एनआरएनए राष्ट्रिय अध्यक्षहरुको दोश्रो विश्व भेला अनलाईन जुम मार्फत सम्पन्न

युरोप,  गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरु र प्रतिनिधिहरु लगायत अन्तराष्ट्रिय समन्वय परिषदका बिसिष्ठ पदाधिकारीहरुको उपश्थितिमा राष्ट्रिय अध्यक्षहरुको दोश्रो विश्व भेला आज डिसेम्बर १ तारिख सम्पन्न भएको छ । ४२ वटा राष्ट्रका राष्ट्रिय अध्यक्षहरु लगायत प्रतिनिधिहरुको उपश्थितिमा उक्त अन्तराष्ट्रिय भेला भएको हो | बर्तमान परिस्थितिमा एनआरएनएलाई निकास दिन के कस्ता कदमहरु चाल्नु पर्छ भन्ने राय बुझ्नाकालागी राष्ट्रिय अध्यक्षहरुको दोश्रो विश्व भेला राखिएको आयोजकको भनाई थियो |

आईएस भित्र पहिले देखिनै मनामोटाव रहेको उल्लेख गर्दै, बैठकमा संथाका धेरै इश्युहरुमा छलफल गर्न केन्द्रीय अध्यक्ष पन्तलाई अनुरोध गर्दा कुनै सुनुवाई नहुनु, आर्थिक पारदर्शिता नभएको धारणा आईसिसि महिला को-अर्डिनेटर भोमा लिम्बुले राखेकी थिइन | पंजीकृत सदस्यहरुको पैसाबाट मुद्दामामिला गर्ने अधिकार कसैलाई छैन भन्दै अनावश्यक खर्च नगर्न बिनोद कुमार तिवारीले खबरदारी गरेका थिए | कतारका अध्यक्ष मोहमद मुक्दले आईसिसिबाट राष्ट्रिय अध्यक्षहरुलाई कुनै गतिबिधि नगर्न र गरे कारवाही गरिने इमेल प्राप्त भएको जानकारी गराएका थिए |

केन्द्रीय अध्यक्षबाट पटक पटक संथालाई दुरुपयोग गरेको भन्दै त्यस्ता क्रियाकलापहरुबाट सरकार र संथा बीच दुरी बढाउने काम भएको हुँदा अहिले राष्ट्रिय समितिका अध्यक्षहरुको भेलाको स्वागत गर्दै गलत क्रियाकलाप बिरुद्ध गरिएको यस्तो कार्यको खुलेर समर्थन गर्ने युरोप संयोजक नारायण आचार्यले बताएका थिए | नवौ अधिवेशनको तत्कालिन अवश्थामा सत्ताको दुरुपयोग गरि प्रहरी लगाएर लाठि चार्ज भएको, मतपेटिका खोसेको जस्ता गलत ब्यबहार भएका धटना स्मरण गर्दै निष्पक्ष चुनाव हुन नदिन अनेक हथकण्डा अपनाएको भन्दै एनआइएस ( NIS)सिस्टमलाई स्थगित गरेर आईसिसिको अधिवेशन गरम भन्दै विभिन्न शुझावहरु पटक पटक ईमेल मार्फत जानकारी गरेको तर कुनै सुनुवाई नेतृत्वबाट नभएको संयोजक आचार्यले भेलालाई जानकारी गराएका थिए |

कसैले कार्वाही गर्दैमा एनसिसि कार्वाहीमा पर्दैन एनसिसि आफैमा स्वायत्त हुन जरुरि रहेको धारणा सहभागीहरुको थियो | आईसिसि सल्लाहकार कुल आचार्यले नेतृत्वबाट लगभग ८० लाख नेपालीहरुको चाहना र भावना बिपरित काम भएको भन्दै प्रत्येक देशका आ-आफ्नै देशको नियम र कानुन अनुसार चल्नुपर्ने हुँदा प्रत्येक एनसिसिहरुलाई स्वतन्त्र र स्वयत्त छोड्नुपर्ने धारणा राख्दै २०११ मा परराष्ट्र मन्त्रालयमा संथा दर्ता प्रक्रिया सुरुभएको र २०१३ मा संथा विधिवत रजिस्टर भएकोले त्यहि मन्त्रालय माथि मुद्धा मामिला गर्दा भोलि हामी प्रवासिहरुका समस्याहरु काँहा भन्नजाने भन्दै बाबु माथिनै प्रहार गर्दा हामी सुपुत्र कि कुपुत्र? भन्दै आचार्यले दुख ब्यक्त गरेका थिए |

संघका केन्द्रीय सल्लाहकार विश्व आदर्श पण्डितले मंगलबार प्रकाशित निर्वाचन समितिले गरेको निर्वाचन तालिकाले संस्थाभित्र संवादको ढोका बन्द गरि दिएको बताए। उनले अहिलेको नेतृत्व प्रतिशोधको भावनाले ग्रसित रहेको भन्दै नारायणी नदीमा नुहाएर आएका साथीहरुको चलखेलमा अहिलेको गतिविधि भै रहेको आफुले महसुस गरेको बताए। उनले कठोर भन्दा कठोर कदम लिन तयार रहन एनसीसी अध्यक्षहरुलाई आह्वान पनि गरे। संथा दर्ता भएको परराष्ट्र मन्त्रालय माथिनै संथाकै पैसाले मुद्धा गर्न कस्ले अधिकार दियो? संथा कसैको एकलौटी प्यावा होइन भन्दै केन्द्रीय उपाध्यक्ष सोनाम लामाले प्रमुख संरक्षक शेष घलेलाई बिना हस्तक्षेप काम गर्ने वातावरण शृजना गर्नुपर्ने धारणा राखेका थिए |

एनआरएन एनसिसि अध्यक्षहरुको दोश्रो विश्व भेलामा एनआरएनएका केन्द्रीय उपाध्यक्ष सोनाम लामा, युरोप संयोजक नारायण आचार्य, एनआरएन बेलायतका अध्यक्ष प्रेम गाहा मगर, इटालीका अध्यक्ष छबिलाल कंडेल, पुर्व केन्द्रीय कोषाध्यक्ष हिक्मत थापा, आईसिसि सदस्य अमृत सापकोटा, एनआरएनएका केन्द्रीय सल्लाहकार विश्व आदर्श पण्डित, एनआरएनए आईसिसि महिला को-अर्डिनेटर भोमा लिम्बु, डेनमार्कका अध्यक्ष सैलेन्द्र अधिकारी, आईसिसि निर्वाचित सदस्य अमेरिकाका बिनोद कुमार तिवारी, कत्तारका अध्यक्ष मोहमद मुक्दा, दक्षिण अफ्रिकाका अध्यक्ष डा.पुष्पराज भट्टराई, साईप्रसका अध्यक्ष कुन्दन कार्की, नेदरल्याण्डसका अध्यक्ष मिम पुर्जा, एनआरएनए आईसिसि सल्लाहकार त्रिलोक गुरुङ( हंगकंग ),पोर्चुगलका पुर्व अध्यक्ष तिलक गैरे, फ्रान्सकी अध्यक्ष गीता थापाको सहभागिता थियो |

 त्यसैगरी पोर्चुगलका अध्यक्ष रबिन अधिकारी, क्यानाडाका अध्यक्ष दिपक गौतम, स्पेनका अध्यक्ष सालिकराम डुम्रे, एनसीसी अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, मलेसियाका अध्यक्ष बिनोद थापा, एशिया प्याशिफिकका उप-संयोजक खगेन्द्र न्यौपाने, क्यानाडाका अध्यक्ष डा.यादव पण्डित, आईसिसि उपाध्यक्ष मन केसी, चेक रिपब्लिककि उपाध्यक्ष अन्जिला शिंह, चीनका अध्यक्ष रुश्तम श्रेष्ठ, अष्ट्रियाकि अध्यक्ष भवानी तिवारी, अमेरिकाका अध्यक्ष केशब पौडेल, अमेरिकाका उप-संयोजक रामचन्द्र पोख्रेल, आईसिसि सल्लाहकार अमेरिकाका ए.सी. शेर्पा, मकाउका पुर्व अध्यक्ष पूर्ण बहादुर गुरुङ, अमेरिकाका सुनिल शाह, आईसिसि सल्लाहकार कुल आचार्य लगायत विभिन्न ४२ देशबाट प्रतिनिधित्व गर्दै उल्लेख्य शंख्यामा सहभागिता रहेको थियो |

राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाका अध्यक्ष तथा एनसीसीहरुको विश्व भेला तयारी समितिका संयोजक बुद्धि सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन एनसीसी अष्ट्रेलियाका पूर्व अध्यक्ष केशव कंडेलले गरिरहेका थिए ।

Share