नेदरल्याण्डस् सरकारद्वारा आंसिक लकडाउनको घोषणा, संक्रमितको शंख्या बढ्दो अवस्थामा |

नेदरल्याण्डस्, आज नोभेम्बर १२ तारिख शुक्रबार साँझ नेदरल्याण्डस् का प्रधानमन्त्री मार्क रुटे र स्वाथ्यमंत्री हुगो द योंगले पत्रकार सम्मेलन गरी कोरोना बिरुद्धको नयाँ नियमहरु सहित आगामी तीन हप्ताको लागि आंसिक लकडाउनको घोषणा गरेका छन् | दैनिक कोरोना संक्रमितको शंख्या निकै बढ्दै गएकाले मन्त्रिपरिषदको निर्णय अनुसार आंसिक लकडाउन गरेको हो |

शुक्रबार मात्र स्वाथ्य मन्त्रालयले १६२८७ संक्रमित थपिएको रिपोर्ट सार्वजनिक गरेको थियो | अस्पतालमा बिगत ६ हप्ताहरुमा उल्लेख्यरुपमा बिरामीको शंख्या बढेको छ भने दैनिक २०० भन्दा बढी कोभिड संक्रमित बिरामीहरु भर्ना भएको स्वाथ्य मन्त्रालयले जनाएको छ | १३ नोभेम्बर सनिबारका दिन बेलुका ६ बजे देखी लागु हुनेगरी उक्त लकडाउन हुने र परिस्थिती अनुसार डिसेम्बर ३ तारिख नियममा केही परिवर्तन गर्न सकिने समेत प्रेस कन्फरेन्समा प्रधानमन्त्रीले जानकारी गराएका छन । जस्मा दूरगामी प्रतिबन्धहरूमा केही नियमहरू समावेश गर्दै सुपरमार्केटहरू, औषधि पसलहरू, रेस्टुरेन्टहरू, क्याफे र बारहरू जस्ता अत्यावश्यक पसलहरू, सबै बेलुका ८ बजेबाट बन्द गर्नुपर्नेछ । सार्वजनिक स्थल, सार्वजनिक यातायातमा १।५ मिटर दुरी कायम गर्दै फेसमाक्सको अनिवार्य प्रयोग गर्नुपर्ने छ । काममा वा रेस्टुरेन्ट क्याफेहरुमा कोरोना सर्टिफिकेट र ग्राहकहरुले QR कोड अनिवार्य देखाउनु पर्नेछ |

त्यसैगरी हेयरड्रेसर र ब्युटिपार्लरहरू लगायतका पसल वा सेवा प्रदायकहरूले साँझ ६ बजे आफ्ना सबै सेवाहरु बन्द गर्नुपर्नेछ । सबै किसिमका खेलकुद प्रतियोगिताहरु दर्शक बिना गर्नुपर्नेछ । शिक्षा क्षेत्रमा भने बिश्वबिध्यालयहरुमा एक समुह ( कोठामा ) शिक्षक र स्टाफ सहित ७५ जनालाई मात्र अनुमति दिइएको छ | नियममा प्रधानमन्त्रिले शुझाव दिदै भनेका छन प्रतिदिन एक घरमा चार जनाभन्दा बढी पाहुनाहरु प्रतिबन्ध गरिएको र अरूबाट पनि १.५ मिटरको दुरी कायम राख्नुपर्नेछ । कोरोना भेक्सिनेसन पासलाई बिशेस प्राथमिकता दिदै सार्वजनिक प्रवेसमा पास अनिवार्य गरिएको छ | कुनै कार्यक्रमहरु आयोजना गर्दा आयोजकलाई संचालन अनुमति दिइने तर प्रति स्थल अधिकतम १२५० सिटमा मात्र सहभागिता भइ कोरोना पास अनिवार्य हुनुपर्ने र आयोजकले कार्यक्रम बेलुका ६ बजे समाप्त गर्नुपर्ने नियममा भनिएको छ |

प्रधानमन्त्री रुत्टेले भाईरस जताततै, देशभर, सबै क्षेत्र र सबै उमेरका बिचमा फैलिरहेको छ यस्तो जटिल परिस्थितीमा लामो र गहन छलफल पस्चात यस्तो निर्णय लिन परेको उल्लेख गरेका छन ।

Share