मे १२ मा बेलायतवासी नेपालीहरु आस्था र भक्तिमा झुम्दै ।

बेलायत ।

मिडल्याण्डवासी नेपालीहरुको संयुक्त समाज साझा नेपाली समाज बेलायतले गत सालबाट शुरु गरेको भजन किर्तन महोत्सवको दोस्रो सॅस्करण १२ मे २०२५ मा आयोजना गर्ने निर्णय गरेको छ।

नेपाली कला र सॅस्कृतिको संरक्षण र प्रवन्द्धन गर्ने उद्धेष्यले भजन किर्तन महोत्सव गर्न लागिएको हो। साझा नेपाली समाजका महासचिव शशांक शर्माका अनुसार सोमबार बसेको साझा नेपाली समाजको बैठकले मिडल्याण्डको उल्भरहाम्टनमा बुद्ध जयन्तिको दिन पारि १२ मे सोमवार को दिन दोस्रो मिडल्याण्ड भजन किर्तन महोत्सव को आयोजना गरिने छ। यसको संयोजन उपाअध्यक्ष शिब खरालले गर्नुहुनेछ।

संयोजक शिब खरालले यसभन्दा पहिला पनि सामाजिक कार्यक्रमहरु सफलताको साथ संयोजन गरिसक्नुभएको छ भने दोस्रो भजन किर्तन महोत्सव २०२५ पनी गत साल भन्दा अझै भव्यताको साथ सम्पन्न गर्नेमा अध्यक्ष दिपक सापकोटा लगायत सिंगो मिडल्याण्डवासी नेपालीहरु विस्वस्त रहेका छन। मिडल्याण्डमा बसोबास गर्ने नेपालीहरुको धार्मिक आस्था बलियो रहेको र नेपाली कला र संस्कृतीलाई दोस्रो पुस्तालाई पनि सिकाउनु पर्दछ भन्ने मनोभावना रहेकोले यस्ता धार्मिक कार्यमा रुची बढ्ने र महोत्सव भब्यहुनेमा कुनै शंका नरहेको महासचिव शर्माको जिकिर थियो। कार्यक्रमको सहआयोजक मिडल्याण्डका सबै स्थानिय समाजहरु हुनेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *