंझको आयोजना गरी करिव आठ हज़ार पाउण्ड संकलन गरेको छ । मिडल्याण्डको लेस्टरमा यही नोभेम्वर ११ तारिखमा आयोजित उक्त भव्य कार्यक्रममा मिडल्याण्ड क्षेत्रका स्थानीय समाजिक संघसंस्थाका प्रतिनिधि एवं समाजिक अभियन्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।

साझा नेपाली समाजका अध्यक्ष दीपक सापकोटाको सभापतित्व एवं महासचिव शशांक शर्माले संचालन गरेको उक्त कार्यक्रममा सिर्जन्शील लेस्टर समाजका अध्यक्ष पुण्डरी अर्यालले उपस्थित सबैलाई स्वागत गरेका थिए। साझा नेपाली समाज युकेको यस खेलकुद तथा आकस्मिक सहयोग कल्याणकारी कोष च्यारिटी कार्यक्रमका संयोजक साझा नेपाली समाजका पूर्व अध्यक्ष एवं वर्तमान ट्रस्टी रण बहादुर खाति क्षेत्रीले सबै सहयोगदाताहरूलाई हार्दिक धन्यवाद दिएका थिए ।

कार्यक्रम संयोजक खातिले च्यारिटीलाई सफल बनाउन सहयोग गर्ने बेलायतका विभिन्न समाजिक अभियन्ताहरू र मिडल्याण्डबासी सम्पूर्ण नेपाली संघसंस्था एवं साझा नेपाली समाजलाई माया गर्ने समाजिक अभियन्ताहरूलाई हार्दिक आभार व्यक्त गरे । नेपाली राष्ट्रीय कलाकार गायककार रविन लामिछाने र रेजिना परियार एवं नृत्य कलाकार रूविना अधिकारीले कार्यक्रमलाई मनोरंजन प्रदान गरेका थिए ।

कार्यक्रममा सहयोगदाता एवं कलाकारहरूलाई सम्मान गरिएको थियो । साझा नेपाली समाज युकेको यस विशुद्ध खेलकुद तथा आकस्मिक सहयोग कल्याणकारी कोष च्यारिटीलाई आर्थिक सहयोग गर्ने सबै परोपकारी दाताहरूलाई प्रतिवध्दाता अनुसार सहयोग खातामा संकलन भएपछि साझा नेपाली समाजको तर्फबाट सम्मान स्वरूप कदरपत्र घर पठाईने जानकारी महासचिव शशांक शर्माले गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *