नेपाली जनसम्पर्क समिति नेदरल्याण्ड्सको पहिलो बैठकले गर्यो महत्वपूर्ण निर्णय |

नेदरल्याण्ड्स |    अप्रिल २२ तारिख बसेको जसस नेदरल्याण्ड्सको कार्यसमितिको पहिलो बैठकले केहि महत्वपुर्ण निर्णय गरेको सभापति सालिक गौतमले जानकारी गराएका छन् | समितिको छैठौं अधिवेशनलाई सफल पार्न सहभागी केन्द्रीय समितिका पदाधिकारीहरु, केन्द्रीय प्रतिनिधि, नि.अध्यक्ष लगायत कार्यसमिति, निर्वाचन समिति,कृयाशिल सदस्यहरु र विभिन्न संघसंथाहरुबाट सहभागी अतिथिहरुलाई हार्दिक धन्यबाद दिदै निर्णय गरेको छ |

संस्थाको अध्यक्षको नाम र ठेगाना परिवर्तन सहित संस्थाको अधिकारिक दर्ता गर्ने, बैंक खाताको नामसारी, नेपालको स्थानीय चुनावका लागि प्रचारप्रसार उपसमिति अन्तगत प्रतिनिधिका रुपमा सिता थापालाई पठाउने,रिक्त पदहरु र सल्लाहकारहरुको छनौटको बिषयमा महामन्त्रीद्वय श्रेष्ठ र थोकरलाई जिम्मा दिने लगायत विदेशमा रहेका नेपालीहरुलाई सर्वोच्च अदालतको फैसलालाई मध्यनजर गर्दै निर्वाचन समिति र नेपाल सरकारलाई मतदानको व्यवस्था व्यवस्था मिलाउन अनुरोध गर्ने जस्ता निर्णय गरेको सभापति सालिक गौतमले जानकारी गराएका छन |

समितिको पहिलो बैठकको निर्णय जस्ताको तस्तै |

आज मिति १२ अप्रिल २०२२ का दिन नेपाली जनसंपर्क समिति नेदरल्याण्डका अध्यक्ष श्री शालिक गौतमको अध्यक्षतामा प्रथम बैठक वस्यो । बैठकमा निम्म निर्णयहरु गरियो ।

१. नेपाली जनसंपर्क समिति नेदरल्याण्डको छैठौं अधिवेसन भव्य रुपमा संपन्न भयो । अधिवेसनलाई पुर्ण रुपमा सफल पार्न सहयोग गर्ने नेपाली काँग्रेस केन्द्रिय समिति, केन्द्रिय प्रतिनिधी, नि. अध्यक्ष, निवर्तमान कार्यसमिति, निर्वाचन समिति, नेदरल्याण्डका सवै नेपाली संघसंस्था तथा समुदाय र कृयाशिल सदस्यहरुलाई हार्दिक धन्यबाद तथा आभार व्यक्त्त गरियो ।

२. नेपाली काँग्रेसको चौधौं महाधिवेसन भव्यताका साथ संपन्न भएकोमा निर्वाचित सभापति, पदाधिकारी तथा सम्पुर्ण केन्द्रिय सदस्यहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरियो ।

३. पुरानो कार्यसमितिका अध्यक्ष, महामन्त्री तथा कोषाध्यक्ष ज्यूबाट, संस्था, समितिको माइन्युट र आर्थिक प्रतिवेदन बुझिलिइयो ।

४. नेपाली जनसंपर्क समितिको आधिकारिक दर्ता च्याम्बर अफ कमर्समा संस्थाको अध्यक्षको नाम र ठेगाना परिवर्तन गर्ने निर्णय गरियो । नाम परिवर्तनको लागि अध्यक्ष, महामन्त्रीद्धयको नाममा गर्ने निर्णय गरियो ।

५. संस्थाको बैक खाता नेपाली जनसंपर्क समिति नेदरल्याण्डका अध्यक्ष श्री शालिक गौतम र कोषाध्यक्ष श्री राजु श्रेष्ठको नाममा गर्ने निर्णय गरियो ।

६. नेपालमा हुन गै रहेको स्थानिय चुनावमा प्रचार उपसमितिमा नेपाली जनसंपर्क समितिका अध्यक्ष ज्यूलाई पदेन सदस्यका रुपमा मनोनित गर्नु भएकोमा नेपाली काँग्रेसलाई हार्दिक धन्यबाद दिने निर्णय गरियो ।

७. नेपालको स्थानिय चुनाव प्रचार प्रसारको लागि नेपाली जनसंपर्क समितिका सदस्य श्री सिता थापालाई प्रतिनिधीको रुपमा नेपाल पठाउने निर्णय गरियो ।

८. नेपाली जनसंपर्क समितिको आधिकारीक njssnl2021@gmail.com इमेल लाई औपचारिक कामकाजको इमेल बनाउने निर्णय गरियो ।

९. नेपाली जनसंपर्क समितिको मनोनित गर्नु पर्ने पदहरु र सल्लाहकारहरु आपसी छलफल र समझदारीमा गर्ने निर्णय गरियो । यसका लागि आवश्यक सम्वाद बढाउन महामन्त्रीद्धय श्री जितेन्द्र श्रेष्ठ र श्रीमती शान्ति थोकर लाई जिम्मा दिने निर्णय गरियो ।

१०. नेदरल्याण्डको नेपाली समुदायको हितका लागि समन्वय र सहकार्यमा विभिन्न कार्यहरु साझेदारीमा गर्ने निर्णय गरियो ।

११.विदेशमा रहेका नेपालीहरुलाई सर्वाेच्च अदालताको फैसलालाई मध्यनजर गरेर मतादानको व्यवस्था मिलाउन निर्वाचन समिति र नेपाल सरकारलाई अनुरोध गरि लेखि पठाउने निर्णय गरियो ।

१२. नेपाली जनसंपर्क समितिमा रहनु भएका कार्यसमितिका पदाधिकारीहरुलाई कम्तिमा १५० युरो र सदस्यहरुलाई कम्तिमा ७५ युरो संस्थाको खातामा जम्मा गर्ने निर्णय गरियो ।

१३.संस्थाको कामलाई चुस्त र छरितो बनाउनको लागि एक कार्यसम्पादन समिति बनाउने निर्णय गरियो । कार्यसम्पादन समितिमा समितिका पदाधिकारीहरु र सदस्यहरुबाट विष्णु पोखरेल, विष्णु वास्तोला अमित कार्की र सिता थापा रहने निर्णय गरियो ।

१४. नेपालको विकट जिल्ला सोलुखुम्बुको नेचा सोलुखुम्बुका ६ वटा विद्यालयहरुको शैक्षिक गुणस्तर बाउनको लागि रु ५० हजार बराबरको अक्षय कोष स्थापना गर्ने प्रस्ताव आएकोले २ विद्यालयलाई रु पचास हजारका दरले सहयोग गर्ने निर्णय गरियो ।

१५. नेपाली नयाँ वर्ष २०७९ को पावन अवसरमा देश विदेशमा रहनु भएको सवै दाजुभाई तथा दिदी वहिनीहरुको सुख संवृद्धि तथा उक्तर उक्तर प्रगतिको कामना गर्ने निर्णय गरियो ।
महामन्त्रीद्धय
जितेन्द्र श्रेष्ठ
शान्ति थोकर

Share