नेदरल्याण्ड्स, नेदरल्याण्ड्समा नयाँ भाइरस मंकिपक्स देखा परेको छ | सार्वजनिक स्वास्थ्य तथा वातावरणका लागि राष्ट्रिय संस्थान (RIVM)ले सोमबार गरेको रिपोर्ट अनुसार नेदरल्याण्ड्समा ६ जनामा उक्त संक्रमण देखिएको पुस्टि गरेको छ | संस्थानले नेदरल्याण्ड्समा शुक्रबार पहिलो र सनिबार दोश्रो केश देखिएको पुस्टि गर्दै घोषणा गरेको थियो |
मन्कीपक्स भाइरस लाग्ने मानिसहरूलाई सुरुमा ज्वरो आउने , टाउको दुख्ने, मांसपेशी दुख्ने र थकान महसुस हुने गर्दछ। केही दिन पछि उक्त भाइरसले छालामा पनि असर गर्दै फोका फोका देखिने हुँदा बिरामी थप संक्रमित हुने विभागले जनाएको छ। हालसम्म, मन्कीपक्स भाइरस भएको पत्ता लागेका संक्रमितहरु सबैजना अन्य पुरुषसँग यौनसम्पर्क गरेका पुरुषहरुमा देखिएको जनाएको छ । केही पुरुषहरू बेल्जियमको डार्कल्याण्ड्स (Darklands) फेस्टिभलमा भाग लिएका थिए ,जसलाई पहिले सम्भावित स्रोतको रूपमा पहिचान गरिएको थियो त्यहिबाट यो प्रकोप फैलिएको हुन सक्ने जनाएको छ ।
डार्कल्याण्ड्सहरू विशेष रूपमा, समलिङ्गी पुरुष समुदायमा केन्द्रित रहनेगरि मनाइने फेटिश (Fetish) उत्सव मानिन्छ | उक्त कार्यक्रम ४ मई देखि ९ मई सम्म एन्टवर्प (Antwerp)मा भएको थियो ।
मन्कीपक्स भएको कोही व्यक्तिले स्क्याबहरू नझर्दासम्म अरूलाई संक्रामक हुने गर्दछ, RIVM को रिपोर्टमा भनिएको छ। संस्थानका अनुसार धेरै जसो मानिसहरु आफैं निको हुन सक्छन त्यसमा संक्रमितहरु निको हुन दुईदेखि चार हप्ता लाग्न सक्छ। भाइरस पहिले नै कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसहरू, साथै बच्चाहरू र गर्भवती महिलाहरूका लागि खतरनाक हुन सक्ने संस्थानले जनाएको छ।
युरोपेली स्वास्थ्य सेवा(ECDC)ले सोमबार गरेको रिपोर्ट अनुसार युरोपियन युनियनमा हालसम्म जम्मा ८५ जनामा मंकिपक्सका संक्रमितहरु देखिएको जनाइएको छ |