इनास नेदरल्याण्ड्सको छैठौं राष्ट्रिय अधिवेशन सम्पन्न, खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन ।

नेदरल्याण्ड्स  ।

यहि अगष्ठ ३१ तारीख आइतबारका दिन इनास राष्ट्रिय समिति नेदरल्याण्ड्सको छैठौं राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले चन्दना खड्का कार्कीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । उक्त अधिवेशनले ग्लोबल प्रतिनिधिमा अमृता टण्डन,संरक्षकमा सरिता हुमागाईलाई चयन गरेको छ भने अध्यक्षमा चन्दना खड्का कार्की,प्रथम उपाध्यक्ष साथै बाल प्रतिभा प्रवर्द्धन समितिको संयोजकमा सरोज ढकाल गिरी,द्रितीय उपाध्यक्षमा नीर मोहन घोरासइनी,महासचिवमा पूजा थापा खड्का,सचिवमा पुष्पा पराजुली,कोषाध्यक्षमा दिपा तामाङ,प्रवक्ता तथा नेपाली भाषा तथा साहित्य प्रवर्द्धन समितिको संयोजकमा अम्बिका गिरी रहेका छन । त्यसैगरी सदस्यहरुमा सलिना कार्की,एंजेलिना केसी,सोना बस्याल, रेसोनिका कंडेल,पूजा लिम्बू,कबिना खड्का,रेखा सापकोटा रहेका छन ।

अधिवेशनले सल्लाहकारहरुको समेत चयन गरेको छ । हिमाल गुरुङ,थानेश्वर कॅडेल,द्रोण रिजाल, सॅघर्षशिल केसी,बर्षा खड्का, प्रकाश गिरी,बिमला श्रेष्ठ र ठाकुर प्रसाद शर्मा ( मनोहरी )लाई सल्लाहकारमा चयन गरेको हो । इनास ग्लोबलका संस्थापक अध्यक्ष पुष्प बरुवालको प्रमुख अतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा एनआरएनए आईसिसि का पूर्व युवाउपाध्यक्ष हिमाल गुरुङ,एनआरएनए राष्ट्रिय समन्वय समितिका निवर्तमान अध्यक्ष तथा इनास राष्ट्रिय समिति नेदरल्याण्ड्सका निर्वाचन प्रमुख आयुक्त थानेश्वर कॅडेल, अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिका सह-संयोजक साथै नेपाल पत्रकार महासंघ यूरोप शाखाका उपाध्यक्ष द्रोण रिजाल,अन्तराष्ट्रिय नेपाली साहित्य समाज नेदरल्याण्ड्सका अध्यक्ष सुर्यराज गिरी,नेपाली ब्यवसायी संघ नेदरल्याण्ड्सका अध्यक्ष संघर्षशील केसी,झापाली समाज नेदरल्याण्ड्सका अध्यक्ष प्रकाश गिरी,इनास नेदरल्याण्ड्सका सल्लाहकार बर्षा खड्का लगायतको बिशेष आतिथ्यता रहेको थियो ।

इनास राष्ट्रिय समिति नेदरल्याण्ड्सको छैठौं अधिवेशनलाई सम्बोधन गर्दै ग्लोबलका संस्थापक अध्यक्ष पुष्प बरुवालले बिश्वभर संस्थाको संजाल बिस्तार भैसकेकाले अबका दिनहरुमा नेपाली भाषा,कला र संस्कृतिको प्रवर्द्धन र बिकाशका लागि अझ धेरै जिम्मेवारी थापिएको स्मरण गर्दै आगामी दिनमा नयाँ कार्यसमितिले संस्थागत हितमा लागीपर्न सुझाउॅदै आफ्नो पदीय दायित्व ईमानदारीपूर्वक निर्वाह गर्दै यस नयाँ  समितिले उत्कृष्ठ काम गर्न सकोस भन्दै शुभकामना दिएका थिए ।

निर्वाचित नयाँ कार्यसमितिलाई ग्लोबल संस्थापक अध्यक्षको समुपस्थितिमा निर्वाचन समितिका प्रमुख आयुक्त थानेश्वर कॅडेलले ओहदाको प्रमाणपत्र प्रदान गर्दै सपथ ग्रहण गराएका थिए । इनास नेदरल्याण्ड्सका कार्यवाहक अध्यक्ष महेश टण्डनको सभापतित्वमा सम्पन्न उक्त अधिवेशनको प्रमुख अतिथि र बिशिष्ठ अतिथिहरुद्वारा पानसमा बत्ती बालेर उद्घाटन गरिएको थियो भने कार्यक्रम संचालन चन्दना खड्का र सरिता हुमागाईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *