नेदरल्याण्डसमा आंधितुफान ( युनिस )का कारण ठुलो धनजनको क्षति

नेदरल्याण्डस |   आज फेब्रुवरी १८ तारिख चलेको आंधीका कारण नेदरल्याण्डसमा  ठुलो धनजनको क्षति भएको छ | सुरक्षा निकायका अनुसार आज दिउसो २ बजे देखि चलेको हावाहुरीले देशका विभिन्न भागमा क्षति गरेकाले क्षतिका विवरणहरु प्राप्त भइरहेको हुनाले के कति क्षति भयो अहिले भन्न नसकिने जनाएको छ |

ग्रोनिंगखेनमा गाडी अनियन्त्रित भै एक जनाको गम्भीर चोट लागेका कारण मृत्यु भएको छ | सडकमा रहेका रुखहरु ढलेर धेरै घरहरुमा क्षति पुगेको साथै आँधीले क्षति पुर्‍याएपछि साउथ हल्याण्डको मुर्ड्रेक्टको प्रिन्सेस बिट्रिक्सस्ट्राटमा नौवटा घरहरू खाली गर्नु परेको सुरक्षा श्रोतले जनाएको छ | आंधीका कारण ठुला ठुला चर्चहरुको टावर हल्लिएको प्रत्यक्ष देख्न सकिन्थ्यो भने गुडिरहेका यातायातका साधनहरुलाई रुखले पुरेको, बाटोमा चलिरहेका सवारी साधनहरु एक्कासी दिशापरिवर्तन गर्दै पल्टिएका करुणादायी दृश्यहरुले स्तब्ध बनाएको थियो | यो रिपोर्ट तयार पर्दा सम्म ३ जनाको मृत्यु भएको र हावाको बवाह घटेर ६१ किलोमिटर प्रति घण्टाको दरले चलेको मौसम पूर्वानुमान शाखाले जनाएको छ |

मौसम पूर्वानुमान शाखाले दिउँसो २ बजे देखि राति १२ बजे सम्म १३० किमी प्रति घन्टाका दरले हावाको बवाह हुने भएकाले आपतकालीन अवस्था हुन सक्ने भन्दै सार्वजनिक यातायातहरु संचालन नगर्न, हाईवेहरुमा ठुला सवारी साधनहरु नचलाउन समेत  सचेत गराएको थियो | नेदरल्याण्डसको उत्तर र पूर्वी केहि भागहरुमा समयमा आपतकालीन सुचना (NL-Alert)प्राप्त नभएकाले ठुलो क्षति भएको श्रोतले जनाएको छ | देशका विभिन्न भागमा राजमार्गहरु अवरुद्ध भएका छन् |

 

Share