नेपाल म्युजिक फाउण्डेशन नेदरल्याण्ड्सले संगीत कक्षा संचालन गर्ने |

नेदरल्याण्ड्स |   प्रवासमा नेपाली कला र संस्कृतिको प्रवर्धन र बिकाशको निम्ति स्थापित  नेपाल म्युजिक फाउण्डेशन नेदरल्याण्ड्सले संगीत कक्षा संचालन गर्ने उदेश्य अनुरुप  नेदरल्याण्ड्सबासी नेपाली समूदायका बालबालिकाहरुलाई नेपाली लोकप्रिय सांगीतिक  वाद्द-वादन मादल, गीतार लगायत नेपाली मौलिक नृत्य प्रशिक्षण कक्षा संचालन गर्न  गैरहेको कुरा फाउण्डेशनका महासचिव राजेन्द्र शर्मा(नेपाल प्रेमी)ले जनाएका छन्।

प्रवासमा रहेका बालबालिकाहरु आफ्नो मातृभाषा, कला र संस्कृति प्रति चेतनशील हुन सकुन भन्दै आफ्ना बालबालिकाहरुलाई नेपाली संगीत सिकाउन इच्छुक अभिभावक वा सिक्न इच्छुक बालबालिकाहरुका अभिभावकहरुले समयमै सम्पर्क गर्न सबैमा अनुरोध गरिएको छ। संगीत कक्षा नेपाली भाषामा दिइने हुंदा संगीत कक्षाले बालबालिकाहरुले नेपाली भाषा सिक्नमा समेत उल्लेखनीय भूमिका खेल्नेछ भन्ने कुरामा समेत विश्वास गरिएको छ।

बालबालिकाहरुलाई मात्र नभै प्रौढहरुको समेत संगीत कक्षा प्रती रुची भएमा न्युनतम आवश्यक संख्यामा उपस्थित हुने भएमा प्रौढहरुलाई पनि कक्षा संचालन गर्न सकिने कुराको जानकारी महासचिव शर्माले जानकारी गराएका छन् । शर्माका अनुसार  नेपाली समूदायको जनघनत्वको आधारमा पहिलो कक्षा आम्स्टर्डमबाट गरिने भए पनि सिक्न चाहने बालबालिकाहरुको संख्या धेरै भएमा भविष्यमा अन्य शहरहरुमा पनि कक्षा संचालन गर्न सकिनेछ।

कम्तिमा १० जना बालबालिकाहरुको समूह भएमा पहिलो कक्षा तत्काल संचालन गर्न सकिने गरी प्रशिक्षक लगायत सम्पूर्ण व्यबस्थापकीय पक्ष तयारी अवस्थामा रहेको हुँदा आफ्ना बालबालिकाहरुलाई नेपाली संगीत सिकाउन इच्छुक अभिभावक वा सिक्न इच्छुक बालबालिकाहरुका अभिभावकहरुले सम्पर्क गरी नाम दर्ता गराउन सकिने तथा थप जानकारी लिन सकिने गरी निम्न सम्पर्क ब्याक्ति र फोन नम्बर (साबु पौडेल फोन: 06 8371 0239 अम्बिका गिरी फोन: 06 3959 3731 शरद जोशी फोन: 06 4734 7878 रश्मिता पराजुली फोन: 06 2468 6325) उपलब्ध गराइएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *