नेदरल्याण्डस | नेदरल्याण्डसका समाजसेवी स्व. बिकास शर्माको १३ औ दिनको पुन्यतिथी २८ जनावरी शुक्रबारका दिन आफ्नै निवासमा गर्ने पारिवारिक श्रोतले जनाएको छ | तुलसिपुर, दाङ घर भै नेदरल्याण्डसमा बिगत लामो समय देखि व्याबसाय र पारिवारिक जीवन बिताउदै आएका ५६ बर्षीय स्व. शर्मा आफ्नो आम्स्टर्डाम स्थित व्याबसाय सकेर घर फर्किने क्रममा घर नजिकै बसबाट ओर्ली पैदलयात्रा गर्दै घरतिर हिडिरहेको अवस्थामा पछाडिबाट आएको दुई जना सवार स्कुटरले ठक्कर दिंदा टाउकोमा चोट लागि गम्भिर घाइते भए पश्च्यात हेलिकप्टर मार्फत अस्पतालमा उपचारको लागि लागिएको थियो अन्तत टाउकाको सल्यक्रिया असफल भएपछि उपचार कै क्रममा १६ जनवरी २०२२ मा शर्माको निधन भएको अस्पताल श्रोतले जनाएको थियो ।
गत १९ जनावरी २०२२ मा स्व. शर्माको दाहासंस्कार हिन्दू संस्कार र परम्परा अनुसार भएको थियो र आगामी शुक्रबार २८ जनवरी २०२२ मा स्व. शर्माको १३ औ दिनको पुन्यतिथी पारी परिवारजनले मलामी तथा शुभचिन्तकहरु सम्पूर्णलाई अपरान्न १३:०० देखि १७:०० बजे सम्म स्व. शर्माको निवासमा शुध्धि शान्तिकालागी परिवारबाट निमन्त्रणा गरिएको छ । गैरआवासिय नेपाली संघ नेदरल्याण्डसमा पनि स्थापना काल देखि नै सहभागि हुँदै संघको सल्लाहकारको भूमिका रहेर संघमा बिशेष योगदान पुर्याएका स्व.शर्मा नेपाली समाजको एकता र सभ्य समाज निर्माणमा सल्लाह,सुझाव र मार्गदर्शन गर्ने एक असल छवी भएका ब्याक्तिको रुपमा स्थापित गरेर नेदरल्याण्डसको समाजबाट सधैकालागी बिदा लिएर गएका एक ईमान्दार सच्चा अभिभावक गुमाउनु पर्दा सिंगो समाज स्तब्ध भएको गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषदका संथापक अध्यक्ष शशी पौडेलले बताएका छन् |