एनआरएनए युरोप संयोजकमा आयरल्याण्डका न्यौपानेको उम्मेदवारी घोषणा

युरोप ,  नेपालको कास्की जिल्लाको पोखरा महानगरपालिकामा जन्म भई त्यहिँ सुन्दर ठाउँमा आफ्नो बाल्यकालमा हुर्किएर आयरल्याण्डलाई कर्मभूमि बनाएका शुक्रराज न्यौपानेले गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको युरोप संयोजकमा उम्मेदवारी घोषणा गरेका छन् |

लामो समयदेखि आयरल्याण्डमा बसोबास गर्दै आएका न्यौपाने लोकतन्त्र बादी नेपाली कांग्रेस निकट मानिन्छन यद्धपि उनि एनआरएनए एउटा स्वतन्त्र सामाजिक संथा भएकाले कुनै राजनीतिक हस्तक्षेप हुनुनहुने बिचार राख्दछन | एनआरएनए आयरल्याण्डको संथापक मध्यका एक न्यौपाने २००९-११ को संथाको अध्यक्ष भएर सफल नेतृत्व गरिसकेका छन् | बर्ष २०१९-२१ को अन्तरास्ट्रिय समन्वय समितिको युरोप उप-संयोजक भएर सफल पदीय दाईत्व पुरा गर्दैगरेका न्यौपाने यस बर्ष २०२१-२३ को अन्तरास्ट्रिय समन्वय समितिको युरोप संयोजकमा उम्मेदवारी घोषणा गरेका छन् |

प्रवासमा रहेर नेपाली कला र संस्कृति सम्रक्षण र प्रवर्धन गर्ने, महिला, युवा लगायत दोस्रो पुस्तालाई एनआरएनए अभियानमा प्रोत्साहित गर्दै संथाप्रती अफनात्व हुने वातावरण सृजना गर्न युरोप बाटै सुरुवात गर्नुपर्ने र प्रवासमा रहेका नेपालीहरुको सिप र ज्ञानलाई मातृभूमिमा उपयोग गर्न सरकारी निकाय संग आवस्यक परामर्श गर्दै जाने प्रतिवद्ता सहित उम्मेदवारी घोषणा गरेको जनाएका छन् |

१.अनाबश्यक राजनैतिक हस्तछेपको कारणले गर्दा गैर आवशिय नेपाली संघद्वरा निरदृष्ठ लक्ष्य प्राप्ति तथा संघको सांगठनिक धरातल कमजोर भएको महशुस भईरेको छ। गैर आवशिय नेपालीको निदृष्ट लक्षलाई तार्किक निष्कर्षमा पुऱ्याऊदै एन आर एन एहरुका गतिबिधिहरुलाई अभिछिन रुपमा कायम गर्न युरोपका नेपाली समुदायमा कृयाशिल सम्पुर्ण संघ सस्थाहरु संग मैत्रिपुर्ण ब्यबहार ,आपसी सद्भाव र सदब्यबहारको माध्यामद्वरा गैर आवासीय नेपालीको सबैको मुल मन्त्र नेपालीका लागि नेपाली भन्ने मन्त्रलाई सार्थक प्रयोग गर्दै सबै बिदेशमा बस्ने नेपालीहरुको मर्यादित छाता संगठन एन आर एन ए निर्माण गर्न प्रतिबद्धता जाहेर गर्दछु।

 

२.गैर आवशिय नेपाली संघको स्थापनाकाल देखि निर्मित विधान , ऐन ,नियम, नियमावली र उपनियमहरुको परिधि भित्र रही गैर आवशिय नेपाली संघका गतिविधिहरु संचालनमा ल्याउन प्रतिबद्ध रहनेछु ।

 

३.युरोप क्षेत्रमा हुर्कदै गरेका भाबी पिडीहरुलाई नेपाली संस्कृति प्रति आकर्षण बढाउने खालको सांस्कृतिक कार्यक्रमहरुलाई निर्माण गर्दै एन आर एन एमा नवयुवाहरुको सहभागिता गराउन बिशेष पहल गर्नेछु। साथै परवासमा बस्दै गर्दा आर्जन गरेको ज्ञान , सिप र पुजिलाई सामुहिक परियोजना तर्जुमा गर्दै मातृभूमिलाई समृद्ध बनाउने अभियानमा थप आयाम ल्याउन कटिबद्ध रहनेछ।

 

४.यूरोपलाई कर्म क्षेत्र बनाई काम गर्दै आऊनु भएका सम्पुर्ण बिज्ञहरुको संजाल निर्माण गरी यूरोपियन बिज्ञ सम्मेलन आयोजन गर्ने र सो बाट प्राप्त बहुप्रतिष्ठित सुझावहरुलाई मातृभूमिको बिकासमा कोशेढुंगाको रुपमा प्रयोगमा ल्याउन कृयाशिल रहनेछु।

 

4 यूरोप क्षेत्रमा कृयाशिल एन सी सी हरुलाई थप उर्जा र हौसला प्रदान गर्न युरोपमा एन आर एन ए अभियानमा महत्वपूर्ण योगदान गरेका अग्रज अभियन्ताहरुलाई समेटेर मुल्याङक समिति गठन गर्ने र उहाँहरूको परामर्शमा “वेस्ट एन सी सी अवार्ड अफ द एयर ” घोषणा गरि पुरस्कृत गर्ने कार्यमा लाग्नेछु।

 

५.एक पटक नेपाली सधैको नेपाली भन्ने गैर आवशिय नेपालीहरुको प्रमुख नारालाई ब्यबहारिक रुपमा रुपान्तरण गर्नको लागि निरन्तर रुपमा दबाब मुलक कार्यक्रम संचालन गर्दै नेपाल सरकारलाई ध्यानाकर्षण गराउने कार्यमा अग्रसर रहनेछु।

 

६.गैर आवशिय नेपाली संघ युरोपियन क्षेत्रबाट संचालित परीयोजनाहरु( जस्तै अक्सिजन प्लान्ट ) लगायतका परियोजनालाई निरन्तरता दिने कार्यमा कृयाशिल रहनेछु ।

 

७.गैर आवासीय नेपाली संघ युरोप क्षेत्रका पूर्व अध्यक्षहरूको अनुभवलाई संघको उर्जाको रुपमा प्रयोग गर्दै संघको संस्थागत बिकासको लागि बहुप्रतिष्ठत कार्यक्रमहरुको तर्जुमा गरि ब्यबहारिक रुपमा रुपान्तरण गर्न कृयाशिल हनेछु ।मेरो कार्यअबधि सम्म उहाँहरुद्वरा महत्वपुर्ण परामर्श लिएर समयको माग अनुसार गैर आवशिय नेपाली संघलाई मर्यादित गराउने योजनाहरुको निर्माण गरि यूरोप क्षेत्रका गतिबिधिहरुलाई तिब्रता दिन हरहमेशा पहल गर्नेछु।

 

८.यूरोपमा नेपाली राजदुतावास स्थापना नभएका राष्ट्रहरुका लागि उक्त देशलाई हेर्ने दुतावास संग सहकार्य गर्दै त्यहाँका गैर आवासीय नेपालीहरुलाई सहजताका लागी कन्सुलर सेवा , तथा नेपाली प्रशासनिक प्रायोजनका लागि आबश्यक सेबाहरु जस्तै राहधानी नबिकरण लगायतका सुविधाहरु उपलब्ध गराउने कार्यमा ईमान्दार पुर्वक कृयाशिल हुने प्रतिज्ञा गर्दछु ।

प्रवासमा रहेका नेपालीहरुको समस्याहरुलाई सरकारी निकायबाट समाधान गर्नका लागि दुतावास नभएका देशहरुमा नेपाली दुतावास संग सहकार्य गर्दै आवश्यक सहयोग र सुझावको लागि कन्सुलर सेवा प्रदान गर्न पहल गर्ने र त्यसको थालनी तुरुन्तै गर्ने न्यौपानेले जनाएका छन् | गैर आवासीय नेपालीहरुको साथमा साथ रहदै लामो समय यस अभियानमा लागेकाले अझ बढी जिम्मेवारीका साथ वर्ष २०२१-२३ कार्यकालको लागि युरोप संयोजकमा उम्मेदवारी घोषणा गरेकाले सबैको सहयोग र सुझावको अपेक्षा गरेको बताएका छन् |

Share