बृहद सांस्कृतिक साँझ सहित साउथ हल्याण्ड नेपाली समाजले तिज मनाउदै

नेदरल्यान्ड्स, ” तिजको रहर आयो बरिलै, तिजको रहर आयो बरिलै” सायद बिरलै होलान यो गीतमा कम्मर मर्काइ मर्काई ननाच्ने महिलाहरु, त्यो दिन जुनदिन महिलाहरुमा खुसीको सिमानै रहदैन | महिला दिदीबहिनी साथीसॅगी एकै ठाउँ भेला भएर हाँसो खुसि साटासाट गर्दै रमाईला रमाईला तीजका गीतमा सांगीतिक माहोलका साथ नेपाली पोशाक गुन्यूचोलो अनि विभिन्न आभूषणमा सजिएर छमछम नाच्दा अनि लाग्छ हाम्रा चेलीहरुमा खुसीका लहरहरु देखिनेछन, हो यिनै लहरहरूको मिठो मुस्कान छर्न नेदरल्यान्ड्समा रहनुभएका चेलीहरुलाई सामुहिक निम्तो सहित आगामी ३० अगष्ठ सोमबारका दिन नेदरल्यान्ड्सको मुख्य सहर द हेग ( डेन हाग ) मा बृहद सांस्कृतिक कार्यक्रम सहित साउथ हल्याण्ड नेपाली  समाजले महिलाहरुको महान चाड हरितालिका तिजको कार्यक्रम आयोजना गरेको छ | दिनको ३ बजे देखि सुरुहुने भनिएको कार्यक्रम राति १० बजे सम्म द हेग को DAMLAAN 38, 2265 AN, LEIDSCHENDAM मा गरिने र सम्पुर्ण महिला दिदीबहिनीहरुलाई सहभागि भई महान चाड मनाउन निमन्त्रणा गरेको आयोजकले जनाएको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *