नेपाली जनप्रगतिशील मंच नेदरल्याण्ड्सको दोश्रो राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा केसी चुनिए

नेदरल्याण्ड्सनोभेम्बर २२ सोमवारका दिन नेपाली जनप्रगतिशील मंच नेदरल्याण्ड्सको दोश्रो राष्ट्रिय अधिवेशन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रवास समन्वय कमिटीका अध्यक्ष ओम शर्माको प्रमुख आतिथ्यमा भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । उक्त अधिवेशनले संघर्षशील केसीको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय कमिटी सर्वसम्मतले चयन गरेको छ |

त्यसैगरी उपाध्यक्षहरुमा राम पौडेल र विना गौतम, महासचिवमा हरि बिष्ट, सचिवमा वृन्दा खड्का, कोषाध्यक्षमा कैलाश गिरि, सदस्यहरुमा क्रमश: रबिन्द्र केसी, सुरेश श्रेष्ठ, नवराज राई , पूजा थापा, सन्देश लामा चयन भएका छन् | साथै अधिवेशनबाट कमिटिका सल्लाहकारहरुमा थानेश्वर गौतम, विर्ख सुब्बा, राम पोखरेल लाइ चयन गरेको छ |

भर्चुअल माध्यमबाट सम्पन्न भएको उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रवास समन्वय कमिटीका अध्यक्ष ओम शर्माको प्रमुख आतिथ्य रहेको थियो भने अतिथिका रूपमा नेपाली जनप्रगतिशील मंच यूरोपका सल्लाहकारहरु क्रमस: सुरेन्द्र नेपाल श्रेष्ठ, विरमान घर्ती, कृष्ण तिवारी, सागर पोखरेल, नेपाली जनप्रगतिशील मंच यूरोपका अध्यक्ष सुरेन्द्र भुषाल, नेपाली जनप्रगतिशील मंच यूरोपका पूर्व महासचिव गङ्गा भुसाल, सचिव रणबहादुर खाती, गैरआवासीय नेपाली संघका केन्द्रिय सह-कोषाध्यक्ष लोकप्रसाद दाहाल, नेपाली जनप्रगतिशील मंच यूरोपका महिला संयोजक सुष्मा भुषाल, नेपाली जनप्रगतिशील मंच बेल्जियमका अध्यक्ष जीत लामा, नेपाली जनप्रगतिशील मंच अस्ट्रियाका अध्यक्ष धर्मराज खतिवडा, नेपाली जनप्रगतिशील मंच साइप्रसकी अध्यक्ष रमिला राई , नेपाली जनप्रगतिशील मंच जर्मनका अध्यक्ष गोविन्द प्रसाद भण्डारी, गैरआवासीय नेपाली संघ बेल्जियमका निवर्तमान अध्यक्ष चित्र सुवेदी लगायत सहभागी अतिथिहरुले शुभकामना दिएका थिए ।

Share