एनआरएन नेदरल्याण्डस् द्वारा खेलाडीहरुलाई जर्सी हस्तान्तरण

नेदरल्याण्डस् |  फेब्रुवरी २१ तारिख सोमबारका दिन  गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्डस् ले खेलाडीहरुलाई प्रोत्साहन स्वरूप जर्सी हस्तान्तरण गरेको छ |

राजधानी आम्स्टरडाममा बिशेस कार्यक्रम आयोजना गरि स्थानीय युवा खेलाडीहरुलाई प्रोत्साहन स्वरूप जर्सी हस्तान्तरण गरिएको अध्यक्ष मिम पुर्जाले बताएका छन्  | नेदरल्याण्डस् मा रहेका नेपाली समुदायका युवाहरुलाई सामाजिक, सांस्कृतिक र खेलकुदमा सहभागिता गराउने उदेश्य अनुरुप अन्य क्षेत्रमा पनि एनआरएन नेदरल्याण्डस् ले योजना बनाएको अध्यक्ष पुर्जाले  उल्लेख गरेका थिए | एनआरएन नेदरल्याण्डस् को यस्तो कार्यले युवा  खेलाडीहरुमा अझ हौसला मिलेको भन्दै उपस्थित खेलाडीहरुले खुसि ब्यक्त गरेका थिए | 

Share