नेपालका प्रदेश एक सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रि कार्कीलाई नेदरल्याण्ड्समा भब्य स्वागत |

नेदरल्याण्ड्स |    जनसम्पर्क समिति नेदरल्याण्ड्सले आज एक कार्यक्रम आयोजना गरि नेपालको प्रदेश एक सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रि केदार कार्की र उहाकी धर्मपत्नी शान्ता कार्कीलाई भब्य स्वागत गरेको छ | नेपालको समसामाहिक राजनीतिक र गैर आवासीय नेपालीहरुको विभिन्न समस्याहरुलाई सरकार र नेपाली कांग्रेसको भूमिका कस्तो रहेको छ भन्ने बिषयमा प्रमुख अतिथि मन्त्रि कार्कीले आयोजित कार्यक्रममा आफ्ना धारणा राखेका थिए |

प्रवासमा पनि समाज विभाजनको अवस्था देख्दा दुख लागेको भन्दै बिदेशमा आएपछी आफुलाई केहि पिंडाको अनुभूति भएको धारणा मन्त्रि कार्कीले राखेका थिए | देशको हरेक परिवर्तनमा प्रवासमा रहेका नेपालीहरुको उल्लेख्य योगदान रहेको औल्याउदै उनीहरुको नोट चल्ने तर भोट चै किन नचल्ने? प्रस्न गर्दै प्रवासबाट धेरै ब्याक्तिहरु राज्यको नित्रित्व तहसम्म पुगेको अथार्थता प्रस्तुत गरेका थिए | तिनै प्रवासीका पुर्खाहरुले बनाएको देशमा तिनैको रेमिटेन्सले देशको अर्थतन्त्रमा योगदान दिन हुने अनि उनिहरुलाइ नै नागरिकता र भोटिंगको अधिकारबाट बन्चित गर्न अन्याय हुन्छ भन्दै मन्त्रि कार्कीले दुख ब्यक्त गरेका थिए |

बर्तमान अवस्थामा नेपाली कांग्रेसले अन्य दल संग गरेको गठबन्धनका बिषयमा बोल्दै स्थानीय चुनावमा धेरै ठाउँमा नेपाली कांग्रेसका उम्मेदवारहरुले जित्नुपर्ने अवस्था हुँदाहुँदै पनि जित्न नसकेको तितो यथार्थता मन्त्रि कार्कीले प्रस्तुत गरेका थिए | प्रवासमा फुटेर हैन जुटेर संथागत एकता कायम राख्नुपर्नेमा जोड दिंदै प्रवासी नेपालीहरुको बर्तमान देखिएको नागरिकता र भोटिंगको बिषयमा ब्याक्तिगत र प्रदेश सरकारको तर्फबाट न्यायका निम्ति आफु सक्दो कोशिस गर्नेमा ढुक्क रहन आग्रह गर्दै मन्त्रि कार्कीले अनुरोध गरेका थिए |

नेताहरुले विदेशको प्रगति मात्र हेरेर जाने हैन त्यहाँको ज्ञान र शिपको उच्चतम प्रयोग आफ्नो भूमिमा कसरि गर्न सकिन्छ भन्ने प्राबिधिक ज्ञान समेत लिएर त्यसलाई कसरि आफ्नो भूमिमा लागु गर्न सकिन्छ भन्ने तर्फ ध्यान दिन आजको आवस्यकता रहेको मन्त्रि कार्कीले प्रस्ट पारेका थिए |

कार्यक्रममा जनसम्पर्क समिति नेदरल्याण्ड्सका पुर्व अध्यक्ष तथा एनआरएनए आईसिसि उपाध्यक्ष नारायण आचार्य, नेपाल पत्रकार महासंघ युरोपका महासचिव द्रोण रिजाल, जनसम्पर्क समिति नेदरल्याण्ड्स साथै एनआरएन नेदरल्याण्ड्सका पुर्व अध्यक्ष ठाकुर प्रसाद शर्मा(मनोहरि), एन आर एन नेदरल्याण्ड्सका अध्यक्ष मिम पुर्जा, बरिस्ठ उपाध्यक्ष बिष्णु पोख्रेल,महासचिव सिता थापा क्षेत्री, जनसम्पर्क समिति नेदरल्याण्ड्सका महामन्त्री जितेन्द्र श्रेष्ठ, एन आर एन नेदरल्याण्ड्सका पुर्व उपाध्यक्ष तथा समाजसेवी भिम रोक्का, सदस्य नबिन ढकाल लगाएतको उपस्थिति थियो | झन्डै २ घण्टा चलेको स्वागत कार्यक्रमको अध्यक्षता जनसम्पर्क समिति नेदरल्याण्ड्सका सभापति शालिक गौतमले गरेका थिए भने कार्यक्रम संचालन महामन्त्री शान्ति थोकरले गरेकी थिइन |

Share