एनआरएन नेदरल्याण्डसको चुनाबी सरगर्मी बढ्यो, कस्ले मार्ला बाजी ?

नेदरल्याण्डसगैर आवासीय नेपाली संघ नेदरल्याण्डसको आगामी  कार्यकाल  २०२१-२३ का एक जना केन्द्रीय परिषद सदस्य सहित २० विभिन्न पदका लागि ३७ जनाको उम्मेदवारी परेको छ | सबैजना उम्मेदवारहरुले आ-आफ्ना पदमा घोषणा गर्दै आफ्नालागि मत माग्ने क्रम जारीरहेको छ |
हामी अहिले विविध कारणवश प्रवासमा छौ । भौगोलिक रुपमा जहाँ रहे पनि हामीले आफूलाई नेपाल र नेपालीपन अनि नेपाली समाजभन्दा टाढा राख्न सक्दैनौं । हामी आफू के हौँ वा आफ्नो लागि के गर्दैछौं भन्दा पनि हामीले समाजका लागि के गर्यौं र सामाजिक कार्यहरुमा कसरि सहभागिता राख्छौं भन्ने कुरा महत्वपूर्ण हो |
यस संस्थाको सुदृढीकरण र संस्थागत सवलीकरण गर्दै यसलाई सबैको साझा संस्थाको रुपमा विकसित गर्नुपर्ने आवश्यकता अझै रहेको छ। हाम्रा हरेक कार्यहरु सामाजिक हितका लागि त छन् नै, अब यस्ता कार्यहरु हाम्रा वालवालिका तथा युवा पुस्ताका लागि समेत मार्ग-दर्शक बन्नुपर्छ । हामीले उनीहरुलाई यस संस्थाप्रति आकर्षित गर्न एउटा ठोस कार्य योजनाका साथ अघिबढ्नुपर्छ र महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ भन्ने नै हो । यसका लागि हामीले एकतृत भएर अझै धेरै पहलहरु गर्नु जरुरि देखिएको छ।

हाम्रो मातृभूमि नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन बिकास र प्रवर्द्धनमा सहयोग पुर्याउने खालका अभियानमा आ-आफ्नो क्षेत्रबाट पूर्ण रुपमा सहयोग गर्ने प्रतिबध्दता हुनुपर्दछ। संस्थागत नीतिनिर्माणमा अन्य संघ संस्थाहरुसंग सहकार्यका लागि अग्रसर हुने र त्यसका लागि प्रोत्साहित गर्ने बातावरण बनाउन सक्नु पर्दछ। विविध कार्यहरूद्वारा हाम्रा वालवालिकाहरु र युवा समुदायमा यस संस्थाप्रति आकर्षण पैदा गर्ने र यस संस्थाप्रति मोह र आफनत्व अभिवृद्धि गराउने खालका कार्ययोजनाहरु प्रस्तुत हुनुपर्दछ ।

एनआरएन नेदरल्याण्ड्सलाई सबै नेपालीहरुको पहुँचको साझा तथा सर्व-सहभागितामूलक संगठन बनाउन पहल गर्नका लागि नेतृत्व सबल र सक्षम हुनुपर्दछ। नेदरल्याण्ड्समा बसोबास गर्नुहुने सबै नेपालीहरुको सामाजिक हित संरक्षण र अभिवृद्धिका लागि कार्य गर्ने किसिमका योजनाहरु ल्याउन जरुरि छ । हाम्रो मातृभूमि नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन बिकास र प्रवर्द्धनमा सहयोग पुर्याउने खालका अभियानमा आ-आफ्नो क्षेत्रबाट पूर्ण रुपमा सहयोग गर्ने प्रतिबध्दता हुनुपर्दछ। संस्थागत नीतिनिर्माणमा अन्य संघ संस्थाहरुसंग सहकार्यका लागि अग्रसर हुने र त्यसका लागि प्रोत्साहित गर्ने बातावरण बनाउन सक्नु पर्दछ। विविध कार्यहरूद्वारा हाम्रा वालवालिकाहरु र युवा समुदायमा यस संस्थाप्रति आकर्षण पैदा गर्ने र यस संस्थाप्रति मोह र आफनत्व अभिवृद्धि गराउने खालका कार्ययोजनाहरु प्रस्तुत हुनुपर्दछ । एनआरएनए नेदरल्याण्डसलाई एउटा विशुद्ध साझा संगठनको रुपमा बिकसित गर्दै सबैको साझा संगठनको रुपमा उभ्याउन सकेमा भाबि पुस्तालाई संथा प्रति ठान्दै सहभागिता हुन उत्प्रेरणा मिल्ने सुनिस्चित छ ।
एन आर एन नेदरल्याण्ड्सको अहिले सम्म ५०५ पंजीकृत सदस्यहरु रहेका छन् | अघिल्लो कार्यकाल भन्दा अहिले सदस्य संख्या घटेको छ | लगभग २३०० संख्यामा रहेको नेपाली समाजमा सदस्य बन्न योग्य उमेर भएका नेपालीहरुको संख्या भन्दा न्यून हो |
एन आर एन नेदरल्याण्डसको अध्यक्ष पदमा प्रत्यासी दुई जना देखिएका छन् | एन आर एन बिधान र निर्वाचन समितिको आचारसंघिताले कुनै गुट वा उपगुट बनाइ निर्वाचन प्रक्रियामा जान निषेध गरेको भएतापनि अघोसित गुट उपगुट भएको देखिएको भएतापनि निर्वाचन समितिले कडाइका साथ लाग्ने समितिले जनाएको छ | सामाजिक संजालमा नेतृत्वमा रहन चाहनु भएका उम्मेदवारहरुमा आपसी दोषारोपण हुनु झनै समाजका लागि दुर्भाग्य हुन जान्छ | समाजलाई मिलाएर जानुको कुनै विकल्प नरहेको नेदरल्याण्डसमा रहेका बौद्धिक जमात, नेतृत्व गरिसक्नु भएका अग्रजहरु र सामाजिक अभियन्ताहरु सहितको ठुलो समुहको मनसाय रहेको पाइएको छ | यदि माथि भनिएजस्तो सहि योजना र नेदरल्याण्डसको एनआरएन अभियानलाई संथागत नीतिनिर्माणका प्रस्ट खाका बोकेर नेपाली समुदायमा गएका जो कोहि उम्मेदवारहरु पनि समुदायका प्रिय हुन सक्छन र उनीहरुले बाजी मार्ने पक्का छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *