एनआरएनए केन्द्रीय सचिव पदमा किन दिए उम्मेदवारी अभिमान शिंह बस्नेतले

अष्ट्रेलिया,   नेपालको कला र संकृतिमा उल्लेख्य योगदान दिदै आएका नेपालको बिराटनगरबाट सामाजिक साथै राजनीतिक यात्रा सुरुगरेका सामाजीक अभियन्ता अभिमान शिंह बस्नेत नेपाल टेलिभिजन र एनटिभी प्लसबाट टेलिभिजन कार्यक्रम निर्माण, निर्देशन, र परिकल्पनाकार हुनुको साथै उनि भानु कला केन्द्रका एक सफल कलाकार पनि हुन् | स्वदेशमा कला र संकृतिको प्रवर्धनमा आफ्नो कला मार्फत बेग्लै पहिचान बनाउन सफल बस्नेत सन् २००८ मा शैक्षिक यात्रा संगै  प्रवासी जिवन जिउनाकालागी अस्ट्रेलिया प्रवेश गरेका थिए |

आफ्नो राष्ट्रिय पहिचान कला र संस्कृति साथै पर्यटन प्रवर्धनका लागि कर्मभूमि अस्ट्रेलियामा शिक्षा तथा सामाजिक क्षेत्रमा समेत उल्लेख्य योगदान पुर्याइरहेका छन् | अस्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यमा नेपाल फेष्टिवल आयोजना गरेर नेपाली र नेपालको कला र संस्कृति विश्व सामु चिनाउन सफल भएका थिए | विभिन्न देशहरुको भ्रमणको क्रममा प्रवासी नेपालीहरुको समस्याहरु नजिकबाट अध्ययन गरेका बस्नेतले एक दशक भन्दा लामो गैर आवासीय नेपालीहरुको सामाजिक अभियानमा उनीहरुको हकहित र रक्षाको लागि उल्लेख्य योगदान पुर्याउदै आएका छन् |

२०१५मा गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको उपाध्यक्ष हुदै क्वीन्सल्याण्ड राज्यको राज्य संयोजक पद सहित गैर आवासीय नेपाली संघको विभिन्न महत्वपूर्ण पदमा रहेर सफलतापुर्वक कार्य सम्पादन गरेको उनीसंग अनुभव छ | अस्ट्रेलियामा रहेका नेपाली बिध्यार्थीहरुको विभिन्न समस्याहरुको समाधानका निम्ति र उनीहरुको हित र रक्षाका लागि बस्नेतको टिमले क्वीन्सल्याण्ड राज्यमा कल्याणकारी कोष स्थापना गरि उल्लेख्य योगदान पुर्याउदै आएको छ | जसले गर्दा अष्ट्रेलियाका बिध्यार्थिहरु लाभान्वित भएका छन् |

 

नेपालमा सन् २०१५मा गएको सक्तिशाली महाभूकम्प बाट भएको धनजनको क्षतीको सहयोगका लागि अष्ट्रेलियाबाट १० करोड सहयोग संकलनमा र उक्त सहयोग नेपाल पुर्याउन सक्रियता सहित बस्नेतको महत्वपूर्ण योगदान रहेको थियो |
गैर आवासीय नेपालीहरुमा नेपालमै जन्म भएका र उनीहरुको पुर्खेउली घर नेपालमै रहेर बिबिध कारणले बिदेशी भूमिमा बाध्यताले नागरिकता लिएर बसेका नेपालीहरु नेपाली मुलका नेपाली र कामको सिलसिलामा स्थाई रुपमा बिदेशमा बसोबास गर्दै रहेका नेपालीहरु गैर आवासिय नेपालीहरु हुन् भन्ने बस्नेतको बुझाई रहेको छ | गैर आवासीय नेपालीहरुका समस्याहरुको समाधान र सुरक्षाका लागि बस्नेतले दिर्धकालिन योजनाहरु रहेको बताएका छन् |

दयनीय आर्थिक अवस्था र अन्य बिबिध कारणहरुले पारिवारिक सुखका निम्ति बिदेशी भूमिमा रगत र पसिना बगाउने नेपाली श्रमिकहरु कामको क्रममा अंगभंग हुनुपरेको र दैनिकजसो असुरक्षित कामका कारण ज्यान गुमाएर बन्द बाकसमा फर्किनुपरेको ज्वलन्त घटनाहरुको निर्मुलिकरण र श्रमिकहरुको रक्षा सुरक्षाका लागि नेपाल सरकार र सरोकारवाला कामदार कम्पनीहरुसँग लबिंग गर्ने, दक्ष र सिपमुलक तालिमहरुको व्यवस्था गरेर मात्र बिदेशी भूमिमा रोजगारकालागी अनुकुल वातावरण शृजना हुने वातावरण बनाउन नेपाल सरकार संग आवश्यक पहल गर्ने बस्नेतले एजेन्डा बनाएको बताएका छन् |

नेपाली नागरिकताको निरन्तरता, सुरक्षित अनि सम्मानजनक रोजगार, सुरक्षित लागानी कोष, सामुहिक लागानी, पर्यटन प्रवर्धन लगायतका विभिन्न दिर्धकालिन योजनाहरु रहेको बस्नेतले बताएका छन् | राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा रहेका नेपाली समुदायहरुमा केहि योगदान दिन सकेपनि आफ्नो एजेन्डा अनुरुप अझ धेरै कामहरु गर्न बाँकी रहेकाले एजेन्डाहरुलाई कार्यन्वयनमा ल्याउन संथागत एकतामा एउटा टिमको महत्वपूर्ण हात हुन् सक्दछ भन्दै सक्षम टिममा रहेर केन्द्रीय तहबाट योगदान दिनका निम्ति बर्ष २०२१-२३ कार्यकालका लागि गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को सचिव पदमा उम्मेदवारी घोषणा गरेको बस्नेतले जनाएका छन् |

Share