नेपाली ब्यवसायी संघ नेदरल्याण्डस् को (VNON) को २४ फेब्रुअरीमा दोस्रो अधिवेशन हुने

नेदरल्याण्डस् |   नेदरल्याण्डस् मा रहेका नेपाली व्यवसायीहरुलाई एकबद्ध गर्दै व्यवसायिक नीति नियमहरुको पालना कानुनि परामर्स साथै विभिन्न समस्याहरुको समाधानका निम्ति सामुहिक अवधारणा सहित श्रीराम कंडेलको अध्यक्षतामा  नेपाली व्यवसायी संघ नेदरल्याण्डसको सन् २०१८ जुन १८ तारिख  गठन भएको थियो |

सोहि अनुरुप  गत ०७ अक्टोबर २०२१ मा श्रीराम कंडेलको अध्यक्षतामा बसेको नेपाली ब्यबसायी संघ नेदरल्याण्डस् को  बैठकले निकट भविस्यमा दोस्रो अधिवेशन गराउनको लागि निर्वाचन समितिमा शशी पौड्याल, ब्यबस्थापन समितिमा श्रीराम कंडेल, प्रचारप्रसार समितिमा बेदराम कंडेल र बिधान समितिको संयोजकमा धन कुमार बोहरालाई मनोनयन गरेको थियो ।

कोरोना कहरका बावजुत पनि छिट्टै अधिवेशन गर्ने पहल भएता पनि बिभिन्न कारणबस अधिवेशन पछाडि धकेलिएको तर अब बिधान बमोजिम तुरुन्तै गराउनु पर्ने आवस्यकतालाई महसुस गर्दै निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजानिक गरेको छ । तदनुसार नेपाली ब्यबसायी संघ नेदरल्याण्डस् को  निर्वाचन बिहीवार २४ फेब्रुअरी २०२२ बिहान १०:३० बजे बाट शुरु हुने र अधिवेशनलाई उद्घाटन र बन्दसत्र गरि अपरान्न्न १३:०० बजे समाप्त हुने निर्वाचन समितिका संयोजक शशी पौडेलले जानकारी गराएका छन् ।

निर्वाचन समितिको कार्यतालिका अनुसार कार्यकाल २०२२-२०२४ को सदस्यता शुल्क ५० युरो निर्धारित गरिएको छ भने २१ फेब्रुअरी २०२२ अपरान्न १७:०० बजे सम्ममा शुल्क सहित सदस्यता फारम निर्वाचन समिती लाई बुझाउनु पर्ने उल्लेख छ  । साथै २२ फेब्रुअरी २०२२ अपरान्ह १७:०० बजे सम्ममा उम्मेदवारी दर्ता भएको हुनु पर्नेछ र बिहिवार २४ फेब्रुअरीमा नयाँ कार्यसमिती निर्वाचित हुने निर्वाचन समितिले जानकारी गरेको छ । सदस्यता फारम र निर्वाचन कार्यतालिका पनि निर्वाचन समितिले प्रकाशन गरि सकेको निर्वाचन संयोजकबाट जानकारीमा आएको छ ।

Share