स्पेनमा ज्वालामुखी बिस्फोट, लाभाले सयौं घरहरु पुरीए

स्पेन,  युरोप महादेश भित्रको एउटा प्रभावशाली देश स्पेनमा ज्वालामुखी बिस्फोट भएको छ |  स्पेनी टापु ला पाल्माका स्थानीय अधिकारीहरुका अनुसार ज्वालामुखीका कारण अहिलेसम्म कुनै मानवीय क्षेतीको रिपोर्ट नआएको तर बगिरहेको लाभाले १०० घरहरु भत्काइसकेको छ भने  करिब ५,५ ०० त्याँहाका बासिन्दाहरुलाई उद्धार गरि अन्यत्र सारिएको जनाईएको छ । त्यो ज्वालामुखीबाट उत्पन्न  लाभाको बवाह  प्रतिघण्टा ७०० मिटरको गतिमा समुद्र तिर गईरहेको संचार माध्यमहरुले उल्लेख गरेका छन् ।अधिकारीहरुका अनुसार झण्डै ५०० पर्यटकहरुलाई बाहिर निकालिएको छ।

द्वीपका बासिन्दाहरु अचानक विस्फोटमा स्तब्ध भएका छन्। प्रत्यक्षदर्शीका अनुसार भूकम्पका पराकम्पनहरु भईरहेको अवस्थामा अचानक ज्वालामुखी बिष्फोट हुँदा धेरै घरहरु लाभाले छोपिएको र मानिसहरुको कोलाहल सुनिएको अवस्था थियो |

क्यानरी टापु सरकारका प्रमुख एन्जेल वेक्टर टोरेसले जनाए अनुसार लाभाले मानव बस्ती र ठुलो नदि तिर धार बनाएकाले मानव बस्ती जोखिममा रहेकोले  धेरै क्षेती गर्ने जनाउदै त्यसलाई सामना गर्ने सबै चिजहरुलाई नस्ट गर्ने जनाएको छ |

ला पाल्मा ज्वालामुखी वरपर एक हप्तामा २२,००० भन्दा बढी कम्पन रेकर्ड भए पछि उच्च सतर्कतामा थियो। क्यानरी टापु ज्वालामुखी संस्थान द्वीपको दक्षिणी छेउ नजिकै स्थानीय समय अनुसार दिउँसो ३ बजे पछि प्रारम्भिक विस्फोट को रेकर्ड  भएको जनाएको छ । ज्वालामुखी पछिल्लो पचास वर्ष पहिले विस्फोट भएको थियो। क्षेत्रीय एयरलाइन्स  विस्फोटको कारण आइतबार चार उडान रद्द गर्न बाध्य भएको थियो तर स्पेनको नागरिक उड्डयन प्राधिकरणले टापुहरु माथिको हवाई क्षेत्र खुला रहेको जनाएको  छ।

Share