नेपाली कांग्रेसमा युवाहरुको उदय, निर्वाचनमा मतदाताहरुले मिश्रित निर्णय गर्दै गरे मतदान

काठमाण्डौंनेपाली कांग्रेसको १४ औं महाधिवेशनको चुनावी दौरानमा देउवा पक्ष र कोइराला पक्षका उम्मेदवारहरुको मिश्रित बिजय भएको छ | महाधिवेशनको पहिलो चरणको नतिजा पश्चात दोश्रो चरणको निर्वाचनमा प्रकाशमान शिंह, बिमलेन्द्र निधि र कल्याण गुरुङ्गले समर्थन गर्दै आफ्ना पक्षका मतदाताहरुलाई देउवालाई मतदान गर्न अनुरोध गरेपछि सभापतिमा शेर बहादुर देउवाको बिजय सुनिश्चित देखिएको थियो |

दोश्रो चरणमा कुल ४६२३ मत खसेकोमा १८५५ मत डा. शेखर कोइरालाले प्राप्त गरेका थिए भने डा. कोइरालालाइ ८७८  मतले पराजित गर्दै २७३३ मत प्राप्त गरेर शेर बहादुर देउवा सभापतिमा दोश्रो पटक बिजय भएका छन | ३५ मत भने बदर भएको थियो | त्यसैगरी उपसभापतिमा डा.कोइराला पक्षबाट धनराज गुरुङले १ हजार ९ सय ८ मतले र देउवा पक्षबाट पूर्ण बहादुर खड्का २ हजार १ सय २१ मतले निर्वाचित भएका छन् | महामन्त्रीहरुमा डा.कोइरालाको पक्षबाट गगन कुमार थापाले ३ हजार २३ मत र पछिल्लो अवस्थामा देउवालाई समर्थन गरेका विश्व प्रकाश शर्माले  १ हजार ९ सय ८४ मत प्राप्तगरी निर्वाचित हुदै महत्वपूर्ण महामन्त्री पदमा बाजी मारेका छन् | अन्य पदको निर्णय भने बिस्तारै हुदैजाने जनाइएको छ | नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार १३२ पदका लागि ४८७ उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा रहेका थिए । महाधिवेशनमा देशभरका ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिहरु सहभागी भएका थिए |

कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनित हुने व्यवस्था छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष पदमा भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ । यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला ९ , प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलितबाट ९ , आदिवासी तथा जनजातिबाट १५, खस तथा आर्यबाट १३, मधेसीबाट ९ , थारुबाट ४ , मुस्लिमबाट ३ , पिछडिएको क्षेत्रबाट १ , अल्पसङ्ख्यकबाट १ , अपाङ्गता भएका व्यक्तिबाट १ सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानमा व्यवस्था छ ।

Share