नेपाली जनसम्पर्क समिति नेदरल्याण्डसको अधिवेशन डिसेम्बर ५ मा हुँदै

नेदरल्याण्डस, आगामी डिसेम्बर ५ तारिखका दिन नेपाली जनसम्पर्क समिति नेदरल्याण्डसले छैठौं अधिवेशन गर्ने भएको छ | अहिलेको विषम परिस्थिति र नेदरल्याण्डस सरकारको नयाँ नियमलाई मध्यनजर गर्दै भौतिक रुपमा अधिवेशन गर्न समय अनुकुल नभएकाले अनलाईन प्रबिधि ( जुम ) मार्फत सोही दिन ठिक एक बजेदेखि गर्न लागिएको संघका अध्यक्ष प्रेम जंग गुरुङले जानकारी गराएका छन् |

अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न समितिहरु गठन गरिएको र नेदरल्याण्डसमा रहेका विभिन्न संघसंथाहरुलाई अतिथिको रुपमा र नेदरल्याण्डसबासी सम्पूर्ण आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरुलाई जुम मार्फत सहभागीताको लागी आमन्त्रण गरिएको महामन्त्री किरण अर्यालले बताएका छन् |
यो छैठौं अधिवेशनबाट नयाँ कार्यसमिति चयन हुनेछ |

Share