पत्रकार महासंघ युरोपले मनायो विश्व प्रेस स्वतन्त्रता दिवस ।

यूरोप  ।

नेपाल पत्रकार महासंघ यूरोप शाखाले मई ३ तारीख ३२औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा एक कार्यक्रम आयोजना गरी भब्य रुपमा मनाएको छ। यूरोप शाखाले नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव रमेश खतिवडाको प्रमुख आतिथ्यमा र महासंघको केन्द्रीय सचिव शोनी शर्मा साथै कोषाध्यक्ष रामकृष्ण अधिकारी लगायत केन्द्रीय पदाधिकारीहरुको बिशेष आतिथ्यमा अनलाइन जुम प्रविधिमार्फत शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा प्रमुख अतिथि खतीवडाले यूरोप शाखाकों कार्यको प्रशंसा गर्दै बैदेशिक शाखामा पनि यूरोप शाखाकों महत्वपूर्ण योगदान रहेको औल्याउॅदै बिभिन्न कार्यक्रम मार्फत समाजलाई सुसूचित गर्न सफल भएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनहरुमा शाखाले अझ सूचनामूलक कार्यक्रमहरू संचालन गर्न सकोस भन्दै ३२औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिएका थिए ।

प्रत्येक बर्ष संचारकर्मीहरुमा बिभिन्न किसिमका जोखिमपूर्ण गतिबिधिहरु बढ्दै गएको,पत्रकारहरु असुरक्षित रहेको अवस्था दिन प्रतिदिन बढ्दै गएको अवस्थामा पनि सूचना सम्प्रेषण गर्नुपर्ने बाध्यता रहेकाले राज्यले सुरक्षाको प्रत्याभूति गर्नुपर्नेमा त्यस्तो नदेखिएकोमा बिशेष अतिथिहरुले चिन्ता व्यक्त गरेका थिए ।

अध्यक्ष केजिन राईको अध्यक्षता तथा महासचिव शेरबहादुर परियारले सञ्चालन गरेको कार्यक्रममा युरोप शाखाका पत्रकारहरुको उपस्थित रहेको थियो।

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ एआईले प्रेस स्वतन्त्रता,सूचनाको स्वतन्त्र प्रवाह,मिडिया स्वतन्त्रता र सूचनामा पहुँच सुनिश्चित गर्ने र मौलिक स्वतन्त्रताको संरक्षण गर्ने विश्वव्यापी लक्ष्यलाई कसरी असर गर्छ भन्ने कुरामा केन्द्रित छ।

प्रत्येक वर्ष मे ३ तारिख प्रेस स्वतन्त्रताको आधारभूत सिद्धान्तहरूको उत्सव मनाउने,विश्वभर प्रेस स्वतन्त्रताको मूल्याङ्कन गर्ने,मिडियालाई उनीहरूको स्वतन्त्रता माथिको आक्रमणबाट बचाउने र आफ्नो पेशागत अभ्यासमा ज्यान गुमाएका पत्रकारहरूलाई श्रद्धाञ्जली अर्पण गर्ने दिन हो। सन् १९९१ मा युनेस्कोको छब्बीसौं साधारण सम्मेलनमा अपनाइएको सिफारिसपछि सन् १९९३ मा संयुक्त राष्ट्र संघको महासभाले विश्व प्रेस स्वतन्त्रता दिवसको घोषणा गरेको थियो।

 

Share