नेदरल्याण्डसका बाल कलाकारहरु अंशु र आर्याको म्युजिक भिडियो सार्वजनिक

नेदरल्याण्डस |  कर्मभूमिमा बसेर आफ्नो देश नेपालको भाषा, कला र संस्कृतिको जगेर्ना गर्दै गित संगीतको माध्यमबाट आफ्नो देश नेपाल संसारभर चिनाउन म्युजिक भिडियोका साथ आएका नेदरल्याण्डसका बाल कलाकारहरु हुन् अंशु र आर्या गिरि |

नेदरल्याण्डसको हल्याण्ड युनिभर्सिटीमा म्याथमेटिकल इन्जिनियरिंग अध्ययनरत, सफल व्यवसायी साहित्यकार सूर्यराज गिरि र अम्बिका गिरीको कोखबाट नेदरल्याण्डसमा जन्मिएका दुई सन्तान अंशु र आर्याको सुमधुर स्वरमा नेपाल झल्काउने देशभक्ति गीतको म्युजिक भिडियो २८ जनावरी २०२२ का दिन सार्वजनिक भएको छ | प्रवासमा रहेर पनि नेपाली भाषा, कला र संस्कृतिप्रति उत्तिकै मोह भएका बाल कलाकारहरुले राष्ट्रिय भावना बोकेको गितको माध्यमबाट देश प्रतिको माया झल्काएका छन् |

आफ्नो देशलाई कति माया गर्नुपर्छ भन्ने संदेश दिन उक्त म्युजिक भिडियोले प्रवासमा रहेका बालबालिकाहरु समेतलाई प्रेरणा दिएको छ | बुद्धको जन्मभुमि नेपालको हिमाल, पहाड, तराई, विभिन्न भाषा र संस्कृतिलाई झल्क्याउने दृश्यहरु समेटिएर छायांकन गरिएको उक्त म्युजिक भिडियोमा ” मलाई मेरै देश चिनाउनु छ, मलाई मेरै परिवेस चिनाउनु छ,जहाँ जन्मु जहाँ बसुँ मेरो माटोको सुगन्धमा रमाउनु छ “ भन्दै देशप्रतिको माया प्रस्तुत गरिएको छ | चर्चित संगीतकार विपिन आचार्यद्वारा संगीतबद्ध उक्त गीतका रचनाकार सूर्यराज गिरि हुन् | सुन्दर र रमणीय क्षेत्रलाई समेटेर छायांकन गरिएको उक्त म्युजिक भिडियोमा शब्द र संगीतको समायोजनले सुनमा सुगन्ध थपेको छ |   

Share