जनसम्पर्क समिति नेदरल्याण्डसको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम चुनिए

नेदरल्याण्डस नेपाली जनसम्पर्क समिति नेदरल्याण्डसको डिसेम्बर ५ तारिखका दिन केहीको सामाजिक दुरी कायम गर्दै भौतिक र अनलाईन प्रबिधि जुम मार्फत छैठौं अधिवेशन सम्पन्न भएको छ | जनसम्पर्क समिति नेदरल्याण्डसको अध्यक्ष प्रेमजंग गुरुङ्गको सभापतित्व र  जनसम्पर्क समिति युरोपका संस्थापक तथा लोकतन्त्र तथा प्रजातन्त्रबादी युरोपका बरिष्ठ कांग्रेस नेता दिल कुमार गुरुङको प्रमुख अतिथ्यमा अनि  केन्द्रीय प्रतिनिधि इन्द्र बहादुर  क्षेत्रीको उपस्थितिमा उक्त अधिवेशन सम्पन्न भएको हो |

राष्ट्रिय गाना पश्चात ज्ञात अज्ञात सहिदहरुप्रति सम्झना स्वरूप एक मिनेट मौन धारण गरिएको थियो | प्रमुख अतिथि गुरुङले अनलाईन जुम मार्फत छैठौं अधिवेशनको उद्घाटन गरेका थिए |

अधिवेसनले शालिक गौतमको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको निर्वाचन समितिका संयोजक नारायण आचार्यले घोषणा गरेका थिए ।

त्यसैगरी अधिवेसनबाट घोषणा गरिएका उपाध्यक्षहरुमा चन्द्र पौडेल, तेजेन्द्र केसी महामन्त्रीद्धयमा जितेन्द्र श्रेष्ठ र शान्ति ठोकर, कोषाध्यक्षमा राजु श्रेष्ठ, सहमहामन्त्री विमा पौडेल र सदस्यहरुमा विष्णु बास्तोला, अमित कार्की, शिव रिजाल, दिपक आचार्य, पवन लामिछाने, सिता थापा, विष्णु पोखरेल, जय पुःन, अनिमेश पुर्जा, गोविन्द चौधरी र मिन थापा चयन भएका छन् ।

खुल्ला उद्घाटन सत्रमा प्रमुख अतिथि दिल कुमार गुरुङ, केन्द्रीय प्रतिनिधि इन्द्र क्षेत्री, एनआरएनए युरोप संयोजक नारायण आचार्य, नेपाली काँग्रेस केन्द्रिय निति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक गंगाधर गौतम, निर्वाचन समन्वय समितिका संयोजक तथा पुर्व एनआरएन आइसीसी सदस्य ठाकुर प्रसाद शर्मा( मनोहरि), पत्रकार महासंघ युरोपका महासचिव द्रोण रिजाल, नवनिर्वाचित एनआरएन आइसीसी सदस्य टिकाराम सापकोटा, एनआरएनए नेदरल्याण्डसका अध्यक्ष मिम पुर्जा, नेपाली जनप्रगतिशील मंच नेदरल्याण्डसका अध्यक्ष संघर्षशील केसी लगायतका अतिथिहरुले छैठौं अधिवेशनको सफलताको शुभकामना दिएका थिए |

नवनिर्वाचित सभापति शालिक गौतमले नेदरल्याण्डसमा रहेका सम्पूर्ण लोकतन्त्र प्रजान्त्रबादीहरुलाई जनसम्पर्क समितिप्रति आवद्ध गराउदै सबैलाई संथाप्रति अफनत्व हुने वातावरण शृजना गर्न भरमजदुर प्रयास गर्ने प्रतिवद्धता जायर गर्दै रिक्त रहेका केहि पदहरुमा सहमति र सहकार्यमा पदपूर्ति गरिने जनाएका छन् | सहमतीय वातावरण शृजना गर्दैगर्दा केहि साथीहरु छुट्नु भएकोमा दुख ब्यक्त गर्दै  उनिहरुलाई पनि संथाप्रती सहभागिता गराउन पहल गर्ने अध्यक्ष गौतमले बताए |

कार्यक्रमको संचालन महामन्त्री किरण अर्यालले गरेका थिए भने सहभागी अतिथिहरुलाई स्वागत गर्दै आफ्ना सारगर्भिक भनाई सहित बतिष्ठ उपाध्यक्ष बिष्णु पोख्रेलले स्वागत मन्तब्य राखेका थिए |

Share