अमेरिकाकी रबिनाले गरिन अध्यक्ष पदमा उम्मेदवारी धोषणा

काठमाडौं,   अमेरिकामा बस्दै आएकी नेपाल म्याग्दीकी रबिना थापाले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदको वर्ष २०२१–२३ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । गैर आवाशीय नेपाली संघअन्तर्राष्ट्रिय समन्वय परिषदकी वर्तमान महिला उपाध्यक्ष समेत रहेकी थापा तत्कालिन नवौं अधिवेशनमा अत्याधिक मतले बिजयी भएकी थिईन |

घोषणा सभामा बोल्दै थापाले सुरक्षित वैदेशिक रोजगार र समृद्ध नेपालको एजेण्डालाई स्थापित गर्ने र एनआरएनए परिवर्तनका लागि पनि महिला नेतृत्वको आवश्यकता रहेको र  महिला सशक्तिकरणको खाँचो समेत  रहेको हुनाले सक्षम नेतृत्व दिन सक्ने भन्दै आफुले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताइन् |

‘२० बर्षको अन्तरालमा यसअघि जमुना गुरुङले कोशिस गर्नुभएको थियो। उहाँको कोशिसलाई सफल पार्न अहिले म आएकी हुँ । आफैंले इच्छा गरेमात्रै नेतृत्वमा पुग्न महिलाहरु सफल हुनेछौं । पहिलो चोटी एनआरएनए अमेरिकाबाट केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दिदैछौं । यो एउटा इतिहास रच्ने अभियान रहनेछ । अर्कोतर्फ महिला नेतृत्वमा पुगेको तपाईं देख्न चाहनुहुन्छ र एनआरएनए अभियानलाई सबै महिलाहरु र आम प्रवासी नेपालीहरुको अफनत्व देख्न चाहनुहुन्छ भने आउनुहोस मलाई सहयोग गर्नुहोस्'” -रबिना थापा    

 

 

 

 

परराष्ट्र मन्त्रालयको पत्रको बारेमा उल्लेख गर्दै परराष्ट्र मन्त्रालयले निर्वाचन स्थगित नगरेको भन्दै अनुरोध मात्र गरेको थापाले बताइन् । ‘समयमा नै चुनाव हुनेमा म विश्वस्त छु । परराष्ट्रमा परेको उजुरीको कारणले पनि हाम्रो टिमले पूर्णता पाउन ढिलाइ भएको हो । सबै देशहरुलाई समेटेर छिट्टै बलियो टिम निर्माण गर्छौ’थापाले भनिन् ।

सर्वोच्चअदालतले पनि विदेशमा बसेका नेपालीलाई मतदान गर्ने अधिकार सुनिश्चितगर्न सरकारका नाममाआदेश दिएको र त्यसलाई पुर्णरुपमा कार्यान्वयनमा ल्याउन दबाब दिने थापाले बताइन।

उनले विदेशमा हासिल गरेका ज्ञान र सीपलाई ब्यवशायिकरण गर्ने योजना रहेको र विदेशबाट एक जना नेपालीले सिकेर आएको सिपलाई यो जन्मभुमी नेपालमा आएर अन्य ब्याक्तिलाई शिपमुलक तालिम दिएर धेरै जनालाई दक्ष जनशक्ति तयार गर्दै स्वरोजगारको अवसर शृजना गर्न सकिने उनको भनाई छ ।

लाखौँ नेपाली विदेशमा काम गरेर  स्वदेशमा रेमिटेन्स पठाइरहेका छन । उनीहरूलाई त मतदानको अधिकारबाट वञ्चितगर्नु हुँदैन त्यो अधिकार सबैले पाउनु पर्छ भन्ने हो, उनले भनिन‘अहिले एनआरएनमा सदस्य १ लाख ५ हजार मात्र रहेकोमा आफु अध्यक्षमा निर्वाचित भएमा संघको सदस्य संख्या १५ लाखसम्म पुर्याउने लक्ष्य रहेको थापाले बताईन । अहिले नागरिकता विधेयक पास हुन नसकिरहेको अवस्थामा नागरिकताको एजेन्डालाई प्रमुखताका साथ उठाउने उनले बताईन।

संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा रबिनाले महिला उपाध्यक्षमा सबैभन्दा बढी मत पाएर चुनाव जितेकी थिइन। घोषणा सभामा नै उपाध्यक्ष पदमा जयप्रकाश गुरुङ र महासचिवमा विनय अधिकारीले उम्मेदवारी दिने घोषणा गरेका छन ।

एनआरएनए दशौँ अन्तराष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा अमेरिकाकी रबिना थापा, बेलायतका कुल आचार्य, रशियाका डा. बद्रि केसीको उम्मेदवारी घोषणा भएको छ |

Share