ईनासको चौथो ग्लोबल अधिवेशन सम्पन्न अध्यक्षमा नेदरल्याण्डस् का बरुवाल चुनिए

काठमाण्डौ, नेपाली भाषा, कला र संस्कृतिको संवर्द्धन तथा प्रवर्द्धनका लागि एउटा बृहत्तर सोच र निश्चित उद्देश्यसहित स्थापित अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) International Nepalese Artists Society (INAS)को चौथो ग्लोबल अधिवेशन यहि अक्टुबर २७ तारिखका दिन होटल रडिसन, लाजिम्पाट काठमाण्डौमा सम्पन्न भएको छ | उक्त अधिवेशनबाट अध्यक्ष पदमा नेदरल्याण्डस् का पुष्प बरुवाल सर्वसम्मतिमा चुनिएका छन् | नेपाली भाषा, कला र संस्कृतिलाई विश्वमा प्रवर्धन गर्नुको साथै नेपाली कलाकारहरुलाई संगठित गर्दै कलाकारहरुको हित र सम्रक्षणका निम्ति ईनासको स्थापनाकालदेखि सकृय रहदै आएका बरुवाल संथाका संथापक अध्यक्ष हुनुको साथै बरिष्ठ पत्रकार पनि हुन् |

त्यसैगरी, सम्मेलनबाट वरिष्ठ उपाध्यक्षमा रामचन्द्र थापा, उपाध्यक्षहरुमा मित्रलाल पार्दे ( संस्थापक महासचिव ), साबु गदाल कार्की, , मनिष कुमार श्रेष्ठ, , महासचिवमा राधी क्षेत्री, सचिवमा हरि शर्मा र राजमान तामाङ, कोषाध्यक्षमा कुलराज थापा,सह-कोषाध्यक्षमा सुदिप रेग्मी, प्रवक्तामा डा.रामकृष्ण निरौला, चयन भएका छन् |

यसैगरी, अमेरिका महादेश संयोजकमा आनन्दु लामा, ओसेनिया संयोजकमा सुशील चालिसे, युरोप संयोजकमा प्रकाश तिवारी, सह-संयोजकद्वयमा श्याम श्रेष्ठ र सन्जय कंडेल, एसिया समन्वय संयोजकमा लोकराज अधिकारी, दक्षिण एसिया संयोजकमा रुपा न्यौपाने, मध्यपूर्व एसिया संयोजकमा घनश्याम तिमल्सिना संयोजक र बीबी मल्ल सह-संयोजक चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष बरुवालले राष्ट्रिय, क्षेत्रीय र ग्लोबल समितिका सम्पूर्ण पदाधिकारीहरुले एउटा ठोस र निश्चित कार्य सम्पन्न गर्नकालागी अनुरोध सहितको जिम्मेवारी साच्चिनै चुनौतिपूर्ण रहेको भएतापनि उक्त अभिभारा पुरागर्ने प्रतिवध्दता जायर गर्दै अबको नेतृत्व ‘INAS : The roof for all’ भन्ने मूल अवधारणामा कला मैत्री सांस्कृतिक-स​म्प​दा नगरी ( INAS Art Friendly Heritage City) निर्माणका लागि हुनेछ भन्दै Mission 2025 : INAS Art Friendly Heritage City निर्माणको लागि भिजन सहितको एउटा वृहत रोड म्यापलाई साथ दिन प्रतिवद्ध हुनुहुने निर्वाचित सम्पूर्ण पदाधिकारीज्यूहरुलाई धन्यवाद दिदै अबको यात्रामा सबैको साथ र सहयोग प्राप्त भएमा असम्भव भन्ने कुनै शब्दकोशमा नहुने नवानिर्वाचित अध्यक्ष बरुवालले बताएका छन् |

अधिवेशनमा विभिन्न विधामा योगदान पुर्याएका अग्रज कलाकारहरुलाई सम्मान स्वरूप विभिन्न पदकद्वारा सम्मानित गरिएको थियो |महाधिवेशनसंगै आयोजित ‘इनास विशिष्ठ सम्मान’ र ‘पुरस्कार वितरण’ कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, कलाकर्मीहरु, पत्रकारहरुको उल्लेख्य उपश्थिति थियो |

सन् २०१२ अगष्ट २६ का दिन पोल्याण्डको वार्सा शहरमा शुभारम्भ गरिएको यस संस्था आज सम्म ७३ वटा राष्ट्रमा आफ्नो संजाल बिस्तार गरि विश्वभरि नै स्थापित भैसकेको छ र यो क्रम जारी रहेको छ। नेपाली भाषा, कला र संस्कृतिको प्रवर्द्धन, कलाकारहरुको हित एवं नेपाली चलचित्रको प्रवर्द्धनमा समेत यस संस्थाले प्रत्यक्ष एवं परोक्ष रुपमा उच्च योगदान पूर्याएको यस संस्थाले मातृभूमिमा परेका विपतहरुमा सहयोगका लागि अग्रभागमा रहेर उल्लेख्य कार्य गर्दै आएको छ। यस कार्यमा विश्वभरिका राज्य, राष्ट्रिय, महादेशीय (क्षेत्रीय), ग्लोबल तथा विषयगत सबै समितिहरु उत्तिकै अग्रसर भएर निरन्तर लागिपरेका छन् र अनुकरणीय कार्यहरु भएका छन्।

Share