नेदरल्याण्ड्स | गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको अप्रिल २२, २०२२ मा बसेको कार्यसमितिको सातौँ बैठकले प्रमुख सम्रक्षकमा हरि पौडेललाई मनोनयन गरेको छ | कार्यसमितिको विभिन्न मितिमा बसेको बैठकले अन्य सम्रक्षक र सल्लाहकारहरु समेत मनोनयन गरेको संघका सचिव पेमा लामाले जानकारी गराएका छन |
एनआरएनए नेदरल्याण्ड्सका पुर्व अध्यक्षहरु लगायत विभिन्न संघ संथाबाट प्रतिनिधित्व गर्ने महानुभावहरु र सामाजिक अभियन्ताहरुलाई संस्थाको संरक्षक र सल्लाहकारमा मनोनयन गरेको महासचिव सिता थापा क्षेत्रीले नेपाल हल्याण्ड डट कमलाई जानकारी गराएकी छन् |
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति नेदरल्याण्ड्सको स्थापना कालदेखि सक्रिय पौडेल एक सामाजिक अभियन्ता हुनुको साथै गजलकार, कवी समेत हुन् | नेपालको कलैया बारामा जन्म थलो भएका पौडेल लामो समय देखि नेदरल्याण्ड्सको साउथ हल्याण्डमा परिवार सहित बसोबास गरिरहेका छन् | पौडेल गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको मानार्थ सदस्य, बर्ष २०१९-२१ कार्यकालको भाषा, साहित्य र संस्कृति प्रवर्धन समिति युरोपको संयोजक हुनुको साथै राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको पुर्व अध्यक्ष समेत हुन् |
एनआरएनएमा अहिले सम्म धनाढ्यहरुले मात्र नेतृत्वमा जान सक्ने परिश्थिति देखिएकाले सबै समुदायका इच्छुक दक्ष व्यक्तिहरुले पनि नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने वातावरण बन्नुपर्नेमा जोड दिने र आफुलाई चित्त नबुझ्दा कडा रुपमा असन्तुष्ठी राख्न सक्ने एक सामाजिक अभियन्ताको रुपमा पौडेल चिनिएका छन् | पौडेल प्रवासमा प्रजातान्त्रिक विचारका पक्षधर तथा राजनीतिज्ञ र साहित्यकारका रुपमा समेत परिचित छन् |
त्यसैगरी विभिन्न मितिमा बसेको कार्यसमितिको बैठकले संरक्षकमा कृष्णराज अधिकारी, ठाकुर प्रसाद शर्मा (मनोहरि),शारदा बराइली सल्लाहकारहरुमा राम गुरुङ,पदम क्षेत्री, प्रेमजंग गुरुङ, प्रेमकाजी गुरुङ र बिर्ख सुब्बा, कार्यक्रम संयोजकमा थानेश्वर कंडेल, सोसियल फोरम संयोजकमा बन्दना अधिकारी,, फ्रेन्डशिप फोरम संयोजकमा अन्जन गुरुङ, पोलिटिकल एण्ड सोसियल थिंक ट्यांक फोरम संयोजकमा फणिन्द्र पन्त,, व्यवसायिक फोरम संयोजकमा श्री पाण्डेलाई मनोनयन गरेको संघका सचिव पेमा लामाले जानकारी गराएका छन् |