गैरआवासीय नेपाली संघको अध्यक्षहरुमा आचार्य, थापा र डा.केसी घले समूहबाट कुँवर चयन

काठमाण्डौं ।   गैरआवासीय नेपाली संघको १० महाधिवेशनले कुल आचार्य, रविना थापा र डा. बद्री केसीको अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको छ ।

गैरआवासीय नेपाली संघको १० औ महाधिवेशनले तीन जना डा. बद्री केसी, कुल आचार्य र रविना थापालाई १८ महिने कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो  ।
तिन अध्यक्षको व्यवस्था र केहि पद थप गर्दै विधान संशोधन गरेर संघले नयाँ कार्यसमिति चयन गरेको हो । अर्को पटकलाई नजिर नबस्ने गरी बाकी रहेको १८ महिने कार्यकालमा पहिलो बैठकको अध्यक्षता तीन जना अध्यक्षले गर्ने छन् भने त्यसपछिको ६ महिना आचार्य, ६ महिना थापा र समापनको अन्तिम ६ महिना केसीले अध्यक्षता गर्ने संशोधित विधानमा व्यवस्था गरिएको छ ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डा. हेमराज शर्मा, महेश श्रेष्ठ, भुषण घिमिरे, डिबी क्षेत्री, धर्मराज अधिकारी, दुर्गा आचार्य, गोविन्द श्रेष्ठ (रोविन्द), जयप्रकाश गुरुङ, नारायण आचार्य, नरेन्द्र भाट र आरके शर्मा, यस्तै महिला उपाध्यक्षमा यास्मिन बेगम र डा. विष्णुमाया परियार तथा युवा उपाध्यक्षमा रोशन थापा, राज रेग्मी र हिमाल गुरुङ चयन भएका छन ।

त्यसैगरी महासचिवमा गौरीराज जोशी र केशव पौडेल, उपमहासचिवमा रामशरण सिंखडा, गणेश केसी, डा. देवी बस्नेत, नारायण काफ्ले, ओम गुरुङ र विनय अधिकारी, सचिवमा चिरञ्जिीवि घिमिरे, गंगाधर गौतम, खगेन्द्र न्यौपाने, प्रविण गुरुङ, शंकर खडका, अभिमानसिंह बस्नेत, प्रमोद सिटौला, गोविन्द गौतम, होम पाण्डे र राजन त्रिपाठी तथा महिला सचिवमा डा. टिका गुरुङ र अलिलि पोखरेल चयन भएका छन् ।

नयाँ कार्यसमितिको कोषाध्यक्षमा सुनिल शाह, लोक दाहाल र फणिन्द्र पन्त, सहकोषाध्यक्षमा दिपक शर्मा, होम गौतम, कृष्ण तिमिल्सिना, लाल केसी र मिलन छन्त्याल, नारायण सुवेदी, टंक गैरे र यज्ञ सुवेदीलाई अधिवेशनले सर्वसम्मत चयन गरेको छ । यसैगरी महिला सहकोषाध्यक्षमा यमुना भट्टराई, अमृता थापा र योगिता थापा चयन भएका छन । यसैगरी युवा संयोजकमा अब्दुल वासीद र रविन्द्र खडका तथा महिला संयोजकमा सगिता मरहट्टा र विमला सापकोटा र प्रवक्तामा सोम सापकोटा र शिव बडुवाल चयन भएका छन ।

दशौँ  महाधिवेशनले ६ क्षेत्रका क्षेत्रीय समितिहरु पनि सर्वसम्मतिमा चयन गरेको छ । जसअनुसार मध्यपुर्व क्षेत्रका लागि संयोजकमा मनोज कुमार श्रेस्ठ’गोर्खाली’,राजेन्द्र अर्याल ‘जोन’ र क्षेत्रीय उपसंयोजकमा राजु शर्मा,अमित चाम्लिङ, लाल बहादुर पुन र केबी हमाल रहेका छन । यसै गरि महिला संयोजकमा सरिता भण्डारी , संगिता कार्की रहेका छन् भने महिला सह संयोजकमा बन्दना सापकोटा शर्मा र सानोबेर जहान निर्वाचित भएका छन ।

मध्यपुर्वबाट  युवा संयोजकमा सुभाश केसी ,बालकृष्ण मरासिनी र युवा सहसंयोजकमा विजय धामी, मिनराज वाग्ले रहेका छन । एशिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय संयोजकमा पारसमणि पोखरेल, डिपी कँडेल र सह संयोजकमा हरि भट्टराई,दिपक कँडेल,नविन बिके, दधिवाल खडका र युवराज न्यौपाने रहेका छन । महिला संयोजकमा शान्ति अधिकारी र महिला उपसंयोजकमा ईन्दिरा तिवारी रहेकी छन भने युवा संयोजकमा सुरेश गिरी र युवा उपसंयोजक रन्जनराज कुवर सर्वसम्मत भएका छन ।

त्यस्तै युरोप क्षेत्रका लागि क्षेत्रीय संयोजकमा चिन्तामणी सापकोटा, सन्तोश भट्टराई र उपसंयोजकमा तिलक गैरे, चित्र सुवेदी, दयानिधि सापकोटा, ललित न्यौपाने, डा. नवराज रोस्यारा, सागर लामा र सागर सुवेदी रहेका छन । यस्तै महिला संयोजकमा वर्षा खड्का , पार्वती मल्ल र महिला सहसंयोजकमा नुनिता सापकोटा र सुनिता थापा रहेका छन । युवा संयोजकमा रमेश काफ्ले, किरण गुरुङ र युवा सहसंयोजकमा रोबर्ट लिम्बु र दीपक न्यौपाने रहेका छन ।

अमेरिका क्षेत्रीय संयोजकमा राम सि पोखरेल र प्रकाश सापकोटा , सह संयोजकमा अभिमन्यु बस्नेत,तुला भट्टचन, पुरुसोत्तम बोहोरा, राम कुमार सुबेदी र पशुपती पाण्डे निर्वाचित भएका छन । यसैगरि महिला संयोजक बन्दना कोइराला, तृष्णा शर्मा र महिला सहसंयोजकमा ईन्दिरा त्रिपाठी रहेका छन । युवा संयोजकमा स्वरस खाती र बिनोद रुवाली रहेका छन भने युवा उपसंयोजकमा ईश्वर खत्री चुनीएका छन ।

अफ्रिका क्षेत्रका लागि क्षेत्रीय संयोजकमा कृष्णदत्त भट्ट र राज कुमार थापा रहेका छन भने उपसंयोजकमा पद्मा भण्डारी र आर पी पन्त रहेका छन । महिला संयोजकमा केसना लिम्बु , डा. सरिता र महिला उपसंयोजकमा खुस्बु घिमिरे रहेकी छन । यस्तै युवा संयोजकमा सागर उप्रेती चयन भएका छन ।

त्यसैगरि ओसेनिया क्षेत्रका लागि क्षेत्रीय संयोजकमा दिनेश जोशी र केशव सापकोटा रहेका छन भने क्षेत्रीय उपसंयोजकमा रामराज ओली, अशोक केसी, सन्तोस कुँवर र धनश्याम सापकोटा रहेका छन । महिला संयोजकमा उषाकिरण बानिया, युवा संयोजकमा प्रदिप रुपाखेती र युवा सहसंयोजकमा आर्सद अहमद रहेका छन । 

दशौँ महाधिवेशनको साधारण सभाबाट विधानमा केहि संशोधन गरिएको छ | संसोधित विधान अनुसार एनआरएनको पदाधिकारी संख्या नै ९५ जनाको हुनेछ। उक्त संसोधित विधान अनुसार अध्यक्ष ३, उपाध्यक्ष ११,महासचिव २,उप महासचिव ६, सचिव १० जना हुने व्यवस्था गरिएको छ । त्यस्तै कोषाध्यक्ष ३, सह-कोषाध्यक्ष ८, महिला सहकोषाध्यक्ष-३, प्रवक्ता २ जना हुने व्यवस्था गरिएको छ । त्यसैगरी संसोधित विधान अनुसार महिला संयोजक २,युवा संयोजक २,क्षेत्रीय संयोजक २,क्षेत्रीय उपसंयोजक युरोप क्षेत्र ७ र अन्य क्षेत्र ५ को व्यवस्था गरिएको छ ।क्षेत्रीय महिला संयोजकको संख्या बढाएर ३ जना, क्षेत्रीय युवा संयोजक २,क्षेत्रीय महिला उप संयोजक २ र क्षेत्रीय युवा संयोजक २ जना हुने व्यवस्था गरिएको छ ।

करिब ६ महिनादेखि चल्दै आएको प्रतिनिधि विवाद का कारण दशौ महाधिवेशन तथा निर्वाचन गर्न नसकेर पटक पटक सरेर एनआरएनएले अन्ततः अध्यक्षका उम्मेदवारहरु बीच सहमति जुटाएर एकताको महाधिवेशन सम्पन्न गरेको हो ।

अध्यक्षमा निर्वाचित तिनै जना अध्यक्षहरुलाई निवर्तमान अध्यक्ष कुमार पन्तले समापन समारोहमै पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

पुर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घले समुहले छुट्टै आयोजना गरेको गैर आवासीय नेपाली संघको १० औं महाधिवेशनले २०२१-२३ कार्यकालको लागि अर्को नयाँ कार्यसमिति चयन गरेको छ। काठमाडौँको याक एण्ड यति होटलमा २२ देखि २५ मार्च सम्म सम्पन्न भएको महाधिवेशनको बन्द सत्रले नयाँ कार्यसमिति सर्वसहमतिमा निर्विरोध चयन गरेको महाधिवेशन प्रवक्ता कृष्ण केसी द्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

जस अनुसार नवनिर्वाचित कार्यसमिति निम्न अनुसार रहेको छ।

अध्यक्षमा – बिनोद कुँवर (साउथ कोरिया),उपाध्यक्षहरुमा -उमेश पुडासैनी (कुवेत),थर्क सेन (बेलायत),बाबु राम लामा (अमेरिका),सुरेन्द्र सिग्देल (अष्ट्रेलिया),महिला उपाध्यक्षमा -भोमा लिम्बु (अष्ट्रेलिया),महासचिव-जानकी गुरुङ्ग (बेल्जियम),सचिव-जुनु गुरुङ्ग (कोरिया),कोषाध्यक्ष-डिला राम खरेल (अष्ट्रेलिया),क्षेत्रीय संयोजक-केशब कडेल (अष्ट्रेलिया),क्षेत्रीय संयोजक-अमेरिकाज-कृष्ण पोख्रेल (अमेरिका),क्षेत्रीय संयोजक-युरोप- उल्का घिमिरे (बेल्जियम) रहेका छन् |

 

Share