एनआरएनए नेदरल्याण्ड्सको ११ औं राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा बिष्णु र आईसीसी सदस्यमा सिता चयन ।

नेदरल्याण्ड्स

आज जुलाई २३ तारिख बुधबारका दिन गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको ११ औं राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशन बाट बिष्णु पोखरेल अध्यक्ष पदमा चयन भएका छन भने आईसिसी सदस्यमा सिता सापकोटा चयन भएकी छन । त्यसैगरि बरिस्ठ उपाध्यक्षमा पेमा लामा,उपाध्यक्षमा थमन बहादुर कार्की,प्रेम पुन,महिला उपाध्यक्षमा इन्द्र कुमारी सापकोटा,युवा उपाध्यक्षमा अनिल कार्की,महासचिबमा दिनेश अर्याल,सचिबमा पुण्य प्रसाद वस्ती (प्रनिल),कोषाध्यक्षमा संदीप बिश्वकर्मा,युवा संयोजकमा आशिस उपाध्याय,महिला संयोजकमा कुमारी पौडेल थापा,त्यसैगरि सदस्यहरुमा क्रमस:डम्बर कुमार कोइराला,निरज गुरुङ,सुरेन्द्र पराजुली निर्वाचित भएका छन । बिशेस स्थानका लागि नयाँ समितिको सदस्यमा अमिर गुरुङलाई मनोनीत गर्दै अन्य केही पदहरुमा पदपूर्ति नयाँ कार्यसमितिले गर्ने निर्वाचन समितिका संयोजक नारायण आचार्यले जानकारी गराए ।

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका यूरोप उप-संयोजक मीम पुर्जाको प्रमुख आतिथ्यतामा र संस्थापक अध्यक्ष शशिकान्त पौडेल,प्रमुख संरक्षक नारायण आचार्य साथै इनास ग्लोबलका संस्थापक अध्यक्ष पुष्प बरुवालको बिशेस आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनमा पूर्व अध्यक्ष ठाकुर प्रसाद शर्मा(मनोहरी ),सल्लाहकार तथा निर्वाचन समितिका सदस्य हिरामणी पराजुली (अशोक),सल्लाहकार प्रेमजङ्ग गुरुङ, जनसम्पर्क समिति नेदरल्याण्ड्सका अध्यक्ष सालिक गौतम,  पत्रकार महासंघ यूरोप शाखाका उपाध्यक्ष द्रोण रिजाल लगायतकों उपश्थिती रहेको थियो ।

प्रमुख अतिथि र  बिशिष्ठ अतिथिले संयुक्त रुपमा पानसमा बत्ती बालेर अधिवेशनको उद्घाटन गरेका थिए। नेपाली राष्ट्रिय गान पछि ज्ञात अज्ञात बिर साहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।

एनआरएनए नेदरल्याण्ड्सको बिधानमा केही संसोधन भएको जानकारी गराउदै बिधान संसोधन समितिका संयोजक सालिक गौतमले संसोधित प्रतिवेदन पेश गरेका थिए । संघ की पूर्व महासचिव तथा उपाध्यक्ष सिता कुमारी थापाले संघको प्रगति प्रतिवेदन र महिला संयोजक सरोजा ढकाल गिरिले आफ्नो प्रतिवेदन पेस गरेका थिए भने कोषाध्यक्ष कमल रसाइलीले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।

 

नवनिर्वाचित अध्यक्ष बिष्णु पोख्रेलले अहिलेको बिषम परिस्थितीलाई मध्यनजर गर्दै उत्पन्न भएका असमझदारीलाई सम्बन्धित पक्ष सॅग तुरुन्तै छलफल गरी सामाजिक सद्भाव बढाउने,केन्द्रको निर्देशन पालना गर्दै नेदरल्याण्ड्समा रहेका स्थानिय सॅघसॅस्थाहरु र डच सोसाईटीसॅग समन्वयात्मक भुमिका निर्वाह गर्दै अगाडी बढ्ने  प्रतिवध्यता प्रकट गरेका थिए । त्यसैगरी नेपालको आर्थिक समृद्धिको लक्ष्यमा योगदान गर्नुका साथै गैरआवासीय नेपालीहरूलाई नेदरल्याण्ड्सबाट नेपालमा लगानीको वातावरण बनाउन महत्त्वपूर्ण भूमिका खेल्नुको साथै गैर आवासिय नेपाली सॅघको बिधानमा रहेर काम गर्ने प्रतिवद्धता जाएर गर्दै सम्पुर्ण गैर आवासिय नेपालीहरुलाई सॅस्थाप्रति अपनत्व रहने वातावरण श्रृजना गर्न आफ्नो  टिम प्रतिवद्ध रहने प्रतिवद्धता जाहेर गरे । 

कार्यक्रमको उद्घाटन सत्रकों कार्यक्रम उपाध्यक्ष सिता सापकोटाले गरेकी थिइन भने उपाध्यक्ष सिता कुमारी थापाले स्वागत मन्तब्य राखेकी थिइन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *