नेदरल्याण्डमा लकडाउन खुल्ला

नेदरल्याण्ड नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुट्टे र स्वास्थ्यमन्त्री अर्न्स्ट कुइपर्सले मंगलबार पत्रकार सम्मेलन गर्दै आंशिक लकडाउन अन्त्य भएको घोषणा गरेका छन् | दैनिक ६० हजार भन्दा बढी भाइरसबाट संक्रमित भएको देखिएको भएतापनि बर्तमान परिस्थितिलाइ मध्यनजर गर्दै लकडाउन खुल्ला गर्नुपरेको पत्रकार सम्मेलनमा प्रधानमत्री रुट्टेले जानकारी गराएका थिए | पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्रि अर्न्स्ट कुइपर्सले बुधबार लकडाउन खोल्दा प्रति दिन एक लाख भन्दा बढी संक्रमितको संख्या बढ्न सक्ने भएता पनि मानिसहरुले सबै प्रतिबन्धका नियमहरु बिशेस गरि सामाजिक दुरी,भेन्टिलेसन, स्वच्छता, र अनुहार मास्क प्रयोगसँग सम्बन्धित नियमहरु पालना गर्नेमा बिश्वस्थ रहेको हुनाले जोखिम कम हुन सक्ने उल्लेख गरेका थिए |

नेदरल्याण्डमा बार, क्याफे, रेस्टुरेन्ट, सिनेमा, संग्रहालय, थिएटर, चिडियाखाना र मनोरञ्जन पार्कहरू सबै स्थानहरू जनावरी २६ तारिख बिहान ५ बजे देखि बेलुका १० बजेसम्म खोल्न अनुमति दिइएको छ तर एक अर्काबाट सामाजिक दुरी १.५ मिटर भने कायमै राख्नु पर्नेछ। एक परिवारले प्रति दिन १३ वर्षभन्दा माथिका ४ जनासम्म पाहुनाहरू आमन्त्रण गर्न सक्नेछन भने १२ वर्ष वा कम उमेरका बालबालिकाहरूको लागि भने कुनै सीमा राखिएको छैन।

मानिसहरूले आफ्नो घर बाहिरको स्थान भ्रमण गर्दा, वा भीडभाड भएको स्थानमा जाँदा स्व-परीक्षण किट प्रयोग गर्नुपर्नेछ । १३ वर्ष भन्दा बढी उमेरका यात्रुहरुले सार्वजनिक यातायात प्रयोग गर्दा र पसल, सिनेमाघर,संग्रहालयहरू र अन्य सांस्कृतिक साइटहरू र आतिथ्य व्यवसायहरू जस्ता सार्वजनिक इनडोर स्थानहरूमा अनिवार्य माक्स प्रयोग सहित १.५ मिटर सामाजिक दुरी भने कायम गर्नुपर्ने छ |

आतिथ्य व्यवसाय, थिएटर र सिनेमा घरहरू जस्ता सबै भित्री सार्वजनिक स्थानहरूमा निश्चित सिट अनिवार्य गरिएको छ। खानपान उद्योग स्थानहरू, थिएटरहरू, कन्सर्ट स्थलहरू, सङ्ग्रहालयहरू, इनडोर खेलकुद स्थानहरू, सिनेमाघरहरू, चिडियाखानाहरू, मनोरञ्जन पार्कहरू, सौना र क्यासिनोहरूमा १३ वर्ष वा माथिका सबैकालागि कोरोनाभाइरस जांच पास अनिवार्य गरिएको छ। संग्रहालय र अन्य स्थानहरूको लागि अधिकतम क्षमता निर्धारण गर्दै आगन्तुकहरूको लागि ५ वर्ग मिटर ठाँउमा अधिकतम एक आगन्तुक रहने र सामाजिक दुरी कायम गर्दै क्षमताको आधारमा एक कोठामा १२५० जना ब्याक्तिहरु मात्र रहने गरि अनुमति दिइएको छ |

बुधबार देखि लागु हुनेगरी गरिएको खुल्ला लकडाउनको नियम  छ हप्ता सम्म रहने छ भने फेब्रुवरी १५ तारिख मन्त्रिपरिषद्ले परिश्थिति अनुसार पुन:मुल्यांकन गर्दै  नियमलाई परिवर्तन गरिने प्रधानमन्त्री रुट्टेले जानकारी गराएका छन् |

Share