न्यौपानेद्वारा विज्ञप्ति जारी गर्दै एनआरएनए युरोप संयोजक पदको उम्मेदवारी स्थगन

युरोप गैर आवासीय नेपाली संघ ( एनआरएनए) को वर्ष २०१९-२१ कार्यकालमा  युरोप उपसंयोजक रहेका शुक्रराज न्यौपानेले मंगलवार एक विज्ञप्ति जारी गर्दै आफ्नो  युरोप संयोजक पदको उम्मेदवारी स्थगन गरेको जनाएका छन् |

युरोप उप-संयोजकको जिम्मेवारी निर्वाह गरिरहँदा सबै क्षेत्रबाट अपार सहयोग मिलेकाले थप जिम्मेवारी ग्रहण गर्न सदिक्षा प्रकट गरेकाले युरोप संयोजक पदमा उम्मेदवारी घोषणा गरेको भन्दै  गैरआवासीय नेपाली संघभित्र काम गर्दै गर्दा नेतृत्वको भुमिकामा रहेका केही साथिहरुबाट संस्थाको एतिहासिक गरिमा र मर्यादमाथि खेलवाड गर्दै आर्थिक, नैतिक एव समाजीक रुपमा संघलाई नै कमजोर बनाउने गरि आम गैरआवासीय नेपालीहरुको बिचमा गलत संदेश प्रबाह भईरहेकोमा दुख ब्यक्त गर्दै संस्था बिरुद्ध गलत सन्देश भएकोमा आफ्नो पदीय दाईत्वबाट नैतिक जिम्मेवारी लिदै आफ्नो उम्मेदवारी स्थगन गरेका बताएका छन् ।

बैधानिक नीतिनियम र परिधिमा रहेर संगठन संचालन गर्न नेतृत्व तथा पदाधिकारीहरुका कार्यगत शैली, सोच र कार्यबिधिहरुका बिचमा केहि भिन्नता देखिएपनि समग्रमा संगठनको गतिशिलता विधानको मर्म र भावना अनुरुप बनाउदै सहमति र सहकार्यको माध्यमबाट चल्नुपर्ने आशय ब्यक्त गर्दै  संघले आयोजना गरेका हरेक नियमित बैठक तथा गोष्ठीहरुमा आफ्नो तर्फबाट बहसको बिषय बनाउदै कहिले सुझाव त कहिले खबरदारीको रुपमा ससक्त रुपमा वकालत गर्दै आएको बिज्ञप्तिमा जनाएका छन् |

मैले युरोप क्षेत्रिय उपसंयोजक पदमा बहाल रहदै गर्दा संघको बृहत्तर हितको लागि जति सदप्रयास गरेता पनि नेपालमा बिद्यमान बिकृत राजनितीको प्रभावले जसरी संघ कृयाशिल रहनु पर्थ्यो त्यसरी नभएर चरम गुटबन्धि र ब्यक्तिगत कुण्ठाको कारणले संघलाई नराम्रो संग गालेको अत्यन्त तितो अनुभुति महशुस गरेको छु। त्यसकारण आगामी दिनहरुमा पनि मेरो एक्लो सदप्रयाश केवल “कागको माझमा बकुल्लो “भन्ने उक्तिको सार्थक उदाहरण मात्र हुने ठहर गर्दै यस्तो बिकृत वताबरणमा संघको लागि काम गर्छु भन्नु अत्यन्तै महत्वपुर्ण समयको चरम दुरुपयोय हुने निष्कर्षमा पुगेको छु ।

 

 

 

आफ्नो तितो अनुभव प्रस्तुत गर्दै न्यौपानेले भने “मैले युरोप क्षेत्रिय उपसंयोजक पदमा बहाल रहदै गर्दा संघको बृहत्तर हितको लागि जति सदप्रयास गरेता पनि नेपालमा बिद्यमान बिकृत राजनितीको प्रभावले जसरी संघ कृयाशिल रहनु पर्थ्यो त्यसरी नभएर चरम गुटबन्धि र ब्यक्तिगत कुण्ठाको कारणले संघलाई नराम्रो संग गालेको अत्यन्त तितो अनुभुति महशुस गरेको छु। त्यसकारण आगामी दिनहरुमा पनि मेरो एक्लो सदप्रयाश केवल “कागको माझमा बकुल्लो “भन्ने उक्तिको सार्थक उदाहरण मात्र हुने ठहर गर्दै यस्तो बिकृत वताबरणमा संघको लागि काम गर्छु भन्नु अत्यन्तै महत्वपुर्ण समयको चरम दुरुपयोय हुने निष्कर्षमा पुगेकोछु ।”

गैरआवासीय नेपाली संघको यस अभियानमा सहमाहित हुदै गर्दा आ-आफ्नो क्षेत्रबाट आपार सहयोग, सद्वभाव, सहकार्यको लागि सम्पुर्ण सहकर्मीहरु, आदरणिय अग्रजहरु प्रति हार्दिक कृतज्ञता एवम नमन प्रकट गरेका छन् ।

न्यौपानेद्धारा जारी विज्ञप्ति जस्ताको तेस्तै :

गैरआवासीय नेपाली संघ को वर्तमान परिप्रेक्षमा मेरो धारणा
आदरणिय गैर आबशिय प्रबासी नेपाली दाजुभाई तथा दीदीबहीहरु,

गैरआवासीय नेपाली संघको १९ औ बर्ष लामो एतिहासिक पृष्ठभुमी निर्माण संग संगै सस्थाको दृर्घकालिन भबिष्यको सुनिश्चित बिषयको बारेमा चिन्तन , मनन र संस्थाको संस्थागत बिकासमा एउटा महत्वपूर्ण ईट्टाको भुमिका निर्बाह गर्ने अभिलाषा बोकेर गैरआवाशीय नेपाली संघको अभियानमा समाहित भएको कुरा बिदितै छ ।

गैरआवासीय नेपाली संघको यस अभियानमा सहमाहित हुदै गर्दा यहाहरुले देखाऊनु भएको आपार सहयोग, सद्वभाव, सहकार्यको लागि सम्पुर्ण सहकर्मीहरु, आदरणिय अग्रजहरुलाई प्रति हार्दिक कृतज्ञता एवम नमन प्रकट गर्दछु ।

एनआरएनए आईसीसी अन्तर्गत युरोप क्षेत्रको क्षेत्रिय उपसंयोजक पदमा रहेर यहाहरुले दिएको अभिभारालाई ग्रहण गर्दै करिब आफ्नो कार्यकाललाई समाप्त गर्ने चरण सम्म मलाई साथ दिनु भएकोमा सम्पुर्ण गैरआवशिय अभियान्न्ताहरु तथा मेरा अग्रज अभिभाबकहरुलाई बिशेष धन्यबाद ज्ञापन गर्दछु । यहाँहरुले दिनु भएको महत्वपुर्ण सुझाव र सल्लाहलाई जहिले पनि आफ्नो प्रेरणाको श्रोतको रुपमा ग्रहण गरिरहनेछु ।

गैरआवासीय नेपाली अभियानको स्वर्णिम भबिष्यको परिकल्पना गर्दै सँस्थालाई प्रबासी नेपालीहरुका लागि विश्वसनीय साझा घरको रुपमा अभिछिन्न कृयाशिल हुन उर्जाको साथ सहयोग गर्नु हुनेछ भन्ने पुर्णबिश्वास लिएको छु ।

यही अपार बिश्वासमा रही स्वभाबिक रुपमा आफ्नो जिम्मेद्वरीलाई पदोन्नति गराऊदै एनआरएनए आईसीसीको आगामी दशौ महाधिबेनमा युरोप क्षेत्रको क्षेत्रिय संयोजक पदको लागि सदईच्छा प्रकट गर्दै उम्मेद्ववारी घोषणा गरिसकेको छु । तथापी गैरआवासीय नेपाली संघभित्र काम गर्दै गर्दा नेतृत्वको भुमिकामा रहेका केही साथिहरुबाट संस्थाको एतिहासिक गरिमा र मर्यादमाथि खेलवाड गर्दै आर्थिक, नैतिक एव समाजीक रुपमा संघलाई नै कमजोर बनाउने गरि आम गैरआवासीय नेपालीहरुको बिचमा गलत संदेश प्रबाह भईरहेको छ ।

यसको अलवा संघको आर्थिक पारदर्शिता जस्तो संबेदनशिल पक्षमा भएका कमकमजोरीहरुको निबारण गर्दै संघलाई नियमित रुपमा गतिशिल गराउन सहकर्मी तथा अग्रजहरुले दिएको महत्वपुर्ण योगदान र समयको लागि उच्च प्रसंशा गर्नुपर्दछ ।

संघको सन्चालनका निमित्त निर्मित निति नियमहरुको परिधिभित्र रहेर काम गर्दै गर्दा नेतृत्व तथा पदाधिकारीहरुका कार्यगत शैली, सोच र कार्यबिधिहरुका बिचमा केही भिन्नता देखिएता पनि समग्रमा संघको गतिशिलता बिधानको मर्म र भावना अनुरुप नै सहमति र सहकार्यको माध्यबाट नै चल्नु पर्दछ।

यो वर्तमान परिपेक्षमा सम्पुर्ण बिश्व समुदायमा संचालित सामाजिक तथा गैर सरकारी संघ संस्थाहरुले प्रयोगमा ल्याएको बिस्वब्यापी मान्यता हो । जसलाई मेरो तर्फमा संघले आयोजना गरेका हरेक नियमित बैठक तथा गोष्ठिहरुमा बहसको बिषय बनाऊदै कहिले सुझाब त कहिले खवरदारीको रुपमा ससक्त रुपमा वकालत गर्दै आईरहेको छु ।

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको आसन्न दशौ महाधिबेशन संघारमा उभिदै गर्दा संघको आन्तरिक गोपनियता र मर्यादलाई ख्यालै नगरिकन आआफ्ना धारणाहरु सामाजिक सन्जाल र अनलाईन प्रोटल मिडिया मार्फत सार्वजिक हुन किमार्थ संघको दृर्घकालिन हितमा छैन। तसर्थ यस्ता सार्बजनिक महत्वका संबेशिल बिषयहरुलाई सामुहिक रुपमा छलफल र बहसको माध्यामबाट संघको बृहत्तर हितको लागि सदप्रयाश आबश्यक देखिन्छ ।

मैले युरोप क्षेत्रिय उपसंयोजक पदमा बहाल रहदै गर्दा संघको बृहत्तर हितको लागि जति सद प्रयास गरेता पनि नेपालमा बिद्यमान बिकृत राजनितको प्रभावले जसरी संघ कृयाशिल रहनु पथ्र्यो त्यसरी नभएर चरम गुटबन्धि र ब्यक्तिगत कुण्ठाको कारणले संघलाई नराम्रो संग गालेको अत्यन्त तितो अनुभुति महशुस गरेको छु। त्यसकारण आगामी दिनहरुमा पनि मेरो एक्लो सदप्रयाश केवल “कागको माझमा बकुल्लो “भन्ने उक्तिको सार्थक उदाहरण मात्र हुने ठहर गर्दै यस्तो बिकृत वताबरणमा संघको लागि काम गर्छु भन्नु अत्यन्तै महत्वपुर्ण समयको चरम दुरुपयोय हुने निष्कर्षमा पुगेकोछु ।

यसर्थ संघले आयोजना आशन्न दशौ महाधिबेशन अन्तर्गत आगामी २०२१ ( २०२३ कार्यकालको नया नेतृत्व तथा पदाधिकारीहरु चयन गर्न आयोजित निर्बाचनको पुर्व सन्धामा सस्थाभित्र बढ्दै गएको धुर्बिकरणको कारणले गर्दा सस्थाप्रतिको अटल बिश्वासमा संकट पैदा हुदा संघको अभियानमा कृयाशिल कुनै पनि अभियान्ताहरुलाई फाईदा पुग्ने छैन। त्यसकारण हालको दिनहरुमा संघका लागि काम गर्ने कर्मशिल ब्यत्तित्वहरुको बिचमा देखिएका आपसी द्वन्दको दृर्घकालिन निबारण खोज्दै गर्दा सबैको आत्मसम्मानमा टेवा पुऱ्याउदै आपसी सहमति, सहकार्य, सद्वभाव र मेलमिलापको सार्थक अभ्यासबाटै ब्यबस्थापन गर्न सकिन्छ भन्ने अटुट बिश्वाश लिएको छु।

त्यसकारण संघको संस्थागत बिकासको लागि कृयाशिल कर्मयोद्धाहरुको जति संघप्रति भक्तिभाव र समर्पण छ त्यो भन्दा बढी त्यागले पनि बिशिष्ठ र महान भुमिका निर्वाह गर्दछ भन्ने मान्यता लाई पुर्ण रुपमा हृदयंगम गर्दै मेरो एनआरएनए आई सी सीको आगामी २०२१ ( २०२३ कार्यकालको लागि युरोप क्षेत्रिय संयोजक पदको लागि प्रस्तुत गरेको स्वाभाबिक उम्मेद्वारीलाई स्थगन गर्दै सोही पदमा आफ्नो उम्मेद्ववारी प्रस्तुत गर्नु भएका मेरा सहकर्मीका लागि सहज र सरल मार्ग प्रशस्त गर्दै संघको संस्थागत बिकासमा एउटा कोषेढुंगा साबित हुने बिश्वास लिएको छु ।

तसर्थ जहिले देखि हाम्रा गैर आवशिय प्रबासी नेपालीहरुले हामीलाई दिएको सामुहिक अभिभारालई पुर्ण रुपमा सम्पन्न गर्न संस्थामा लागि महत्वपुरण योगदान दिएका अग्रजहरु ,पदाधिकारीहरु तथा सदस्यहरुको आत्म सम्मान एवं भावनाको कदर गर्दै एउटा उदारणिय भुमिका निर्बाह गर्दा एन आर एन ए को बिधान २००३ र संशोधित बिदान २०२१ को मर्म र भावनाको सार्थक अभ्यास गर्दै एन आर एन एको संस्थागत बिकासमा नया आयाम ल्याऊदै एउटा बलियो एन आर एन ए निर्माण अभियानलाई सार्थक दिन र 
त्यसको लागि हरहमेसा नेत्रीत्वलाई सहयोग गर्ने प्रतिज्ञा गर्दछु ।

अन्तमा मेरो २ बर्षै कार्यकाल सम्पन्न गर्ने अभियानमा अत्यन्तै निष्ठा पुर्वक सहयोग पुऱ्याउनु भएका सम्पुर्ण मेरा अग्रजहरु, अभिभावकहरु, एनसीसी एवं आइसीसीका साथीहरु तथा मेरा साना बाबु नानीलाई असल मातृत्व प्रदान गर्दै हर हमेशा मलाई सामजिक कामकालागि उर्जा र प्रेरणा दिने मेरी अद्र्धागिनी प्रति उच्च प्रंशसा एवंम हृययबाट नै असिम प्रेम प्रकट गर्दछु । पुनः सम्पुर्ण आदरणिय प्रबासी नेपाली दीदीबहीनी तथा दाजुभाईहरुलाई हृदयदेखि धन्यवाद र हार्दिक नमस्कार ।

जय एनआरएनए

शुक्रराज न्यौपाने
युरोपियन क्षेत्रिय उपसंयोजक ,
गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद

Share