बेलायतका आचार्यको गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको अध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौं :  आइतबार काठमाडौंमा आयोजित एक विशेष समारोह आयोजना गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार तथा पूर्व उपाध्यक्ष कुल आचार्यले २०२१–२०२३ कार्यकालका लागि गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको अध्यक्ष पदमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् ।
पर्वत जिल्लाको धाइरिंगमा जन्म भई लामो समय देखि बेलायतमा बसोबास गर्दै आएका आचार्य बेलायतका बरिष्ठ समाजसेवी साथै सफल ब्यबशायी पनि हुन् |
आगामी अक्टोबर २३-२५ तारिख हुनगैरहेको अन्तराष्ट्रिय सम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै एनआरएनएको सुदृढीकरण र संस्थागत पारदर्शिताको मुद्दालाई प्राथमिकतामा राखेर संगठनको भावी योजना सहित आफ्ना कार्ययोजनाहरु घोषणा सभामा प्रस्तुत गरेका थिए |


आफ्नो दुई बर्षे कार्यकालमा प्रवासी नेपालीहरुलाई संथाप्रति आकर्षित गराउदै सबैको साझा संथाको रुपमा स्थापित गर्न पंजीकृत सदस्यहरुको हालको संख्यालाई बढाएर पांच लाख पुर्याउने र राष्ट्रिय समन्वय परिषदहरुको पनि संख्या बढाएर एक सय पुर्याउने योजना रहेको उल्लेख गर्दै निष्क्रिय राष्ट्रिय समन्वय परिषदहरुलाई सकृय बनाउन पहल गर्ने घोषणा सभामा आफ्ना भनाईहरु प्रस्तुत गरेका थिए |

आफ्नो दुई बर्षे कार्यकालमा प्रवासी नेपालीहरुलाई संथाप्रति आकर्षित गराउदै सबैको साझा संथाको रुपमा स्थापित गर्न पंजीकृत सदस्यहरुको हालको संख्यालाई बढाएर पांच लाख पुर्याउने र राष्ट्रिय समन्वय परिषदहरुको पनि संख्या बढाएर एक सय पुर्याउने योजना रहेको, बिदेशी लागानी भित्र्याउन केहि कानुनि जटिलता भएपनि त्यसलाई सुल्झाउदै जानेमा मेरो ध्यान केन्द्रित हुनेछ र नेपालबाट अबैधरुपमा विदेशिएको सम्पतिलाई रोकी नेपालमै लगानी गर्ने वातावरण शृजना गर्नु, नेपाली भाषा, कला र संकृतिलाई विश्वभर चिनाउन विभिन्न अभियानहरुको आयोजना गरिने, नेपालको पर्यटन प्रवर्धनका लागि अन्य योजनाहरु र प्रवासी नेपालीहरुको खेलकुद प्रतिको चाहना र आकर्षणलाई सम्बोधन गर्न एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गर्ने मेरो प्रमुख प्राथमिकता समेत रहेको छ,’

बैदेशिक रोजगारीमा गएका नेपालीहरुले झेल्नुपरेको समस्याहरुलाई सुल्झाउन प्रयत्न गर्दै रोजगारीलाई थप ब्यबस्थित र मर्यादित बनाउन सम्बन्धित क्षेत्रका सरकारी निकायहरुसंग परामर्श गर्दै बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको सुरक्षामा बिशेष ध्यान दिने र आर्जित शिप र दक्षतालाई स्वदेशमा लगाउने वातावरण शृजना गर्ने आचार्यले घोषणा गरेका छन् |

बैदेशिक लगानी र सम्पतिको बारेमा आचार्यले भने “बिदेशी लागानी भित्र्याउन केहि कानुनि जटिलता भएपनि त्यसलाई सुल्झाउदै जानेमा मेरो ध्यान केन्द्रित हुनेछ र नेपालबाट अबैधरुपमा विदेशिएको सम्पतिलाई रोकी नेपालमै लगानी गर्ने वातावरण शृजना गर्नु मेरो प्रमुख प्राथमिकता समेत रहेको छ,’ |

नेपाली भाषा, कला र संकृतिलाई विश्वभर चिनाउन विभिन्न अभियानहरुको आयोजना गरिने, नेपालको पर्यटन प्रवर्धनका लागि अन्य योजनाहरु र प्रवासी नेपालीहरुको खेलकुद प्रतिको चाहना र आकर्षणलाई सम्बोधन गर्न एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गर्ने सहितका योजनाहरु रहेको आचार्यले घोषणा गरेका छन् |

गैर आवाशीय नेपालीहरुको आय आर्जनलाई स्वदेशमा लागानी गर्ने वातावरण शृजना गर्दै अन्य बैदेशिक लगानीलाई समेत आकर्षित गर्दै उचित वातावरण बनाउन आफ्नो प्रमुख प्राथमिकता रहेको उल्लेख गरेका छन् |

आचार्यले उम्मेदवारी घोषणा गर्दै म्यान्मार, थाइल्याण्ड लगायतका मुलुकमा बसोबास गरिरहेका नेपाली मूलका दाजुभाइ दिदी बहिनीहरुलाई पिपुल अफ नेपाली अरिजिन (पिएनओ) को मान्यता दिलाउन पहल गर्ने, गैरआवासीय नेपाली नागरिकहरुको नागरिकतालाई पैत्रिक सम्पतिको अधिकार, राहदानी तथा तेश्रो पुस्ता पछि पनि कायम रहने गरी कार्यान्वयन गर्ने र बढी भन्दा बढी मुलुकहरुसंग द्वीपक्षीय लगानी प्रवर्द्धन तथा परियोजना सहमति (BIPPA) एवं दोहोरो करमुक्ति जस्ता सम्झौताहरु गर्न नेपाल सरकारसँग सहकार्य गर्न संस्थागत पहल गरिने बताएका छन् |

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष सोनाम लामाको अध्यक्षतामा सम्पन्न घोषणा सभामा संथापक महासचिब भिम उदास, आइ सी सी सल्लाहकारहरु हरिबोल भण्डारी, सोम सापकोटा, महिला उपाध्यक्षकी उम्मेदवार जानकी गुरुङ, सचिव पदका उम्मेदवार खगेन्द्र न्यौपाने, आइ सी सी युवा संयोजकका उम्मेदवार मनोज गोर्खाली, आइ सी सी महिला संयोजक पदको उम्मेदवार जुनु गुरुङ, एन आर एन ए अमेरिकाका सल्लाहकार बेद खरेल, सन्नी ओली र एन आर एन ए स्पोर्ट एकेडेमीका सदस्य सचिव धर्मराज गिरि लगायतकाले भौतिक रुपमा उपस्थिति जनाएर शुभकामना दिएका थिए | भौतिक रुपमा उपश्थित हुन नसक्नेहरुकालागी भर्चुयल जुम मार्फत सहभागिता जनाएका थिए |

संघको दशौं विश्वसम्मेलन आगामी अक्टोबरको २३–२५ सम्म काठमाडौंमा हुँदै छ । निर्वाचन समितिले अनलाइन माध्यमबाट विश्वभरबाट एकसाथ मतदान गराउने तयारी गरेको छ ।

Share