अक्टोबरमा हुने गैर आवाशिय नेपाली संघको दशौ महाधिवेशन सर्ने संकेत, डा. शर्मा भन्छन निर्वाचन कुनै हालतमा सर्दैन

युरोप,    आगामी अक्टोबरमा हुने गैर आवाशिय नेपाली संघको दशौ महाधिवेशन  स्थगित हुने भएको छ । महाधिवेशनमा निर्वाचनकालागी मतदाता प्रतिनिधि छनौट प्रक्रियामा बिबादित हुँदै अन्योलता बढिरहेका बेला नेपाल सरकारको परराष्ट्र मन्त्रालयले महाधिवेशन प्रतिनिधि चयनको बिधान सम्मत प्रकृया पुरा नगरे सम्म कुनैपनि गतिबिधि नगर्न पत्राचार गर्दै निर्देशन गरेको छ |

गैर आवाशिय नेपाली संघ (केन्द्रिय समिति) र केन्द्रिय समितिको निहित स्वार्थमा लागि राष्ट्रिय समन्वय परिषदहरुले प्रतिनिधी चयन गरेको, केन्द्रले समेत प्रतिनिधी चयनमा बिधान उल्लंघन गरेको आरोप लगाउँदै परराष्ट्र मन्त्रालयमा उजुरि दिएका थिए ।

उजुरी पत्रमा राष्ट्रिय समन्वय परिषदको प्रतिनिधि छनौट प्रकृयामा अस्ट्रेलिया,जर्मनी, अमेरिका, न्युजिल्याण्ड, बेल्जियम, साईप्रस, अष्ट्रिया, बेलायत, चेक गणतन्त्र, स्विजल्याण्ड, स्विडेन, नेदरल्याण्ड, डेनमार्क, पोर्चुगल लगायत मुलुकहरुमा समस्या रहेको व्यहोरा उल्लेख गरिएको छ भन्दै परराष्ट्र मन्त्रालयले पत्रमा उल्लेख गरेको छ |

एनआरएनए आईसीसीले मनपरी गर्दै अन्याय गरेको भन्दै एनआरएनएकि पुर्व सचिव जानकी गुरुङ, मानार्थ सदस्य नवराज ओली र एन आर एन ए अमेरिकाका सल्लाहकार बेदप्रकाश खरेलले नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा उजुरी दिएका थिए |

उनीहरुको उजुरिपछि प्रतिनिधी छनौट प्रक्रियालाई बिधानसम्मत तरिकाले छानबिन गर्न परराष्ट्र मन्त्रालयले गैर आवाशिय नेपाली सम्बन्धि नियमावली २०६६ को नियम १६ बमोजिम अनुगमन गर्न परराष्ट्र मन्त्रालयको निति, योजना, विकास, कूटनिति तथा बिदेशमा रहेका नेपाली सम्बन्धि महाशाखा प्रमुखको संयोजकत्वमा कानुन, न्याय तथा संसदिय मामिला मन्त्रालय र संचार तथा सूचना प्रविधी मन्त्रालयका प्रतिनिधी सदस्य रहेको अनुगमन समिति गठन गरिएको परराष्ट्रको पत्रमा उल्लेख छ ।

उक्त अनुगमन समितिले आफ्नो प्रतिबेदन पेश नगरेसम्म अन्तराष्ट्रिय समन्वय परिषद तथा राष्ट्रिय समन्वय परिषदका निर्वाचन सम्बन्धि बाँकि प्रक्रिया स्थगन गर्नसमेत अनुरोध गरिएको पत्रमा उल्लेख छ ।

उजुरीमा विधान विपरीत आएका प्रतिनिधिलाई मान्यता दिएको र एनसीसीहरुले विधानसम्मत रुपमा चयन गरी पठाएको डेलिगेट्सहरुको नामावली सचिवालयले आफूखुसी हेरफेर गरेको भन्दै विभिन्न १९ वटा कमजोरीहरु उल्लेख गरि निर्णय नसच्चिएसम्म विश्व सम्मेलन अगाडि नबढाउन माग गरिएको थियो ।

उजुरिकर्ताहरुले यो समस्याको निरुपण नभएसम्म निर्वाचन प्रक्रिया रोक्न, मन्त्रालयद्वारानै अनुगमन गर्न र छानबिन गरिदिनसमेत आग्रह गरेका थिए । सोहि निबेदनमा छानबिन गरेर तत्काल निर्वाचनसम्बन्धी प्रक्रिया अगाडि नबढाउन र मतदाता नामावली छानबिन गर्न समेत एनआरएनए आईसिसिलाई निर्देशन दिएको छ । 

 

 

 

 

 गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका महासचिव डा. हेमराज शर्माले आफ्नो अनुकुल नतिजा नआउने देखेपछि राज्य संयन्त्रको दुरुपयोग गरेर मन्त्रालयमाथि चिठी लेख्न दबाब दिइएको बताउदै एनआरएनएको आसन्न चुनाव कुनैपनि हालतमा नसर्ने जनाएका छन्डा. शर्माले चुनाव रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा उजुरी गर्न दिएको असन्तुष्ट समूहप्रति लक्षित गर्दै शक्ति र सत्ताका भरमा मन्त्रालयलाई प्रभावित पार्न खोज्नु दुर्भाग्यपूर्ण रहेको बताए । मन्त्रालयले महाअधिवेशन प्रतिनिधि चयनमाथि प्रश्न उठाउँदै तत्कालका लागि चुनाव स्थगन गर्न आग्रह गरेपनि ती समस्या टुंग्याएर चुनाव गरिने बताएका छन् । डा. शर्माले मन्त्रालयले आसन्न चुनावलाई प्रभावित पार्न खोजेको र आफ्नो दायरा भन्दा बाहिर गएर गलत कदम चालेको बताएका छन् | डा शर्माले वर्तमान कार्यसमितिले विधि, विधान र प्रक्रिया अनुसार निर्णय गर्ने र कसैलाई चित्त नबुझेको भए विधानमा भएको व्यवस्थाअनुसार निवेदन दिए आवश्यक कारबाही गर्न सकिने उनको भनाइ छ ।

त्यसैगरी गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका महासचिव डा. हेमराज शर्माले आफ्नो अनुकुल नतिजा नआउने देखेपछि राज्य संयन्त्रको दुरुपयोग गरेर मन्त्रालयमाथि चिठी लेख्न दबाब दिइएको बताउदै एनआरएनएको आसन्न चुनाव कुनैपनि हालतमा नसर्ने जनाएका छन् ।

डा. शर्माले चुनाव रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा उजुरी गर्न दिएको असन्तुष्ट समूहप्रति लक्षित गर्दै शक्ति र सत्ताका भरमा मन्त्रालयलाई प्रभावित पार्न खोज्नु दुर्भाग्यपूर्ण रहेको बताए । मन्त्रालयले महाअधिवेशन प्रतिनिधि चयनमाथि प्रश्न उठाउँदै तत्कालका लागि चुनाव स्थगन गर्न आग्रह गरेपनि ती समस्या टुंग्याएर चुनाव गरिने बताएका छन् । डा. शर्माले मन्त्रालयले आसन्न चुनावलाई प्रभावित पार्न खोजेको र आफ्नो दायरा भन्दा बाहिर गएर गलत कदम चालेको बताएका छन् | डा शर्माले वर्तमान कार्यसमितिले विधि, विधान र प्रक्रिया अनुसार निर्णय गर्ने र कसैलाई चित्त नबुझेको भए विधानमा भएको व्यवस्थाअनुसार निवेदन दिए आवश्यक कारबाही गर्न सकिने उनको भनाइ छ । अमेरिका लगाएत अन्य देशमा विधान र प्रकृयासम्मत रुपमा चुनाव गरि प्रतिनिधि पुन: पठाएको खण्डमा समावेश गर्न सकिने बताउदै प्रतिनिधिहरुको चयन राष्ट्रिय समन्वय समितिले गर्ने र त्यसलाई समेटेर अन्तराष्ट्रिय समितिले सुची प्रकाशन गर्ने प्रकृया रहेको डा. शर्माले बताएका  छन् |

नेपाल सरकारको गैरआवासीय नेपाली सम्बन्धि निमवाली २०६६ को नियम ५ को ब्यबस्था १ र २ मा संघ संचालन हुन नसके बिघटन हुने ब्यबस्था समेत नियमावलीमा रहेको छ।

सोहि नियमावलि २०६६ को ब्यबस्था ५ को नियम २ को उपनियम १ मा परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघको अनुगमन गर्नसक्ने ब्यबस्था छ । उपनियम २ को २ मा यस्तो अनुगमन गर्दा संघको काम कारबाहीमा कुनै सुधार गर्न आवश्यक देखिएमा मन्त्रालयले आवश्यक निर्देशन दिन सक्नेछ भनिएको छ। सोहि खण्डको उपनियम २ को ३ मा दिएको निर्देशन पालना गर्नु संघको कर्तब्य हुनेछ भनिएको छ।

एनआरएनए परराष्ट्र मंत्रालयमानै दर्ता भएकाले र संथाले मन्त्रालय संग समन्वयकारी भूमिका निर्वाह गर्दै आएकाले गैर आवाशीय नेपालीहरुको बिषयमा मन्त्रालयले बिशेस चासोको रुपमा लिदै आएको छ |

Share