पर्वत समाज नेदरल्याण्डको अध्यक्षमा झलक चुनिए

आम्टरडाम, पर्वत समाज नेदरल्याण्डको दोश्रो अधिवेशन आज सम्पन्न भएको छ | आम्टरडाम  स्थित काठमाण्डौं किचेनमा भएको उक्त अधिवेशनमा विभिन्न संघ संथाका प्रतिनिधिहरु समेतको अतिथ्य रहेको थियो | संघका अध्यक्ष नर रोक्काको अध्यक्षतामा भएको कार्यक्रममा अन्तराष्ट्रिय  पर्वत समाजका सल्लाहकार प्रेम काजि गुरुंगको प्रमुख आतिथ्यता रहेको थियो | दोश्रो अधिवेशनले वर्ष २०२१-२३ का लागि नयाँ कार्यसमिति चयन गरेको छ |

नयाँ कार्यसमितिको अध्यक्षमा झलक बिक्रम  जिसी, बरिस्ठ उपाध्यक्षमा फडिन्द्र बहादुर क्षेत्री, उपाध्यक्षमा झलक श्रेष्ठ, महासचिवमा चन्द्र खत्री, कोषाध्यक्षमा संग्राम गुरुङ, सह-कोषाध्यक्षमा कृष्ण रोक्का , सचिवमा बिकाश पोख्रेल, र सदस्यहरुमा श्याम आचार्य, चेत गुरुंग रहेका छन् |

पर्वत समाजले बिगत देखि बर्तमान सम्म विभिन्न सामाजिक कार्यहरुमा महत्वपूर्ण योगदान गरेको भन्दै आगामी दिनहरुमा संघले नेपालको आपतकालीन अवस्थामा सहयोग गर्दै जानेमा बिस्वस्थ रहेको अतिथिहरुले धारणा राख्दै नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिएका थिए |

एनआरएनए आईसीसी पुर्व सल्लाहकार साथै एन सी सी नेदरल्याण्डका संथापक अध्यक्ष शशी पौडेल, एनआरएनए आईसीसी युवा संयोजक हिमाल गुरुङ, पुर्व अध्यक्ष तथा आईसीसी सदस्य साथै अन्तराष्ट्रिय पर्वत समाजका सल्लाहकार ठाकुर प्रसाद शर्मा( मनोहरि), पत्रकार महासंघ युरोपका महासचिब द्रोण रिजाल, एनआरएनए आईसीसी सदस्य टिकाराम सापकोटा, एनआरएन नेदरल्याण्डका कार्यवाहक अध्यक्ष बिष्णु पोख्रेल, उपाध्यक्षहरु अमिर गुरुंग, खेम सापकोटा, समाजका सल्लाहकारहरु राजेन्द्र चापागाई, लक्ष्मण रिजाल, इन्द्र बहादुर गुरुंग,  भिम रोक्का  सहितको उल्लेख्य उपस्थिति थियो |

समाजको सांगठानिक प्रतिवेदन निवर्तमान महासचिब राम रेग्मीले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष झलक जिसीले पेस गरेका थिए | कार्यक्रमको संचालन निवर्तमान महासचिब राम रेग्मीले गरेका थिए भने स्वागत मन्तब्य निवर्तमान बरिष्ठ उपाध्यक्ष अमिर गुरुंगले राखेका थिए |

Share