विश्व खुसी प्रतिवेदनमा नेदरल्याण्ड्स फेरि पाँचौं स्थानमा पर्न सफल

नेदरल्याण्ड्स  |   संयुक्त राष्ट्रसंघको विश्व खुसी प्रतिवेदनमा नेदरल्याण्ड्स फेरि पाँचौं स्थानमा पर्न सफल भएको छ | सन् २०२२ मार्च १८ तारिख शुक्रबारका दिन जारि संयुक्त राष्ट्र संघको दशौं वार्षिक विश्व खुशी प्रतिवेदन अनुसार नेदरल्याण्ड्सले सन् २०२१ को विश्वको पाँचौं खुसी देशको उपाधि कायम राख्न सफल भएको हो । उक्त प्रतिवेदन अनुसार  नेपाल ८५ औं नम्बरमा परेको छ |

प्रत्येक देशका प्रतिनिधि समूहको सर्वेक्षण अनुसन्धानको आधारमा त्यस देशको स्वस्थ अर्थतन्त्र, व्यक्तिगत स्वतन्त्रताको उच्च अनुभूति, र भ्रष्टाचारको न्यून भावना जस्ता बिषयबस्तुहरुको आधारमा त्यस देशका नागरिकहरुको शुखी जीवनशैली र सन्तुष्टिको मापन अनुसार प्रतिवेदन तयार पारिएको हो। सामाजिक समर्थन,जीवन अपेक्षा,जीवन छनौट गर्न स्वतन्त्रता,उदारता,प्रति व्यक्ति जीडीपी,भ्रष्टाचारको धारणा,सकारात्मक र नकारात्मक असर जस्ता बिषयबस्तुहरुका साथै गत वर्ष जस्तै रिपोर्टले COVID-19 ले दैनिक जीवनका पक्षहरुलाई कसरि प्रभाव परेको छ र यसले विश्वव्यापी खुशीको स्तरलाई कसरी असर गरेको छ भनेर सर्वेक्षण गर्दै जनस्तरमा विशेष विचारहरू लिइएको थियो ।

प्रतिवेदनमा जनाइएअनुसार  अचम्मलाग्दो कुरा के छ भने, गत वर्ष युवाहरूमाझ खुशीमा थोरै मात्र कमी आएको र ६० वर्षभन्दा माथिका मानिसहरूले पनि खुशी महसुस गरेको भनिएको छ  | सन् २०२१ को रिपोर्टमा फिनल्याण्ड आधिकारिक रूपमा विश्वको सबैभन्दा खुसी मानिस भएको पहिलो स्थानमा परेको छ। फिनल्याण्ड लगातार यो पाँचौं वर्ष पनि पहिलो शीर्ष स्थानमा रह्यो। देशको बलियो अर्थतन्त्र, स्वस्थ जीवनशैली, फलस्वरूप उच्च जीवन अनुभूति जस्ता कारणहरुले मानव जिवनमा शुखी र आनन्दलाई कसरि प्रभाव पार्छन् भन्नेमा अनुसन्धानकर्ताहरूको सर्वेक्षणले देखाएको छ । सर्वेक्षण अनुसार भावनात्मक स्तरमा, फिनल्याण्डका मानिसहरू अन्य देशहरूमा भन्दा एकअर्कालाई बढी विश्वास गर्छन्।

यो प्रतिवेदन गत वर्षको सर्वेक्षण अनुसार तयार पारिएकाले अहिलेको युक्रेन युद्धले खुशीमा परेको प्रभाव मापन गरिएको छैन। विश्व खुसि प्रतिवेदन अनुसार फिनल्याण्ड, डेनमार्क, आइसल्याण्ड र स्विट्जरल्याण्ड पछि पाँचौ स्थानमा  नेदरल्याण्ड्स परेको छ। गत वर्षदेखि डेनमार्क र आइसल्याण्डले स्थानहरू परिवर्तन गरेर २०२१ मा सूचीको शीर्ष स्थानमा रहेका यी पाँचवटा देशहरू परेका हुन्।

यस वर्षको खुशीको रेंकिंगमा आधारित सर्वेक्षणहरू रशियाले युक्रेनमा आक्रमण गर्नु अधिनै गरिएको थियो। सोहि अनुरुप सन् २०२२ को रिपोर्टमा युक्रेन ९८ नम्बरमा र रसिया ८० औं नम्बरमा परेको छ | नेपाल भने ८५ औं नम्बरमा परेको छ |

संयुक्त राष्ट्रसंघको विश्व खुसी प्रतिवेदन २०२२ अनुसार संसारका सबैभन्दा खुसी २० देशहरू :-

१) फिनल्याण्ड, २) डेनमार्क, ३) आइसल्याण्ड, ४) स्विट्जरल्याण्ड, ५) नेदरल्याण्ड, ६) लक्जमबर्ग, ७) स्वीडेन, ८) नर्वे, ९) इजरायल, १०) न्यूजिल्याण्ड, ११) अस्ट्रिया, १२)अष्ट्रेलिया, १३) आयरल्याण्ड, १४) जर्मनी, १५) क्यानाडा, १६) संयुक्त राज्य अमेरिका, १७) बेलायत, १८) चेक रिपब्लिक (चेक गणतन्त्र), १९) बेल्जियम, २०) फ्रान्स |

Share