एनआरएनएको आगामी कार्यकाल सामुहिक नेतृत्वमा जाने अध्यक्षका उम्मेदवारहरु बिच सहमति |

काठमाण्डौं |   गैरआवासीय नेपाली संघ (एनआरएनए)मा आगामी नेत्रित्वकालागी अध्यक्षका उम्मेदवारहरु बिच सहमति भएको छ | मार्च २२ तारिख मंगलबार संघको कार्यालय  बालुवाटारमा पत्रकार सम्मेलन गर्दै तीनैजना अध्यक्षका उम्मेदवारहरु डा . बद्रि केसी, कुल आचार्य र रबिना थापा  बिच सामुहिक नेतृत्व प्रणालीमा जाने निर्णयमा सहमति भएको उल्लेख गरेका छन् |

बिधानमा सामुहिक नेतृत्व प्रणालीको व्यवस्था नभएता पनि दशौँ अधिवेशनबाट बिधान संसोधन गरेर जानुको विकल्प नरहेको र बर्तमान संघको असहज परिस्थितिलाई संस्थागत गर्न तीनैजना अध्यक्षहरु बिच सहमति भएको अध्यक्ष कुमार पन्तले पत्रकार सम्मेलनमा जानकारी गराए | अध्यक्ष पन्तले पत्रकार सम्मेलनमा उपस्थित प्रस्तावित तीन अध्यक्षका उम्मेदवारहरु बीच सहमति भएअनुसार विधान सशोधन प्रस्ताब महाधिवेशनमा लगिने जानकारी गराएका थिए ।

संस्था जोगाउन र देखिएको बिवादलाई टुंगो लगाउन प्रस्तावित अध्यक्षका उम्मेदवारहरुको सहमति बाध्यात्मक रहेको उल्लेख गर्दै व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर  संस्थागत हितमा जानुको विकल्प नरहेको भन्दै सामुहिक सहमति भएको तीनैजना प्रत्यासी उम्मेदवारहरुले पत्रकार सम्मेलनमा आफ्ना भनाई राखेका थिए | पत्रकारहरुको प्रश्नको जवाफ दिदै अध्यक्ष पन्तले अदालतमा विचारधिन मुद्दाहरु फिर्ता र खारेज हुने जानकारी पत्रकार सम्मेलनमा गराएका थिए । सामुहिक सहमतिले एकताको सन्देश दिएको र एकताको महाधिवेशन गर्न तयार भएको जानकारी गराइएको थियो |

आगामी २४ र २५ मार्चमा हुने १० औं महाधिवेशनमा विधान संशोधन गरि तीनै जना अध्यक्षका उम्मेदवारहरु डा. बद्रि केसी, कुल आचार्य र रबिना थापा बहु अध्यक्षात्मक प्रणाली लागु गरि सामुहिक नेतृत्वमा जाने सहमति भएको हो ।

Share