कोरोना भाईरसको नयाँ नितीको सुरुवाती बिन्दुनै “समाज खुल्ला राख्न “ मन्त्रिपरिषदले चाहेको- स्वास्थ्यमन्त्री अर्न्स्ट कुइपर्स

नेदरल्याण्डस् |  डच सरकारले  आगामी कोरोनाभाइरस नीति सँगै समाजलाई खुला राख्न ध्यान केन्द्रित गर्न प्रकोप टिम विघटन गर्न सक्ने सम्भावना रहेको छ । स्वास्थ्य मन्त्री अर्न्स्ट कुइपर्सले मंगलबार ट्वीडे कामर Tweede Kamer लाई लेखेको पत्रमा भनेका छन कोरोना भाईरसको नयाँ नितीको सुरुवाती बिन्दुनै “समाज खुल्ला राख्न “ मन्त्रिपरिषदले चाहेको उल्लेख गरेका छन । आगामी महिनाहरूमा के लक्ष्य र रणनीति हुनेछ भनेर व्याख्या गरिएको छ। यसले “खुला, लचिलो र आघात-प्रतिरोधी समाज” को नेतृत्व गर्नुपर्दछ, जसमा हामी “भाइरससँग बाँचिरहेका छौं।” पत्रमा उल्लेख गरेका छन ।

मन्त्री कुइपर्सले “सामाजिक र आर्थिक निरन्तरता र सबैका लागि सम्पूर्ण स्वास्थ्य सेवा श्रृंखलाको पहुँच।” कोरोनाभाइरस नीति चाँडै दुई मुख्य लक्ष्यहरूमा आधारित रहेर कोरोना भाईरस निती चाडै ल्याउने उल्लेख गरेका  छन ।

मन्त्रिपरिषद्ले हालसम्म चारवटा मुख्य लक्ष्य राखेको थियो । सोही अनुरुप स्वास्थ्य सेवा क्षेत्रको भारलाई व्यवस्थित राख्ने, जोखिममा रहेका मानिसहरूको स्वास्थ्यको सुरक्षा गर्ने, कोरोनाभाइरसको ट्रयाक राख्ने र आर्थिक र सामाजिक क्षतिलाई सीमित गर्ने समावेश थियो। दिनप्रतिदिन सन्क्रमितको संख्या बढेपनी माथि भनिएका लक्ष्यहरु प्रती बिशेष ध्यान दिदै फेब्रुवरी १५ तारिख मंगलबारको पत्रकार सम्मेलनले थप प्रतिबन्ध हटाउन सक्ने सम्भावना छ ।

मन्त्रिपरिषद् नजिकका स्रोतहरूले सोसियल मिडीयालाई बताए अनुसार थप कोरोनाभाइरस प्रतिबन्धहरू चाँडै हटाउन सकिने राम्रो मौका रहेको र यसले नाइटक्लबहरू खोल्न र स्टेडियमहरूका लागि पनि धेरै मानिसहरूलाई प्रवेश गर्न अनुमति दिनको लागि मार्ग प्रसस्त गर्न सक्छ। बर्तमान अवस्थामा संक्रमणको सॅख्या बढेको भएतापनि कोरोनाभाइरस निस्चित बिन्दुमा थप शान्त हुने स्वास्थ्य बिज्ञहरुले आशा र बिश्वास गर्दै भनेका छन; सार्वजनिक स्वास्थ्य र वातावरण को लागी राष्ट्रिय संस्थान Rijksinstituut voor Volksgezondheid en Milieu (RIVM),संक्रमक रोग नियन्त्रणको लागि केन्द्र, र संक्रामक रोग नियन्त्रणको लागि राष्ट्रिय समन्वय The Center for Infectious Disease Control, and The National Coordination for Infectious Disease Control ले स्थिति ह्यान्डल गर्न र उपयुक्त कदमको बारेमा मन्त्रिपरिषद्लाई सल्लाह दिन सक्षम छ।

१५ तारिख मंगलवार स्वास्थ्य मन्त्री अर्न्स्ट कुइपर्सले पहिलो पटक प्रधानमन्त्रिको अनुपस्थितिमा पत्रकार सम्मेलन गर्न लागेको जनाइएको छ ।

Share