युरोप।
मार्च २८ तारीख सुक्रबारका दिन काठमाडौंमा राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै गरिएको हिंसात्मक प्रदर्शनका क्रममा आगजनीका कारण एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको दुःखद निधन भएको घटना प्रति नेपाल पत्रकार महासंघ युरोप शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपाल पत्रकार महासंघ, युरोप शाखाका अध्यक्ष केजिन राईद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उक्त धटना अपराधिक कार्य भएको जनाइएको छ ।
बिज्ञप्तिमा उल्लेख गर्दै शान्तिपूर्ण आन्दोलन लोकतान्त्रिक अधिकार हो, तर पत्रकारको ज्यान लिने, सञ्चारमाध्यममाथि आक्रमण गर्ने तथा प्रेस स्वतन्त्रता दमन गर्ने कार्य पूर्ण रूपमा अस्वीकार्य, निन्दनीय र आपराधिक रहेको बताइएको छ । प्रदर्शनकारीद्वारा सञ्चारकर्मीमाथि गरिएको आक्रमण, कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोस्ट कार्यालयमा तोडफोड, हिमालय टेलिभिजनको गाडीमा क्षति पुर्याउने कार्य तथा सार्वजनिक तथा निजी सम्पत्तिमाथिको आगजनी र लुटपाट जस्ता हिंसात्मक क्रियाकलापप्रति शाखा कडा भर्त्सना गर्दछ बिज्ञप्तिमा भनिएको छ ।