नेदरल्याण्ड्स ।
नेदरल्याण्ड्समा रहेर लामो समयदेखि नेपाल र नेपालीका लागी सामाजिक सेवामा निरन्तर सक्रिय समाजिक अभियन्ता श्री शशीकान्त पौड्याल नेदरल्याण्ड्सका राजा विलीयम एलेक्सेण्डर Willem-Alexander को तर्फबाट प्रदान गरिने सामाजिक उत्तरदायित्व, आप्रवासी समुदायप्रतिको योगदान तथा बहुसांस्कृतिक सहकार्यमा विशेष योगदान पुर्याउने व्यक्तिहरूलाई दिइने सम्मानित राजकिय पदक Ridder in de Orde van Oranje Nassau (रिडर इन दे अर्डे फान ओरान्जे नासाउ) द्वारा विभुषित हुनुभएको छ ।

“मलाई बाल्यकाल देखि नै मलाई समाजसेवाको शिक्षा सिकाउने मेरी ममतामायी आमा तारादेवि पौड्याल उपर म सदैब ऋणी रहनेछु। यो सम्मान उँहालाई र सम्पूर्ण गैरआवासिय नेपाली समुदायलाई समर्पित गर्न चाहन्छु ।”:-पौड्याल
उक्त सम्मानले अत्यन्तै गौरवान्वित मात्रै नतुल्याएर थप जिम्मेवारी पनि बोध गराएको महशुस गर्दै पौड्यालले नेदरल्याण्ड्सका राजा William Alexander द्वारा विभुषित भएकोमा नेदरल्याण्ड्स सरकार, राजपरिवार साथै उत्रेक्ट Utrecht नगरपालिका लगायत सम्पूर्ण सरोकार निकायहरु प्रति कृतज्ञता व्यक्त गर्नुभएको छ ।
आफु नेपाली भएर जन्मिनुमा गर्व गरेको र नेदरल्याण्ड्सलाई आफ्नो कर्मभुमी बनाउन पाउँदा आँफुलाई भाग्यशाली ठानेको स्मरण गर्दै पौड्यालले भन्नुभयो “मलाई बाल्यकाल देखि नै मलाई समाजसेवाको शिक्षा सिकाउने मेरी ममतामायी आमा तारादेवि पौड्याल उपर म सदैब ऋणी रहनेछु। यो सम्मान उँहालाई र सम्पूर्ण गैरआवासिय नेपाली समुदायलाई समर्पित गर्न चाहन्छु ।”
पौड्याल विभुषित हुनुभएकोमा नेदरल्याण्ड्सबासी नेपाली लगायत प्रवासी नेपालीहरुले गौरवान्वित महसुस हुनुकोसाथै थप उर्जा मिलेको महसुस गरेका छन ।