नैतिकता बेचेको आरोप लगाउंदै खनिए सामाजिक संजालमा शिंह बिरुद्ध युवाहरु

 

काठमाण्डौंनेपाली कांग्रेसको १४ औं महाधिवेशन पुर्व सन्ध्यामा सामाजिक संजालमा कांग्रेसका नेताहरुले संगठानिक नेतृत्व परिवर्तनको वकालत गर्दै गुट र उपगुटको निर्माण सहित  प्रतिनिधिहरुलाई आफ्नो पक्षमा पार्नकालागी प्रतिवद्ध भएर लागेका थिए | पुरानो सम्रचना बाट पार्टीको अस्तित्व मेटिदै जाने सम्भावना भएकोले नेपाली कांग्रेसको नयाँ नेत्रित्वकालागी युवाको काँधमा आएको भन्दै सामाजिक संजार रंग्याउन पछि परेनन् | जब अधिवेशन सुरु भयो सभापति पदका आक्यांक्षीहरु बढ्दै गए सोहीअनुरूप कल्याण गुरुङ, प्रकाशमान शिंह, बिमलेन्द्र निधि, डा.शेखर कोइराला र शेर बहादुर देउवा सहित ५ जनाको  सभापतिमा उम्मेदवारी पर्यो |

आफुले आफुलाई सक्षम ठान्दै सभापतिमा विकल्प खोज्नुपर्ने आवाज सामाजिक संजालमा तिनै अध्यक्षहरुको प्रत्यासीहरुले गरिने रहे | अन्तत अधिवेशनको निर्वाचन पढ़दतिमा जाँदैगर्दा आफ्नो हार देखेपछि प्रत्यासीहरु विकल्प खोज्न थाले अनि भन्न थाले संगठन बचाउन र आगामी निर्वाचनमा अत्याधिक मतले पार्टीलाई अगाडी बढाउन नेतृत्व दोहोर्याउनुपर्ने भयो भन्दै  धारणा राख्न थाले | तिनै प्रत्यासिहरुलाई भोट दिने मतदाताहरुले के आसा राखेका थिए भन्ने कुनै मतलव नै नगरी आफुले जे गरेपनिहुने भन्दै उनीहरुमाथि गरिएको अपहेलना सम्झेर होला अहिले सामाजिक संजालमा अध्यक्षका प्रत्यासीहरु बिमलेन्द्र निधि र प्रकाशमान शिंह माथि नैतिकता माथि प्रश्न चिन्न खडा गर्दै नैतिकता बेचेको भन्दै आरोप लगाएका छन् |

श्रोतका अनुसार सरकारमा सहभागी गराउदै गृह वा उपप्रधानमन्त्री दिने सम्झौता र अन्य प्रलोभनमा परेर शिंहले आफुले नैतिकता बेचेको आरोप लगाएका छन् | देउवा संग लेनदेनको सम्झौता गरेर मतदाता र प्रतिनिधिहरुलाई बिचल्ली बनाएको र निधि र शिंहले बार्गेनिंगकै लागि सभापतिमा उम्मेदवारी दिएको कांग्रेस भित्रकै केहि नेताहरुले आरोप लगाएका छन् | लोह पुरुष स्व. गणेशमानका छोरा प्रकासमानलाई व्यंग्य गर्दै सामाजिक संजालमा भनिएको छ ” जनताहरु भेडाहरु  हुन, तर  गणेशमानले आफ्नै घरमा भेडो पालेर राखेका रहेछन” |

निधि र श्रेष्ठको स्वविवेक प्रयोग गर्ने अधिकार उनीहरुमा स्वतन्त्रता रहेको भएतापनि मतदाता र प्रतिनिधिहरुको भावना माथि कुठाराघात गरेको आरोप सामाजिक संजाल एक पक्षीय रहेको भएता पनि अर्को पक्षले भने पार्टीलाई जीवन्त दिन र आगामी दिनहरुमा एकपटक देउवाको आवश्यकता महशुस भएकाले सहमतीय वातावरण तयार भएको केहि कांग्रेस नेताहरुको भनाई रहेको सामाजिक संजालमा देखिएको छ | सामाजिक संजालमा अनावस्यक प्रचारबाजी नगर्न प्रकाशमान श्रेष्ठले सबैलाई अनुरोध समेत गरेका छन् |

Share