एनआरएनए केन्द्रीय सचिबमा गौतमको उम्मेदवारी घोषणा

बेल्जियम,    गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को १०औं महाधिवेशनमा एनआरएनए बेल्जियमका पुर्व अध्यक्ष गंगाधर गौतमले केन्द्रीय सचिब पदमा उम्मेदवारी घोषणा गरेका छन् | १५ बर्षको लामो गैर आवासीय नेपाली अभियानमा समर्पित रहेर एनआरएनए भित्रको शुद्दिकरण, पारदर्शिता लगायत अन्य समावेशी एनआरएनको मुद्धाहरु अघि सार्दै गौतमले केन्द्रीय सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

राजनीतिक कारणबाट स्वदेश बाट बिस्थापित भएपनि प्रवासमा विभिन्न सामाजिक र राजनीतिक अभियानमा निरन्तरता दिदै आएका गौतम नेवि संघ बागलुङका पूर्ब अध्यक्ष,नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका अन्तर्राष्ट्रिय संयोजक,जनसम्पर्क समिति बेल्जियमका संस्थापक महामन्त्री साथै जनसम्पर्क समिति युरोपका बर्तमान महामन्त्री पनि हुन्।

“एनआरएनमा पद्दति र पारदर्शिता हूनुपर्ने, स्मार्ट एनआरएनए प्रभावकारीकारिता , बिशेस महाधिवेसनद्बारा पारित विधानलाई कार्यान्वयन गर्न र गराउन जोडदार पहल गर्ने, बिशेसत स्मार्ट एनआरएनए अनलाईन मतदान, फ्रि मेम्वरसिप लगायतका महत्वपुर्ण विषयहरुलाई प्रभावकारि ढॅगले लागु गर्ने, एनआरएनए युवा र महिला मैन्त्री बनाउन बिशेस जोड दिने, दशौँ अन्तराष्ट्रिय विश्व सम्मेलनको पुर्वसन्ध्यामा रास्ट्रिय समन्वय समितीको अधिवेसनमा केन्द्रीय आर्टिफिशियल इन्टेलिजेन्सको माध्यमबाट सदस्यता वितरण प्रणाली एमआईएस सिस्टम र अनलाईन निर्वाचन प्रणालिमा देखिएका कठिनाई चुनौती र कमिकमजोडिहरुलाई विश्वव्यापी निर्वाचनको मापदण्ड अनुरुप निर्वाचनलाई सम्पन्न गर्न विश्वसनीय अन्य प्राबिधिकहरुको सहयोग समेत रहनेगरि निष्पक्ष निर्वाचनमा मेरो प्रतिवद्ता रहनेछ ।”- गौतम 

एक पटकको नेपाली सधैकालागी नेपाली भन्ने मूल मन्त्रका साथ एनआरएनएको अभियानमा लाग्दै सिङ्गो नेपाली डायास्पोराको एनआरएनए साझा संस्था भएको हुदाँ संस्थालाई सबै बिचार,बर्ग,समुदायको समाबेशी रुपमा अगाडि बढाउदै महिला तथा दोस्रो पुस्ताका नेपालीहरुलाई जोड्दै यो अभियानमा सहभागी गराउन युबा मैत्री वातावरण बनाउनका लागि केन्द्रीय सचिव पदमा उम्मेदवारी दिएको र आफ्ना प्रतिवद्दता अक्षरस पालना गर्ने समेत गौतमले बताएका छन् |

एनआरएनए बिधान संशोधन समितिका उपसंयोजकसमेत रहेका गौतमले गैर आवासीय नेपालीहरुको नागरिकताको बिषयमा सरकारी तथा राजनीतिक निकायहरु संग ब्यापक छलफल गर्दै एउटा निस्कर्षमा पुर्याउनुपर्ने र त्यसकालागि आफुले सक्दो पहल गर्ने घोषणा गरेका छन् |

आगामी अक्टुबर २३-२५ मा हुन गईरहेको गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को १० औं सम्मेलनमा एन आर एन ए का ८३ राष्ट्रका प्रतिनिधि सदस्यहरुले केन्द्रीय नेतृत्वको चयन गर्दैछन |

Share