नेपाल म्युजिक फाउण्डेशन नेदरल्याण्डसको नयाँ कार्यसमिति चयन अध्यक्षमा साबू पौडेल निर्वाचित

नेदरल्याण्डस् | नेपाली भाषा, साहित्य, संगीत, कला तथा संस्कृतिको जगेर्ना तथा प्रवर्दन गर्ने उदेश्यले सन् २००८ देखि नेदरल्याण्डसमा ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको संस्था नेपाल म्युजिक फाउण्डेशन नेदरल्याण्डसको फेब्रुवरी १३ तारिख आईतबारका दिन सम्पन्न भर्चुयल जुम माध्यमबाट सम्पन्न पाचौं महाधिवेशनबाट अध्यक्षमा साबु पौडेल निर्वाचित भएकी छन् | साथै  महासचिवमा राजेन्द्र शर्मा (नेपाल प्रेमी) र कोषाध्यक्षमा रश्मिता पराजुली र सदस्यहरूमा शरद जोशी, भिम रोका, बालकृष्ण गुरुङ, अम्बिका गिरी र रेसोनिका कंडेललाई उक्त अधिवेशनले सर्वसम्मत निर्वाचित गरेको हो |
नेदरल्याण्डसको नेपाली समुदाय र कला तथा सांस्कृतिक क्षेत्रमा फाउण्डेशन गहिरो योगदान पुर्याएको उल्लेख गर्दै सबु पौडेलले म्युजिक फाउण्डेशनलाई अर्को अन्तराष्ट्रिय उचाइमा लैजाने र नेपाली समुदायका सबै संघसंस्थाहरुसँग नजिक बाट सहकार्य गर्दै नेपाली कला र संस्कृतिको जगेर्ना र प्रवर्दन गर्ने प्रतिबद्धता जाहेर गर्दै संघका अग्रजहरु र निबर्तमान कार्यसमितिमा रहेर सफलतापुर्वक कार्य सम्पादन गरि सक्नुभएका सम्पूर्णमा हार्दिक  अभार प्रकट गरेकी थिइन् ।
पाँचौ महाधिवेशनको प्रमुखअतिथी तथा संस्थापक अध्यक्ष शारदा बराइलीले नेपाल म्युजिक फाउण्डेशनले सन २००९ मा नेदरल्याण्डसको तत्कालिन रानी बिआट्रिक्स ( Beatrix) लाई नेपाली संगीत र नृत्य प्रदर्सन गरि राजकिय ईतिहास बोकेको छ भन्दै निर्वाचित कार्यसमितिले संस्थाको लक्ष प्राप्तिको लागि उर्जासिल भएर काम गर्ने छ भन्ने बिश्वास ब्यक्त गरेकी थिइन् । साथै निबर्तमान अध्यक्ष आर के सुबेदीले कोरोना कहरका बावजुत पनि अन्तराष्ट्रिय गजल प्रतियोगीता जस्ता कार्यक्रम गर्न समेत नेपाल म्युजिक फाउन्डेशन सफल भएको भन्दै संथागत प्रगती विवरण तथा आर्थिक प्रतिबेदन पेश गरेका थिए ।
पाँचौ महाधिवेशन कै अवसरमा नवनिर्बाचित कार्यसमितिले फाउण्डेशनको संरक्षक परिषदमा शारदा बराइली, हरी पौडेल, बर्षा खडका, आर के सुबेदी र शशी पौड्याललाई र सल्लाहकारहरुमा उत्तम कंडेल, धन कुमार बोहरा, रामचन्द्र (पदम) छेत्री, शर्मिला प्रधान, डि पि मैनाली, डम्बर चुडाल, राजेन्द्र कंडेल र संघर्षशिल के सिलाई मनोनयन गरेको नवनिर्वाचित अध्यक्ष सबु पौडेलले घोषणा गरेकी थिइन् |
Share